Tuesday 17th March 2026

मेक्सिकोमा बस दुर्घटना हुँदा २१ जनाको मृत्यु


तितोपाटी – मेक्सिकोको पूर्वी क्षेत्रको भेराक्रुज राज्यमा बुधबार भएको सडक दुर्घटनामा कम्तीमा २१ जनाको मृत्यु हुनुका साथै ३० जनाभन्दा बढी घाइते भएका छन् । प्रहरीका अनुसार यात्रु बोकेको पर्यटक बससँग मिनिट्रक ठोक्किएर दुर्घटना भएको थियो । दुर्घटना लगत्तै बसमा आगलागी पनि भएको थियो ।

स्थानीय आपतकालीन टोली पुगेर बसमा यात्रारत व्यक्तिहरुको उद्धार गरेको थियो । घाइतेहरुको स्थानीय अस्पतालहरुमा उपचार भइरहेको छ । प्रत्यक्षदर्शीका अनुसार ओरालोमा गुडिरहेको बसको ब्रेकले काम नगरेका कारण मिनीट्रकमा बस ठोक्किएको थियो ।


सम्बन्धित शीर्षकहरु

वैदेशिक रोजगारीको शिलशिलामा मध्यपूर्वको देश साउदी अरेविया पुगेका दोलखाका तिलक बहादुर थामी अहिले मृगौला पीडित बनि स्वदेश फर्केका छन् भने…

गोरखा समाज कुवेतले नेपालका मुटुरोगीलाइ नेपाली रूपैयाँ ४२ हजार भन्दा बढी अार्थिक सहयोग गरेको छ । समाजले गोरखाका मुटुरोगी गोपाल…

प्रधानमन्त्री सुशीला कार्कीले गैर आवासीय नेपाली सङ्घ (एनआरएनए)का नवनिर्वाचित अध्यक्ष डा हेमराज शर्मालाई बधाई तथा शुभकामना व्यक्त गरेकी छन् ।…

प्रतिकृयाहरू
...