Tuesday 10th March 2026

साप्ताहिक राशिफल (ज्येष्ठ १७ गते देखि २३ गतेसम्म)


फलित ज्योतिष – राम प्रसाद सिटाैला

मेष

प्रेममा दुविधा बढ्न सक्छ । पुराना साथीहरूको सहयोगले ओझेलमा परेका कार्यहरू क्रमिक रूपमा सम्पन्न हुनेछन् । बढ्दो खर्च नियन्त्रण गर्न जीवनशैलीमा परिवर्तन जरुरी देखिन्छ । साताको अन्त्यमा राम्रो आम्दानी हुने व्यवसायमा हात हालिने सम्भावना छ । सुनौलो रङ्गको प्रयोगले कार्य क्षेत्रमा विशेष लाभ पुर्‍याउनेछ ।

वृष

विभिन्न किसिमका व्यक्तिहरूसँगको भेटघाट तथा भलाकुसारीमा साता व्यतीत हुनेछ । साथीभाइ तथा छरछिमेकीका शुभकार्यमा बढी खर्च गर्नुपर्ने बाध्यता आइलाग्न सक्छ । स्वास्थको बिचार नगरी खानपानमा रमाउँदा पेटसम्बन्धी समस्याले पिरोल्ने सम्भावना छ । मौसम अनुरुप स्वास्थ्य सजगता अपनाउनुहोला ।

मिथुन

बिशेष जमघटको फाइदा उठाउन ज्येष्ठ व्यक्तिहरूको सुझावको जरुरत पर्नेछ । बलजफ्ती गर्नाले परिस्थिति अनुकूल नहुन सक्छ । सहकर्मीहरूले काममा अवरोध खडा गर्ने रणनिति अपनाउन सक्छन्, जुक्तिबुद्धि लगाउँदा अधिकार जमाउन सकिनेछ । प्रयत्न गरे लक्ष्यमा पुग्न सकिनेछ । रमाइलो भेटघाटमा स्वादिष्ट भोजनको आन्नद उठाउन पाइनेछ ।

कर्कट

सोमबारपछिका दिनहरू अनुकूल रहनेछन् । दोहोर्‍याएर थालिएका कार्यहरू सफल हुनेछन् । होसियारीपूर्वक कार्य सम्पन्न गरे पनि आरोप आइलाग्ने सम्भावना छ । लेनदेनमा विवादको सामना गर्नुपर्ला । मठ–मन्दिरको भ्रमणले कार्य सम्पन्न गर्न थप ऊर्जा दिनेछ । सेतो रंग प्रयोग गर्न सके समस्याबाट जोगिन सकिनेछ ।

सिंह

नयाँ मित्रहरूसँग परिचित भै भावना साटासाट हुनेछ । मझौला किसिमको व्यवसायले सन्तोषजनक मुनाफा दिनेछ । यात्रा गर्ने साइत तय हुन सक्छ । प्रतियोगितात्मक कार्यक्रममा पुरस्कृत हुने सम्भावना छ । स्वास्थ्यमा सामान्य गडबडी देखा पर्न सक्छ, समयमै होस पुर्‍याउनु उपयुक्त हुन्छ ।

कन्या

मांगलिक कार्यको चटारोले पारिवारिक वातावरण तताउनेछ । कार्यव्यस्तताका कारण भ्रमण एवं मनोरञ्जनका निम्ति समय निकाल्न धौ–धौ पर्नेछ । नगद सापटी लिएका मिक्रहरूको हेलचेत्र्याइँले कारोबार व्यवस्थापन गर्न ढिलाइ हुने सम्भावना छ । राति अबेरसम्म बाहिर बस्दा समयको ख्याल गर्नुहोला ।

तुला

पुराना साथीहरूसँगको जमघटमा तपार्इंको नेतृत्वप्रति विश्वास गर्दै नयाँ व्यवसायको श्रीगणेश हुने सम्भावना छ । प्रतिस्पर्धीहरूले काम बिगार्ने प्रयास गरे पनि परिणाम आफ्नै पक्षमा हुनेछ । अध्ययनको क्षेत्रमा देखा परेको अलमलको अन्त्य हुनेछ । उच्च शिक्षाका लागि चुनिएको विषयले भविष्यको सही बाटो देखाउनेछ । सेतो रंगको प्रयोगले दैनिकीलाई सहज बनाउनेछ ।

