Thursday 9th January 2025

विप्लवको नेपाल बन्द, देशै भरि बम आतंक र सवारी साधनमा आगजनी


तितोपाटी – नेत्र विक्रम चन्द (विप्लव) नेतृत्वको नेकपाले आयोजना गरेको नेपाल बन्दको प्रभाव अहिले मुलुकभर देखिएको छ । लामो समयदेखि सरकारसँगको असहमितमा विभिन्न किसिमका घटना गराउदै आएको विप्लवले आज (जेठ १३ गते सोमबार) गरेको बन्द आह्वानसँगै विभिन्न ठाँउमा विष्फोटक पदार्थ र शंकास्पद वस्तु फेला परेका समाचार प्राप्त भएको छ ।

भक्तपुरमा शंकास्पद बस्तु

साेमबार बिहानै भक्तपुरको च्यामासिंहस्थित मालपोत कार्यालय नजिक शंकास्पद वस्तु फेला परेकाे थियाे । उक्त शंकास्पद वस्तुलाई नेपाली सेनाकाे टाेलीले निष्कृय पारेको छ । सोमबार बिहान पौने करिब तीन बजेतिर प्रहरीको मोबाइल गस्ती टोलीले सेतो झोलामा शंकास्पद बस्तु फेला पारेको थियो ।

बारामा भारतीय ट्रक जल्यो 

बन्दका क्रममा बाराको जीतपुरसिमरा उपमहानगरपालिका-३, बजनीमा आइतबार बिहान रोकिराखेको भारतीय लरीमा अज्ञात समूहले आगजी गरेको छ । एपी ३१ एक्स ६३१६ नम्बरको ट्रक लरी नेपाल-भारत पेट्रोलियम पाइपलाइनका लागि पाइप बोकोर आएको थियो ।

अर्घाखाँची र बाग्लुङमा शंकास्पद वस्तु फेला

अर्घाखाँचीकाे सन्धीखर्कस्थि आवासीय माविमा शंकास्पद वस्तु फेला परेकाे छ । बाग्लुङकाे बाग्लुङ नगरपालिका २ कुडुलेचाेक नजिकै शंकास्पद वस्तु फेला परेकाे थियाे । उक्त शंकास्पद वस्तुलाई नेपाली सेनाकाे टाेलीले निष्कृय पारेको छ ।

हेटाैंडामा मिनी ट्रकमा आगजानी र प्रेसर कुकर बम फेला

बन्दकर्ताद्वारा हेटाैंडाकाे चाैकीटाेलमा ७ ख ९४९३ नम्बरकाे मिनी ट्रकमा आगजानी गरेकाे छ । त्यस्तै हेटौँडाकै बुद्धचोक नजिक प्रेसर कुकर बम फेला परेको थियो । बम राखेको थाहा पाउनासाथ प्रहरीले नेपाली सेनालाई खबर गरेर बिहान ५ बजेतिर बम डिस्पोज गरिएको छ ।

पोखरामा तीन ठाउँमा शङ्कास्पद वस्तु फेला

पोखराको विभिन्न तीन ठाउँमा आज बिहान शङ्कास्पद वस्तु देखिएको छ । सिर्जनाचोक र फिर्केचोकको बीचमा एनसेल कार्यालय नजिक, दरबारमार्गस्थित एक पार्टी प्यालेसनजिक र नारेश्वरचोकस्थित सडकको पेटीका शङ्कास्पद वस्तु फेला परेकाे प्रहरीले जनाएको छ ।

नवलपुर ट्रकमा पेट्रोल बम प्रहार

यसैगरी नवलपुरको अरुणखोला पुल नजिकै लु २ ख १०८ नम्बरको ट्रकमा पेट्रोल बम प्रहार भएको छ । पेट्रोल बमबाट चालक घाइते भएका छन् ।

मोरङमा प्रेसर कुकर बम फेला

मोरङको सुन्दरहरैंचा ७ ठडिया चोकमा पनि प्रेसर कुकर बम फेला परेकाे थियाे । कुकरमा रातो कपडाले वेरिएको राखिएको अबस्थामामा फेला परेकाे हाे । उक्त प्रेसर कुकर बमलाई सेनाको टोलीले निष्कृय पारेको छ । त्यस्तै मोरङकै बुढिगंगामा पनि शंकास्पद वस्तु भेटिएको छ ।

बुढिगंगा गाउँपालिका–१ आरती स्ट्रिप्स छेउमा रहेको उक्त बम जस्तो देखिने शकास्पद वस्तु फेला परेको छ । निस्क्रिय बनाउन सेनाको बम डिस्पोजल टोली टोली जाँदैछ ।

कोशी राजमार्गमा शंकास्पद वस्तु फेला

मोरङको बुढीगंगा गाउँपालिका–१ को कोशी राजमार्गमा शंकास्पद वस्तु फेला परेको छ। इटहरी धरान सडक खण्डको बीचमा चारकोसे झाडीमा पनि शंकास्पद वस्तु फेला परेको हाे । प्रेसर कुकर जस्तो वस्तु देखिएपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए। प्रहरीलाई खबर गरिए लगत्तै पुगेको प्रहरी टोलीले बम भएको हुनसक्ने आशंकामा प्रहरीले आर्मीको विशेषज्ञ टोलीलाई खबर गरेको छ ।

