Sunday 12th October 2025

दोस्रो कार्यकालका लागि नरेन्द्र मोदीले लिए प्रधानमन्त्री पदको शपथ


तितोपाटी – दोस्रो कार्यकालका लागि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले बिहीबार साँझ पद तथा गोपनियताको शपथ लिएका छन्। हालै सम्पन्न लोकसभा निर्वाचनमा अत्याधिक बहुमत पाएको भारतीय जनता पार्टी (भाजपा) र उसको नेतृत्वको राष्ट्रिय लोकतान्त्रिक गठबन्धनका नेता मोदीलाई भारतीय राष्ट्रपति रामनाथ कोविन्दले हजारौं आमन्त्रित व्यक्तिको सामु पद तथा गोपनियताको शपथ गराए।

राजधानी नयाँ दिल्लीस्थित राष्ट्रपति भवनमा सम्पन्न भएको शपथ ग्रहण समारोहमा उपराष्ट्रपति वेंकैया नायडु सहित बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाडीको प्रयास (बिमस्टेक)को सदस्य राष्ट्रका राज्य वा सरकार प्रमुख र किर्गिस्तानका राष्ट्रपति सुरन्बे जिनवेकभ र मौरिसस्का प्रधानमन्त्री प्रविन्द जुगनाउथको पनि विशेष उपस्थिति रहेको थियो।

बिमस्टेकको सदस्य राष्ट्रका रूपमा नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीले पनि नरेन्द्र मोदीको शपथ ग्रहण समारोहमा सहभागिता जनाएका छन्। उनी बिहीबार नै भारत गएका हुन्। भर्खरै सम्पन्न भारतको तल्लो सदन लोकसभा निर्वाचनमा जित हासिल गरेपछि लगातार दोस्रो कार्यकालका लागि मोदीलाई राष्ट्रपति रामनाथ कोविन्दले प्रधानमन्त्रीको पद तथा गोपनियताको शपथ गराएका हुन्।


सम्बन्धित शीर्षकहरु

तितोपाटी - जेन-जी सहिद परिवारले सरकारसमक्ष तीनवटा मन्त्रालयको माग गरेका छन् । बिहीबार राजधानीको संवाद डबलीमा सहिद परिवार संघर्ष समितिले…

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पोखराको बाटुलेचौरस्थित लिची बगानको १३४ रोपनी जग्गा हडप्ने प्रकरणमा दुई पूर्वमन्त्री राजकुमार गुप्ता र रञ्जिता श्रेष्ठसहित…

इजरायल र हमासबिच पहिलो चरणको वार्तामा युद्धविराम गर्ने सहमति भएको छ । गत सोमबारदेखि अमेरिका, इजिप्ट र कतारको मध्यस्थतामा इजिप्टको…

प्रतिकृयाहरू
...