वृश्चिक

प्रतिष्ठा र पदोन्नतिको अवसरलाई चुनौतीका रूपमा लिए उचाइमा पुगिनेछ । आध्यात्मिक चिन्तन तथा योग–ध्यानले दुर्भावनाहरू समाप्त हुँदै भविष्यको मार्ग पहिल्याउन सहज बनाउनेछ । घरायसी व्यवहारमा अलमलिँदा पछि परिनेछ । छोटो समयमा परिचित साथीप्रति विश्वास गर्दा धोका हुनेछ । खानपानमा समयको फेरबदलले स्वास्थ्य बिगार्न सक्छ ।

धनु

तपाईंप्रति अरूको मन लोभिनेछ । आफूलाई मन पराएर विवाहको प्रस्ताव आए अभिभावकहरूको निर्णय स्वीकार गर्दा विशेष फाइदा होला । अध्ययनका निम्ति विदेश जाने सोच छ भने अपेक्षा गरेकै नतिजा हात लाग्न केही समय कुर्नुपर्नेछ । साताको अन्त्यमा नशासम्बन्धी समस्याले सताउँदा योग तथा शारीरिक अभ्यास गर्नुहोला ।

मकर

अभिभावकबाट प्राप्त सुझावले अधुरा कार्य पूरा गर्न सहयोग पुर्‍याउनेछ । असहज परिस्थतिबाट उम्कन प्रेमी–प्रेमिकाले आर्थिक सहयोग गर्नेछन् । आधुनिक उपकरण तथा विलासिताका सामग्री खरिदमा अपेक्षाभन्दा बढी खर्च हुनेछ । अन्योलका बीच पाका व्यक्तिको सुझावले सकरात्मक मार्ग पहिल्याउन सहज बनाउनेछ ।

कुम्भ

परिस्थिति पहिचान गरी गरिएको कार्यले उचित स्थान पाउनेछ । साथीहरूको भनाइमा भर पर्दा अवसर फुत्कने सम्भावना छ । आर्थिक कारोबारबाट टाढै रहनु उचित हुन्छ । परोपकारी कार्यमा रुचि बढ्नेछ । साताको अन्त्यमा मनोरञ्जनमा सरिक भइनेछ । उपहार लिएर भेट्न आउनेहरूसँग सचेत रहनुहोला ।

मीन

बोलीको प्रभावका कारण रोकिएका कार्य पुनः सुचारु हुनेछन् । व्यवसायिक क्षेत्रमा सुधार आउनुका साथै धातुको कारोबारबाट मनग्य लाभ हुने देखिन्छ । अध्ययनको सिलसिलामा विदेश जाने योग छ, प्रयास गरे सफल पनि भइनेछ । टाढाको यात्रा गर्दा महत्वपूर्ण सामग्री छुट्न सक्छ, चनाखो रहनुहोला ।


सम्बन्धित शीर्षकहरु

कुवेतमा रहेको सामाजिक सुरक्षा टावरमा आगलागी भएपछि राजधानीको वित्तीय क्षेत्रमा ठूलो असर परेको छ। इरानी ड्रोन आक्रमण भएको भनिएको घटनापछि…

इरानका राष्ट्रपति Masoud Pezeshkian ले शनिबार आफ्नो देशले कुनै पनि हालतमा आत्मसमर्पण नगर्ने बताएका छन्। इजरायलसँग जारी आक्रमण–प्रतिआक्रमणका बीच उनले…

गैरआवासीय नेपाली संघ (एनआरएनए) को आगामी मार्च १४ देखि १६ सम्म काठमाडौँमा हुने १२औँ विश्व महाधिवेशन तथा नयाँ नेतृत्व चयनका…

प्रतिकृयाहरू
...