Tuesday 17th March 2026

इरानलाइ ध्वस्त बनाइदिने अमेरिकी राष्ट्रपति ट्रम्पको चेतावनी


तितोपाटी – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानलाई ध्वस्त गरिदिने भन्दै प्रत्यक्ष रुपमा चेतावनी दिएका छन् । इरानले वार्ताको लागि तयार रहेको घोषणा गरेको भोलिपल्टै उनले ट्वीटरमार्फत यस्तो चेतावनी दिएका हुन् ।

राष्ट्रपति ट्रम्प्ले भनेका छन्, ‘यदी इरान लडाइँ गर्न चाहन्छ भने, इरानको औपचारिक अन्त्य नै त्यही हुने छ । अमेरिकालाई फेरि कहिल्यै चेतावनी नदिनू !’ ट्रम्पले आइतबार यस्तो लेखेका छन् । तर उनले कस्तो चेतावनी आएको भन्ने चाहीँ खुलाएका छैनन् ।

ट्रम्पले अघिल्लो साता मात्रै इरान सकारात्मक रहेको भन्दै वार्ताको वातावरण बन्दै गरेको प्रतिक्रिया दिएका थिए । आफूहरुबीच युद्ध हुने अपेक्षा नगरेको समेत उनले बताएका थिए ।

आइतबार भने उनले अचानक कडा चेतावनी दिएका हुन् । यस्तो विरोधाभाषपूर्ण अभिव्यक्तिलाई लिएर अन्तर्राष्ट्रिय मिडियाले अनौठो समाचारको रुपमा व्याख्या गरेका छन् ।


सम्बन्धित शीर्षकहरु

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) को १२औँ ग्लोबल कन्फ्रेन्स तथा अन्तर्राष्ट्रिय महाधिवेशन काठमाडौंस्थित सोल्टी होटलमा सुरु भएको छ। परराष्ट्रमन्त्री…

लद्दाखका एक प्रसिद्ध कार्यकर्ता तथा वैज्ञानिक सोनम वाङचुकलाई जेलबाट रिहा गरिएको छ। तर सरकारले यो निर्णय किन गर्‍यो र लद्दाखका…

काठमाडौं — Non-Resident Nepali Association (एनआरएनए) को १२औँ विश्व सम्मेलन तथा महाधिवेशनमा ४ हजार २८६ प्रतिनिधि सहभागी हुने भएका छन्।…

प्रतिकृयाहरू
...