Thursday 2nd May 2024

प्रेम पत्र (कथा) – जानकी जानु


मेरो यो प्रेम पत्र स्विकार्नु है ।।

…………सित्तल आज किन हो मुटु झस्कियो । तिम्रो फोटो हेरेर मेरा आखा रसाए अनी परेलीलाई भिजाउँदै आशुँको थोपाले तन मनलाई भिजाए । हो सित्तल बिर्सु भनेकी थिए, गोधुली साँझमा सिरानीमा कोल्टे फेर्दा तिम्रो फोटो देखें अनी तिम्रो यादले सतायो र तिमीलाई प्रेम पत्र लेख्न मन लाग्यो ।

सायद तिमीलाई मेरो याद त आउदैन होला । बिर्सिएछौ कि कुन्नी, केही खबर पाउँदिन । थाहा थिएन तिमी मलाई यती सजिलै भुल्छौ भनेर । एक चोटी आँखा बन्द गरी हाम्रो मायाँको कल्पनामा डुब त, कति मिठो थियो त्यो क्षण । तिमी र म भन्ज्याङको चौतारीमा बसी पिरतीका मिठा मिठा सपना बुनेको अनी तिमीले मेरो काखमा सिरानी राखी आखाँमा आखाँ राखी पिरतीको भाका बोलेको । के तिमीले बिर्सियौ ? तिमीलाई सानो चोट लाग्दा पनि मेरो मुटु दुख्थ्यो । हो तिनै यादले मेरो मन जलेको छ । सित्तल तिमीलाई कसरी देखाउ यो मनको दुखाई ? सित्तल जानेर हो या नजानेर तिमीसंग गाँसेको पिरतीको डोरीले मेरो घाँटी कसीरहेको छ । मनमा बेदना गुम्सी रह्यो । पानी बिनाको माछी झैँ भएकी छु, जालहारीले जालमा पारे झैं माया जालमा पारेर छोड्यौ । यो तन र मन कागज भए जलाई दिन्थे तर जलाउन सकिन । सित्तल तिमीले मेरो मायाँमा के खोट देख्यौ र गनी गनी चोट दियौ ? के तिमीले म संग बिताएका दिन र रातहरु एक पलको मस्ति थियो ? किन सित्तल किन तिमी ले मलाई धोका दियौ ? किन समाजको अगाडी बदनामको नाम दियौ ? बर र पिपलको जोडी जस्तै भएर बाँच्ने कसम खाएका थियौ । भनन सित्तल किन तोड्यौ बाचा कसम ? किन छोड्यौ मेरो साथ ? झुठो रहेछ तिमीले गाँसेको पिरती ,जुनी जुनीसम्म जिउनलाइ खाएको बाचा टुट्नु रहेछ छुट्नु रहेछ र झुठा कसम खायौ । भनेका थियो “तिमी बिना अरु केही सोच्दन” झुठो रहेछ । आज तिमीलाई न बिर्सन सकें न त आफ्नो बनाउन सकें । तिम्रो मायाँले रोगी बनायो मलाई । मैले जस्तै मायाँ तिमीले पनि गरेको भए सायद हाम्रो मायाँमा कुनै अवरोध आउने थिएन होला तर तिमीले मायाँ मार्यौ । मेरो मायाँलाइ टुक्रा टुक्रा पारी अन्तै बसाई सर्यौ ।

हुन त तिमी पनि कुवेतमा मौलाएको प्रेममा मायाँ जाल बुन्न थाल्याै होला है ! त्यसैले त मेरो मायाँलाई टुक्राई छोड्यौ । अस्ति भर्खर कुवेतबाट आउनु भएको माईला दाजुले भन्नु भाथ्यो कुवेतमा त भिबा नम्बर बाट हुने फ्रि कलले धेरै मायाँ जाल बुन्छन अरे सायद तिमी पनी त्यसरी नै जुनेली, चमेली, फुलमायाँ संग मायाँ पिरती गाँस्दै छौ होला, हैन र ? सित्तल कुवेत जानु भन्दा अगाडी भनेका थियौ नी “प्रिती म टाढा भए पनि तिम्रो मायाँ टाढा हुन्न” भनेर तर तिमीले त तिमी मात्र टाडा हैन मेरो मायाँ पनि टाढा बनाएछौ । कस्तो निष्ठुरी मन है तिम्रो ? सित्तल कुवेतको मायाँमा फसेर आफ्नो जिन्दगीलाई खेल नबनाउनु है , परदेशको मायाँ मन दुखाउने चोट हुन्छ । सायद तिमीसँग प्रेम गर्नेहरु पनि कसैको प्रेमीका कसैकी आमा कसैकी श्रीमती हुन सक्छे । विदेशको मायाँ मा अल्झिएर छुट्दा साउने झरी झैँ आशुँ झारी रुन नपरोस है सित्तल । विदेशको प्रेमले मन उजाड बनाउछ भन्दै हुनुहुन्थ्यो माईला दाजु । विदेशमा पिरती लाउनाले आज मेरो सबै लुटियो ।

हो सित्तल तिमीले मलाई धोका दिए पनि अरुलाई धोका न दिनु है र आफु पनी धोकामा न फस्नु है । सित्तल तिमीले मायाँ मारे पनि अझै मायाँ लाग्दो रहेछ । सित्तल तिमीले त बिर्सियौ हाम्रो प्रेमलाई तर मैले बिर्सन सकिन । त्यसैले तिम्रो यादमा एउटा प्रेम स्वरुप पत्र कोर्न मन लाग्यो झर्को नमान्नु है । मनमा गुम्सिएका भवाना त कति थिए कति ? तिमीलाई याद दिलाउनको लागी तिम्रो र मेरो केही मायाँ झल्काएकी हुँ कतै त्यो निष्ठुरी मनमा मेरो याद आउँछ की फेरी, मेरो मायाँ पलाउँछ कि भनेर । सित्तल केही शब्द मिठा होलान केही तिता होलान, मेरो यो प्रेम पत्र लाई स्विकार्नु है ।

उहि तिम्रो यादमा कल्पिएकी प्रिती !!!


सम्बन्धित शीर्षकहरु

बलिवुडका निर्देशक सञ्जय लीला भन्साली वेब सिरिज ‘हिरामण्डीः द डायमण्ड बजार’ मार्फत ओटीटीमा डेब्यु गरेका छन्। यो शृङ्खला १९४० को…

श्रीलंकामा राष्ट्रपतीय निर्वाचन नजिकिँदै छ र त्यसलाई लिएर राजनीतिमा हलचल मच्चिएको छ । यसैबीच राष्ट्रपति रनिल विक्रमासिङ्घेले पनि निर्वाचनमा उम्मेदवार…

विश्व मे दिवसको अवसरमा एसियाभरका मजदुरहरू अधिकार वृद्दिको माग गर्दै सडकमा उत्रिएका छन् । बुधबार दक्षिण कोरिया, जापान, ताइवान, फिलिपिन्स…

प्रतिकृयाहरू
...