मकवानपुरमा गाडीमा जलायाे

मकवानपुरको थाहा नगरपालिकामा विप्लव नेतृत्वको नेकपाको क्रममा सोमबार बिहानै गाडी जलाइएको छ। बिहान ४ बजेको समयमा गाडी जलाइएको हो। बन्दका दिन बिहानै थाहा नगरपालिका-१ कुन्छाल नजिकै ना ६ ख ८००७ नम्बरको आइचर गाडी जलाइएको अवस्थामा फेला पारिएको मकवानपुर प्रहरीले बताएको छ ।

सुर्खेतमा यात्रुवाहक बसमा आगजनी

नेत्र विक्रम चन्द (विप्लव) नेतृत्वको नेकपा समुहले पूर्वी सुर्खेतमा एक यात्रुवाहक बसमा आगजनी गरेका छन् । गुर्भाकोट नगरपालिका–१४ को गुमीबाट छिन्चु आउँदै गरेको ना२ख ७४४४ नम्बरको बसमा विप्लवका कार्यकर्ताले आगजनी गरेका हुन् । विप्लवका कार्यकर्ताले चालक, सहचालक र बसधनीलाई झारेर पेट्रोल छर्केर आगजनी गरेकाे प्रहरीले जनाएको छ । विप्लवका कार्यकर्ता हतियार सहित अाएर बस जलाएको बुझिएको छ ।

प्रहरीका अनुसार आगजनीबाट बस पूर्णरुपमा क्षति भएको छ । बस जेलेको ठाउँ नजिकै शङ्कास्पद वस्तु फेला परेको छ ।

रौतहटमा प्रेसरकुकर बम फेला

रौतहटको चन्द्रनिगाहपुर मुख्य चोकमा पनि प्रेसरकुकर बम फेला परेको छ । उक्त बस्तु बम भएको आशंका गरिएको छ। सूचनापछि नेपाली सेनाको डिस्पोजल त्यहाँ पुगेको प्रहरीले जनाएको छ।

महोत्तरीमा शंकास्पद वस्तु फेला

महोत्तरीको बर्दिबास नगरपालिकाको मूल गेटमा शंकास्पद वस्तु फेला परेको छ । कागजको कार्टुन भित्र प्रेसर कुकर र तारहरू भेटिएकाले त्यो बम भएको हुन सक्ने अनुमान गरिएको छ । सो शंकास्पद वस्तु बम भएको हुन सक्ने भएकाले सेनाको बम डिस्पोजल टोलीलाई बोलाइएको प्रहरीले जनाएको छ ।

धादिङको महादेवबेंशी पुलमा पनि विस्फोटक पदार्थ फेला परेको छ । उक्त विस्फोटक पदार्थलाई नेपाली सेनाको निस्क्रिय पारेको छ ।

ललितपुरमा प्रेसर कुकर बम फेला

ललितपुरको टुटेपानी भन्ने ठाउँमा प्रेसर कुकर बम भेटिएको छ । सोमबार बिहान फेला परेको उक्त बम नेपाली सेनको टोलीले डिस्पोज गरेको छ ।

कपिलवस्तुमा दुई स्थानमा शंकास्पद बस्तु फेला

कपिलवस्तुको वाणगंगाका दुई स्थानमा र पोखराको पृथ्वी चोकमा पनि शंकास्पद बस्तु फेला खरब प्राप्त भएकाे छ ।

बन्दको पूर्वसन्ध्यामा आइतबार अपराह्न काठमाडौंका तीन स्थानमा बम विफोट हुँदा चार जनाको मृत्यु भएको थियो । सुकेधारा, घट्टेकुलोमा गरी चार जनाको मृत्यु भएको हाे । चन्द्रागिरीस्थित थानकाेटमा समेत विस्फाेट हुँदा ८ जना घाइते भएका छन् ।

आइतबार ललितपुरकाे लगनखेल, ग्वार्को, सातदोबाटोलगायतका स्थानमा पनि शंकास्पद वस्तु भेटिएका थिए । नेपाली सेनाकाे टाेलीले ती स्थानमा राखिएका बम तथा शंकास्पद वस्तु डिस्पाेज गरेकाे थियाे ।

-न्यूज२४नेपाल डट टिभीबाट


सम्बन्धित शीर्षकहरु

च्याट जीपीटी निर्माता ओपनएआईका सीईओ साम अल्टम्यानलाई उनकी बहिनीले यौन शोषणको आरोप लगाएकी छन्। यस मामिलामा सामकी बहिनी एन ओल्टम्यानले…

कुवेत: कुवेतले HH अमिर शेख मेसल अल-अहमद अल-जाबेर अल-सबाहको निर्देशनद्वारा निर्देशित महिला सशक्तिकरणको लागि आफ्नो प्रतिबद्धतालाई सुदृढ गर्दै 2024 को…

नेपाल सरकार ऊर्जा मन्त्रालयले नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई ९ बुँदे स्पष्टीकरण सोध्दै उनलाई पदबाट हटाउने कसरत शुरू…

प्रतिकृयाहरू
...