Sunday 15th February 2026

नासाले सन २०२० देखि अन्तरिक्षमा पर्यटक लैजाने


एजेन्सी – अमेरिकी अन्तरिक्ष अनुसन्धान संस्था नासाले सन् २०२० देखि अन्तरिक्षको आफ्नो स्टेसनमा पर्यटक लैजाने भएको छ । नासाका अनुसार (आईएसएस) भ्रमण गर्न चाहने व्यक्तिले प्रतिदिन ३५ हजार अमेरिकी डलर तिर्नुपर्ने छ । अमेरिकी यानमार्फत अन्तरिक्षमा पुग्ने पर्यटकहरू आईएसएसमा ३० दिनसम्म बस्न पाउने छन् । नासका अनुसार पृथ्वीको परिक्रमा गर्ने अन्तर्राष्ट्रिय अन्तरिक्ष स्टेसन पर्यटन तथा अन्य व्यापारिक प्रयोजनका लागि खुला गरिन लागिएको हो ।

‘नासाले व्यापारिक अवसर र त्यसको बजारीकरणका लागि अन्तर्राष्ट्रिय अन्तरिक्ष स्टेसन खुला गर्ने अभूतपूर्व निर्णय गरेको हो,’ नासा प्रमुख आर्थिक अधिकृत जेफ डिबिटले न्युयोर्कमा भने । आईएसएस सहायक निर्देशक रोब्इन गेटेन्सले प्रत्येक वर्ष निजी खर्चमा दुई छोटा अन्तरिक्ष भ्रमणको आयोजना गरिने छ । उनका अनुसार भ्रमणमा जान चाहनेले आफ्नो स्वास्थ्य, चालक दल निर्धारण तथा आवश्यक तालिमको व्यवस्था गर्नुपर्ने छ ।

नासाले पर्यटकलाई घुमाउनका लागि दुई कम्पनीलाई जिम्मा दिएको जनाएको छ । तीमध्ये एलन मस्कको स्पेस एक्सले ‘ड्रागन क्याप्स्युल’ प्रयोग गर्ने छ । त्यसैगरी र बोइङ कम्पनीले ‘स्टारलाइनर’ नामक अन्तरिक्षयान निर्माण गरिरहेको छ । दुई कम्पनीले अन्तरिक्षमा नासाका तर्फबाट पर्यटक लैजाँदा लिने ६ करोड अमेरिकी डलर भाडा अन्य पर्यटकसँग पनि लिन सक्ने जनाइएको छ ।

नासाले हालसम्म आफ्नो अन्तरिक्ष केन्द्रलाई व्यापारिक प्रयोगमा ल्याएको थिएन। अन्तरिक्षयात्रीलाई पहिलो पटक नाफामूलक अनुसन्धानमा सहभागी हुन खुला गरिएको स्टेसन नासाको स्मामित्वमा छैन ।

सन् १९९८ को सुरुमा रूससँग मिलेर निर्माण गरिएको स्टेसनमा पर्यटक घुमाउने रूसी नीतिअनुसार नासाले अन्तरिक्ष यात्री लैजान लागेको हो । यसअघि सन् २००१ मा अमेरिकी व्यापारी डेनिस टिटो पहिलो पटक पर्यटकका रूपमा अन्तर्राष्ट्रिय अन्तरिक्ष स्टेसनको भ्रमण गरेका थिए । उक्त भ्रमणका लागि उनले त्यति बेला रूसलाई २ करोड अमेरिकी डलर तिरेका थिए ।

अन्तरिक्षयात्रीलाई घुमाउने नासाको पछिल्लो घोषणा अन्तर्राष्ट्रिय अन्तरिक्ष स्टेसनलाई निजीकरण गर्ने योजनाअन्तर्गत भएको जनाइएको छ । गतवर्ष अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सन् २०२५ भित्र आर्थिक सहयोग हटाउने घोषणा गरेसँगै आईएसएसलाई अनुसन्धानलगायतका क्षेत्रमा आवश्यक रकम जोहो गर्न अप्ठयारो हुने देखिएको छ । त्यसका लागि नासाले सन् २०२० सम्ममा चन्द्रमामा आफ्नो अभियान पुनः सञ्चालन गर्ने र प्रथम महिला पठाउने निर्णय गरिसकेको छ ।

-एजेन्सी


सम्बन्धित शीर्षकहरु

नयाँ विद्रोह, पुरानो संरचना: किन अघि बढेन महावीर पुनको नवप्रवर्तन सपना ? नेपालको राजनीतिमा “नयाँ पुस्ता” वा परिवर्तनको नारासहित बनेका…

महाशिवरात्रि पर्व आज देशभरका शिवालयमा विधिपूर्वक पूजा–आराधना तथा दर्शन गरी श्रद्धापूर्वक मनाइँदैछ। विशेष गरी पशुपतिनाथ मन्दिर क्षेत्रमा बिहानैदेखि भक्तजनको उल्लेख्य…

कुवेतवासी तामाङ समुदायले सोनाम ल्होछार २८६२ लाई महान सांस्कृतिक उत्सवका रूपमा भव्य कार्यक्रम आयोजना गरी मनाएका छन्। नेपाल तामाङ घेदुङ…

प्रतिकृयाहरू
...