Monday 30th March 2026

कुवेतमा अत्याधिक गर्मीका कारण दिउसोको समयमा खुल्ला स्थानहरुमा काम गर्न-गराउन निषेध


तितोपाटी डट कम– कुवेतमा दिन-प्रतिदिन अत्याधिक गर्मी बढ्दै गईरहेका कारण कुवेतको जनशक्तिको लागि सार्वजनिक प्राधिकरण (The Public Authority for Manpower (PAM)ले एक सुचना प्रकाशित गर्दै खुल्ला क्षेत्रमा काम गर्ने कामदारहरुको सुरक्षाका लागि जुन-१ देखी अगष्ट ३१ तारिक सम्म बिहान ११ बजे देखी बेलुकी ५ बजे सम्म खुल्ला स्थानहरुमा काम नगर्न-नगराउन निर्देशन दिएको छ।

PAMले सम्पूर्ण रोजगार दाताहरुलाई यो नियमलाई पालना गर्न अनुरोध गर्दै नियम कार्यान्वयन भए नभएको निगरानीको लागि निरिक्षण टोली खटाइने र कार्यान्वयन नगरिए कारबाही समेत गरिने बताएको छ।

कुवेतको अनलाइन न्यूज अरब टाइम्समा जनाइए अनुसार श्रम सम्बन्धी कानुन २०१० को दफा -६ अनुसार हरेक बर्ष अत्याधिक गर्मीको कारण बिहान ११ बजे देखी दिउसो ५ बजे सम्म खुल्ला क्षेत्रहरूमा काम गर्न-गराउन पाईन्न।अन्तरास्ट्रिय श्रमिक सुरक्षाको नियमले पनि अत्याधिक गर्मिका समयमा कामदारहरुको सुरक्षाका कारण देखाउदै जुन-१ देखी अगष्ट ३१ सम्म यसरी बाहिर काम नगर्न-नगराउन निर्देश गरेको छ।
फोटो साभार-अरबटाइम्स


सम्बन्धित शीर्षकहरु

डोनाल्ड ट्रम्प ले इरानमाथि ऊर्जा संरचनामा आक्रमण नगर्ने निर्णयलाई थप १० दिन लम्ब्याएको घोषणा गर्दा सतहमा हेर्दा यो कूटनीतिक लचकताको…

मुलुकले आज नयाँ प्रधानमन्त्री पाउने भएको छ। राष्ट्रपति कार्यालय शीतल निवासमा आज दिउँसो राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ…

भारतले GCC देशहरूमा खाद्य सामग्रीको स्थिर र अविरल आपूर्ति सुनिश्चित गर्न महत्वपूर्ण भूमिका खेलिरहेको छ। प्रधानमन्त्री नरेन्द्र मोदीलाई लुलु समूहका…

प्रतिकृयाहरू
...