Monday 12th January 2026

ओमानमा बंगाली नागरिकले १ नेपाली युवतीको हत्या गरे, अर्की एक नेपाली युवतीद्वारा आत्महत्या


तितोपाटी – मध्यपुर्वखाडीको देश ओमानमा २ जना नेपाली युवतीको ज्यान गएको छ । ज्यान जानेहरूमा एक जना मोरङकी हुन भने अर्की बर्दियाकी हुन । मोरङ घर भएकी युवतीलाइ उनी सँगै बस्ने बंगाली नागरिकले हत्या गरेको बुझिएको छ भने वर्दिया घर भएकी अर्की युवती झुण्डिएको अबस्थामा मृत भेटिएकी हुन् । समाचारका अनुसार  ओमानको पर्यटकीय सहर सललाहामा कार्यरत लेटाङ–मोरङकी २५ वर्षीय अप्सरा दाहाल सार्कीको जेठ ३ गते हत्या भएको छ । बर्दियाकी २१ वर्षीय सुनिता सार्कीको रहस्यमय मृत्यु भएको छ । मस्कटस्थित नेपाली दूतावासका अनुसार दुवै घटनाको अनुसन्धान भइरहेको छ ।

दुवैजनाको शवलाई अल सुल्तान कावुस अस्पतालमा राखिएको छ। ‘अप्सरालाई चक्कु लागेको अवस्थामा प्रहरीले फेला पारेको सूचना प्राप्त भएको छ,’ ओमानका लागि नेपाली राजदूत शर्मिला पराजुली ढकालले भनिन्,‘घटनाको अबस्था बुझ्न श्रम सहचारीलाई सललाहा पठाउँदैछौं।’ मस्कटबाट सललाहा झन्डै एक हजार किलोमिटर टाढा पर्छ।

प्रहरीले अप्सरासँगै बस्दै आएका एक बंगालीलाई पक्राउ गरेको छ। २२ महिना अघि ओमन पुगेकी अस्सरा घरमालिक छोडेर बंगलीसँग बस्दै आएकी थिइन्। अप्सराको शरीरभरी चक्कु प्रहार भएको थियो। उनको उपचारको क्रममा अस्पतालमै ज्यान गएको हो। ‘हामी दिउँसो नेपाली रेष्टुरेन्टमा मःमः खाएर छुट्टिएका थियौं,’ ,‘शुक्रबार राति (जेठ ३) मारिएको खबर सुन्यौं’, अप्सराका साथी गीता थापालाइ उधृत गर्दै कान्तिपुरले समाचार छापेको छ ।

सुनिता सार्कीलाई भने प्रहरीले आत्महत्या गरेको अवस्थामा फेला पारेको थियो। दुवै खुट्टाको घुँडाले जमिनमा टेकेको अवस्थामा झुन्डिएको अवस्थामा फेला परेपछि प्रहरीले गहिरो रुपमा छानबिन थालेको दूतावासले जनाएको छ। ‘घटना सुन्दा रहस्यमय छ। प्रहरीले यसलाई निकै गम्भिरतापूर्वक छानबिन गरिरहेको छ दूतावसाले जनाएको छ । सार्की पनि बंगालीसँग बस्दै आएकी थिइन्। कुवेतमा कार्यरत सुनिताका दिदीले दूतावासलाई जानकारी दिइए अनुसार सुनिता मस्कटबाट भागेर सललाहा पुगेकी हुन्। उनी भिजिट भिसामा ओमन पुगेकी थिइन। उनीसँगै बस्दै आएको बंगाली भने घटना हुनु एकसाता अगाडि नै बंगलादेश गइसकेको खुलेको छ।

प्रहरीले सुनिता झुन्डिएको कोठामा एक बंगाली महिलाको परिचयपत्र मात्रै फेला पारेको थियो। त्यही आधारमा सुनिता बंगाली भएको अनुमान गरिदैँ आएको थियो। दूतावासले उनी नेपाली नै भएको भन्दै राहदानीको प्रतिलिपि प्रहरीलाई उपलब्ध गराएको छ।

-कान्तिपुरबाट


सम्बन्धित शीर्षकहरु

इरानको राजधानी तेहरानमा जारी विरोध प्रदर्शनका क्रममा २० भन्दा बढी मस्जिद, बैंक र सार्वजनिक संरचनामा आगजनी तथा तोडफोड भएको इरानी…

निरेम प्रोडक्सन तथा अल मुल्ला एक्सचेन्जको संयुक्त प्रस्तुतिमा आयोजना गरिएको “Nirem Musical Event 2026” का अवसरमा नेपालबाट आमन्त्रित चर्चित गायक…

ईरानी राजा को वापसी को नारा तेहरान का सडकहरुमा गुन्जन थालेका छन । त्यहाँका राष्ट्रपति ले ईरानमा भईरहेको आन्दोलन सरकारको…

प्रतिकृयाहरू
...