Wednesday 19th August 2026

दिनहुँ हत्या, हिंशा र बलत्कार मात्र किन भईरहेकाे छ हाम्राे देशमा ?


निरूमाया खड्का – खासै भन्नुपर्दा हाम्राे देश नेपाल मेराे प्याराे जन्मभुमि संसार कै सबभन्दा सुन्दर र शान्त देश नेपाल भनेर चिनिने, हाम्राे देशमा अाज के भईरहेकाे छ, आजभाेलि भएका घटनाहरु सुन्दा, देख्दा आङ नै सिरिङ्ग हुन्छ। आखिर हामी सबै नेपाल आमाका सन्तान हाैँ, किन एक अर्कामा कुदृष्टिले हेरिरहेका छाैं। यसरी दशैँमा खसि बाेका काटे झैँ मान्छे काट्ने संस्कार कहाँबाट आयाे.? मैले साेच्न नि सक्दिन।

आज दिनहुँ यस्ता घटनाहरु घटिरहदा सरकारको गृह प्रशासन लगायत सरोकारवाला निकायहरु के हेरेर बसिरहेका हाेलान् ? जनतालाइ न्याय दिलाउछाैँ भनेर ठुलाे आस देखाउँदै मञ्चमा उभियर झुठाे भाषण गर्ने ती राष्ट्रका नेता भनाैदाहरू कता हराए ? हिजाेका दिनमा देशलाई सुन्दर बनाउछाै, देशकाे बिकास गर्छाै,अन्याय र अत्याचारकाे बिरुद्ध आवाज उठाउछाैँ, हाम्राे देश नेपालकाे कुना कुना गएर समस्यहरु बुझेर समस्याकाे समाधान गर्नेछाैँ भनेर गरेकाे भाषण के नाटक थियाे ?

आज देशमा दिनकै साना साना अबाेध बालिकाहरु देखि ठुला नारीहरुकाे इज्जत लुटिइरहँदा, बलात्कार भैरहँदा, मान्छेले मान्छेलाई काटिरहँदा देशमा राष्ट्र प्रमुख र सरकार प्रमुख भएका आमा बिध्या देबि भण्डारी ज्यु र बा केपि ओली ज्यु के हेरेर बस्नु भयकाे हाेला? सुनेकी छु उहाँहरु त ठुलाे प्लेन चडेर बिदेश भ्रमण गर्दै हुनुहुन्छ रे ! अलि टाउकाे दुखेपनि नेपाल उपचार हुदैन भनेर बिदेशमा उपचारकाे लागि सवारी हुन्छ रे, अगाडि पछाडि गाड लगायर चिल्लाे कारमा घुम्दैछन रे, उहाँहरुलाई आफु मस्ती गरिरहेकाे बेला देशमा के भैराखेकाे छ के मतलव छ र !

हामीलाई ठुलाे आसा थियाे अब हामिले न्याय पाउछाैँ भनेर किन की हाम्राे देशकाे राष्ट्रपति जस्ताे पदमा नारी नै हुनुहुन्छ तर आज त्यही नारी ठाउँ ठाउँमा बलात्कृत हुँदा पनि अपराधीलाई किन सजाय हुन सकेन ? नारीले देशकाे नेतृत्व गरिरहेकाे बेलामा नारीले नै धेरै दुःख पीडा भाेग्न र बलात्कारकाे सिकार हुन परेकाे छ ।

कन्चनपुरमा निर्मलाकाे बलात्कार भयाे । बलात्कारी अपराधी थाहा भएर पनि सजाय दिन सकेन हाम्राे सरकारले । अपराधीलाई सजाय त परै जाओस् उल्टै मगज बिग्रेकाे मान्छेलाई अपराधी बनाइयो । के याे पनि जनता कै दाेष हाे र ? सरकारी जागिरे भनाउदा केहि सुरक्षाकर्मी बाट नै याे अपराध लुकि राखेकाे छ । यसमा पनि अहिले सम्म हाम्राे सरकार कानमा तेल हालेर बसि राखे कै छ । यसैगरि कयाैँ निर्मलाहरुकाे हत्या हुदा पनि खै त न्याय ?

हिँजाे अस्तिकाे घटना पनि सम्झिन मन लाग्याे याे घटना त झन सुन्नै नसकिने, हेर्नै नसकिने एकदम दुखदायि घटना घटेकाे छ । ९ जानकाे भिभत्स हत्या भयकाे छ, पाँचथर मिक्लाजुङ आरुबोटेको घटना के एक्लैले एकै समयमा ९ जनाको हत्या गर्न सम्भव छ र ? सँगैका ब्यक्तिको हत्या भइरहँदा नजिकैका अरूले थाहा नपाउनु, शंकास्पद ब्यक्ति घटनास्थलबाट २५ किलोमीटर झुन्डिएको भेटिनु, ९ जनाको हत्या गरेको आशंका गरिएको ब्यक्तिको शरीर र कपडामा रगत नहुनु, मान ब. झुन्डिएको ठाउँ बाट २ किलोमीटर पर हत्या गरिएको खुकुरी भेटिनु, याे त जसले याेजना बनायर हत्या गरे ती ब्यक्तिहरूले आफु बच्न मृतककाे ज्वाईलाई पनि मारेर झुन्ड्याएकाे र झुण्डिएको ब्यक्ति नै हत्यारा हो भनेर बुनिएको जाल हुनु पर्छ । देश भित्र भएका हरेक घटनाका प्रकृति हेर्दा सबै कुरा शंकास्पद छन् । सरकार ! जसरी हुन्छ यस किसिमका अपराधिक घटनाहरूको तिब्र गतिमा खाेजी तहकीकात अनुसन्धान गरि सहि हत्यारा पत्ता लगाई फाँसिकाे सजाय हाेस् र हत्या हिंशा र बलात्कार गर्नेहरूलाइ निरूत्साहित गर्दै देशमा शान्ति र अमन चयनको वातावरण सिर्जना गरियोस ।


सम्बन्धित शीर्षकहरु

कुवेत सिटी: कुवेतका दुई प्रतिष्ठित संस्थाहरू मुजैनी एक्सचेन्ज (Al Muzaini Exchange) र कुवेत एयरवेजबीच संयुक्त सहकार्य प्रोटोकल (Memorandum of Understanding)…

इजरायलले उत्तरपश्चिमी सिरियाको अबु अल–दुहुर (Abu al-Duhur) सैन्य हवाई अड्डामा हवाई हमला गरेको छ। सिरियाली सरकारी स्रोतका अनुसार रनवे र…

कुवेत — प्रवासी नेपाली मञ्च, राष्ट्रिय कमिटी कुवेतले आफ्नो पाँचौं अधिवेशन आगामी २१ अगस्ट २०२६, शुक्रबार आयोजना गर्ने भएको छ।…

प्रतिकृयाहरू
...