Sunday 11th January 2026

नेपालमा अदालती फैसला कार्यान्वयन फितलो, ४० प्रतिशत मात्रै कार्यान्वयन


तितोपाटी – अन्यायमा परेका व्यक्तिको न्याय पाउने अन्तिम आशा हो–अदालत तर न्यायका लागि वर्षौ कुर्नुपर्ने बाध्यता, निरन्तरको ढिलासुस्ती, झन्झटिलो प्रक्रिया र मुद्दा–मामिलाका लागि हुने खर्चले सकेसम्म नागरिक अदालतको ढोका ढकढक्याउन चाहदैनन् । अझ, फैसला कार्यान्वयन नहुँदा ‘अदालतले न्याय होइन फैसला मात्रै दिन्छ’ भन्ने गुनासोसमेत बढ्न थालेको छ । अझ अचम्म त कानून लागु गराउने सरकार र उसका निकाय नै फैसला कार्यान्वयनमा इमान्दार छैनन् ।

अदालतको फैसला कार्यान्वयन नहुने ‘रोग’ले आक्रान्त छन् पीडित र पनि तिनै पीडितलाई सकेसम्म छिटो न्याय दिलाउने उद्देश्यका लागि ‘फैसला कार्यान्वयन निर्देशनालय’को संरचना अस्तित्वमा छ तर उक्त निकायको काम-कारवाही सन्तोषजनक समेत छैन । निर्देशनालयकै तथ्यांकअनुसार फैसला कार्यान्वयनको प्रगति २० प्रतिशत हाराहारी मात्रै छ ।

फैसला कार्यान्वयनको अवस्थाः

जम्मा लगतः २२ हजार ४३
जम्मा फछ्र्यौटः १० हजार ३ सय ४४
बाँकीः ११ हजार ९ सय ९९

कैदतर्फ फैसला कार्यान्वयनको अवस्थाः

जम्मा लगतः १ लाख ४५ हजार ४ सय ९६ वर्ष ६ महिना २९ दिन
फछ्र्यौटः ३६ हजार ८ सय ४१ वर्ष २ महिना २७ दिन
बाँकीः १ लाख ८ हजार ६ सय ५५ वर्ष ४ महिना २ दिन

जरिवानातर्फ फैसला कार्यान्वयनको अवस्था

जम्मा लगतः १५ अर्ब ३३ करोड ६६ लाख २२ हजार १ सय ८६
फछ्र्यौटः ३ अर्ब १७ करोड ४१ लाख २८ हजार ६ सय २०
बाँकीः १२ अर्ब १६ करोड २४ लाख ९३ हजार ५ सय ६५

यो त फौजदारी मुद्दामा अदालतले गरेका फैसला कार्यन्वयनको अवस्था मात्रै हो । अर्को चाखलाख्दो विषय त सरकारी निकायले नै अदालतको आदेश-फैसलाको अवज्ञा गर्दै आएका छन । आर्थिक वर्ष २०७१-७२ देखि हालसम्म सार्वजनिक सरोकारका विषयमा १ हजार २ सय ४३ फैसला भएकोमा १२६ मात्रै कार्यानवयन भएका छन । १ हजार १ सय १७ फैसला कार्यान्वय भएको छैन । यसले फैसला कार्यान्वयनमा सरकारी निकायले नै अदालतलाई नमान्ने प्रबृत्ति बढ्दै गएको देखाउँछ ।

सार्वजनिक सरोकारका विषयमा फैसला कार्यान्वयनको अवस्थाः


अदालतले गरेको फैसला कार्यन्वयनमा मन्त्रालयहरुले नै बढी आलटाल गर्छन । विभिन्न मन्त्रालयको विपक्षमा २४६ फैसला भएका छन । त्यसमध्ये हालसम्म ३८ फैसलाको मात्र कार्यान्वयन भएको छ भने २०८ फैसला अलपत्र छन । फैसला कार्यन्वयन नगर्ने मन्त्रालयको अग्रपंक्तिमा गृह मन्त्रालय छ जो कानून कार्यान्वयन गराउने सरकारको सबैभन्दा जिम्मेवार निकाय हो । गृहपछि फैसला कार्यान्वयन नगर्नेमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालय आउँछ ।

अदालतबाट कुनै पनि मुद्दा फैसला भयो तर कार्यान्वयन हुन सकेन भने पीडित पक्षले न्यायको अनुभूत गर्न पाउँदैनन् भन्ने कानूनी मान्यता छ तर अभिलेख अनुसार विक्रम सम्वत् २००० सालभन्दा अघिदेखिकै मुद्दाको फैसला कार्यान्वयन भएका छैनन् । यसकारण अदालतले न्याय होइन फैसला मात्रै दिन्छ भन्ने सर्वसाधारणको टिप्पणीलाई स्वभाविक मान्नुपर्ने हुन्छ ।

-न्यूज२४नेपाल बाट


सम्बन्धित शीर्षकहरु

नेपाल सरकारले आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनलाई मध्यनजर गर्दै ठुलो संख्यामा निर्वाचन प्रहरी (म्यादी प्रहरी) को भर्ना…

इरानमा बुधबार भएको विरोध प्रदर्शन एघारौं दिनमा प्रवेश गरेको छ र इजरायलको लागि जासुसी गरेको आरोपमा एक जनालाई मृत्युदण्ड दिइएको…

इजरायलले पश्चिम किनारमा प्यालेस्टिनीहरूका लागि चौथो पुस्ता (४जी) मोबाइल सेवाहरूको स्तरोन्नतिलाई अनुमोदन गरेको इजरायली सञ्चार मन्त्रालयले मंगलबार जनाएको छ। मन्त्रालयले…

प्रतिकृयाहरू
...