Thursday 2nd May 2024

त्रिकोणात्मक प्रेमले खुइल्याएको जवानी


तिलक भण्डारी (कमल) – भगवानको तीन नेत्र हुन्छन भन्ने सुनेको थिएँ तर त्रिकोणात्मक प्रेम हुन्छ भन्ने कल्पना सम्म पनि गरेको थिइन । तर आज आएर मनमा यहि बिषयमा बहस गर्न इच्छा जाहेर भयो । हरेक मानबका बिबिध प्रकारका  इच्छा, अाकांक्षा र चाहना हुन्छन र हुनु पनि पर्छ । तर चाहाना छ भन्दैमा आखाँमा कालो पट्टी बाधेर हिड्नु कति सम्मको जायज हुन्छ ?

हरेक कुराको सिमा र परिधि हुन्छ । हरेक जवानीका मुल्य, मान्यता र सिद्धान्त हुन्छन । जवानी छ भन्दैमा काउली फुले जस्तै गरि फुल्नु त भएन नि। कसरी प्रस्तुत हुने जानकारी नभएको हो की खजुर र हजुरले नजरबन्द गराएको हो ? यो बिषय अलि गहन छ । सबैले दुधालु गाइलाई हेर्ने हुन जब सम्म गाइले दुध दिन्छ तबसम्म गाइलाई हेरचाह र स्याहारसुसार गर्ने हुन जब गाइले दुध दिन छोड्छ तब ति गाइलाइ रोडमा लगेर छोड्ने बाहेक अर्को बिकल्प कतै देखिदैन ।

 यसरी हेर्दा हामीमा सच्चा माया, प्रेम र दया भन्ने कुरा हराउँदै गएको हो कि जस्तो भान हुन्छ । आजभोली यो माया भन्ने चिज सस्तो पनि कति सस्तो भएको, यकिन गर्न नै गाह्रो छ । यो सात समुद्रपारीको भूमरीमा एउटाले तीनवटालाई सम्म भुलाउन र खेलाउन सक्ने अद्भूत क्षमता भएको हामी नेपाली समाजमा नै होला । कला पनि कति मिठो छ । पालै-पालो समय ब्यबस्थापन गर्ने तर यस्को प्रतिकुल असर के हुन्छ भन्ने जानकारी त पक्कै छैन होला ।

अनि यही सेरोफेरोमा रमाएर बस्ने हाम्रा जवान युवाको क्षमता पनि अदभूत नै छ । मित्र म त पहिले नै बुक भएको हजुर भन्दा पनि होइन केहि फरक पर्दैन । कुवाको पानी पिउन मिल्छ तर भत्काउन मिल्दैन भन्दै पछि लाग्ने, मिले सम्म हत्याउन पछि नपर्ने हामी कति पिछडिएका छौ ?  हल्का बिचार सम्म आउँदैन ।

नजरबन्द कसैले पनि गर्नु हुदैन । सच्चा प्रेम एउटा हद सम्म त हुन्छ । अति भयो भने खति हुन्छ भन्ने पनि मगजमा राख्नु पर्छ । कुमारीले त्रिकोणात्मक पेम प्रस्तुत गर्ने र सबैबाट आफ्नो व्यक्तिगत लाभ लिने र अन्त्यमा परदेशबाट घरदेश फर्कदा यताका रावणलाई केहि थाहा नहुने अन्त्यमा न पैसा बचत भयो न आफुले गरेको लगानिबाट फल प्राप्त भयो । झनै सकंटको भुमरीमा धकेल्ने बाहेक अन्य केहि पनि उपलब्ध भएन भनि न्याउरी मारी पछुतो भनि बस्न बाध्य हुन्छन ।

रावणले यदि छोडेर गए भने यता सितालाई धैरै समस्या आइ लाग्छ । महिना पुग्यो कोठा भाडा, दैनिक खाद्यान्न, ईन्टरनेटको बिल, मेकअपको समाग्री लगायतले नयाँ समस्याको सृजना गर्छ । अनि सिताहरूको रोदन सुरू हुन्छ । सबैलाई जानकारी भएकै बिषय हो सुनिल र रूपाको कलियुगका अबतारबाट प्रष्ट हुन्छ । त्यति मात्र कहाँ हो र भिडियो बनाएर सामाजिक संजालमा प्रस्तुत हुन्छन । अनि त्यहि माथि ताप दिनको लागी हाम्रा पत्रकार मित्रहरूले साथ दिन्छन् । कि सर्म्पकमा आउनु होइन भने तपाइको फोटो सहित मिडियामा समाचार बनाइ पोष्ट गर्छो । सबै मिडिया मित्रलाई भनेको होइन पनि अनर्थ नलागोस । समाचार लेखन र प्रस्तुत गर्नु पुर्व सबै जानकारी प्राप्त नभए सम्म यस्ता कुरा बाहिर मिडियाले प्राथमिकतामा राख्नु हुँदैन भन्ने हेक्का पनि राख्न पर्छ ।

तसर्थ प्रेमलाई ताप्न जाने ताप दिन्छ नत्र भने राप मात्रै मिल्छ भन्ने कुरा बुझि राखाैं । ताप दिनु राम्रो होला तर राप दिएर जाँदा जिवनले न छोड्ने न गोड्ने भएर बाँच्न बाध्य बनाउछ । त्यसकारण प्रेम गर्नुहोस साथको लागी तर घातको लागी होइन । महिला या पुरूष दुबै एक अर्काका परिपुरक हुन भन्ने हेक्का सैबले राख्न् पर्छ । प्रेम गरी मुना-मदनको जस्तो अथवा परेवा, ढुकुरका जस्ता जोडि बन्न प्रयत्न गर्नुहोस । यसैमा सबैको भलो होला नभए पनि नुन बिनाको खल्लो त पक्कै हुदैन । तपाइहरूको माया, प्रेम र दया सधै कायम रहिरहोस यहि मेरो तर्फबाट शुभकामना !


सम्बन्धित शीर्षकहरु

बलिवुडका निर्देशक सञ्जय लीला भन्साली वेब सिरिज ‘हिरामण्डीः द डायमण्ड बजार’ मार्फत ओटीटीमा डेब्यु गरेका छन्। यो शृङ्खला १९४० को…

श्रीलंकामा राष्ट्रपतीय निर्वाचन नजिकिँदै छ र त्यसलाई लिएर राजनीतिमा हलचल मच्चिएको छ । यसैबीच राष्ट्रपति रनिल विक्रमासिङ्घेले पनि निर्वाचनमा उम्मेदवार…

विश्व मे दिवसको अवसरमा एसियाभरका मजदुरहरू अधिकार वृद्दिको माग गर्दै सडकमा उत्रिएका छन् । बुधबार दक्षिण कोरिया, जापान, ताइवान, फिलिपिन्स…

प्रतिकृयाहरू
...