Monday 30th March 2026

रास्कोट अस्पताल निर्माणार्थ साँस्कृतिक मञ्चको पहलमा १,५१,०००।- सहयोग


तितोपाटी – कर्णाली अञ्चलको बिकट जिल्ला कालिकोटमा संचालनमा अाएको रास्कोट सामुदायिक अस्पताल निर्माण सहयोगार्थ कुवेत स्थित नेपालकुवेत साँस्कृतिक मञ्चको पहलमा संकलिन सहयोग रकम रू। १५१०००- अक्षेरूपी एक लाख एकाउन्न हजार नेपाली रूपैयाँ अस्पताल निर्माण अभियान संयोजक न्यूज२४ नेपाल टेलिभिजनको “सिधा कुरा जनतासँग” कार्यक्रमका प्रस्तोता रवि लामिछानेलाइ हस्तान्तरण गरेको छ ।

कुवेतको सबैभन्दा पुरानो साँगितिक संस्था नेपाल कुवेत साँस्कृतिक मंचले गत ३ मई २०१९ का दिन मंचको १८ औँ सांगीतिक धमाकामार्फत उठेको रकममा खर्च कटाएर बचत हुन गएको रकम नेपाली रुपैया १,५१,००० (एक लाख एकाउन्न हजार) रुपैया सोही सँस्थाका महासचिव रोशन राई  संयोजक उमा घिमिरे तथा अध्यक्ष गोविन्द बरालका सहोदर ठुलो दाजु हेमराज बरालले संयुक्त रुपमा “सिधा कुरा जनता सँग” कार्यक्रमका प्रस्तोता कुशल पत्रकार रवि लामिछानेलाइ  हस्तान्तरण गरिएको कुरा संस्थाका अध्यक्ष गोविन्द बरालले तितोपाटी डट कमलाइ जानकारी दिएका हुन ।

उक्त कार्यक्रमलाई सफल बनाइ जति सक्दो धेरै रकम उठाउन सहयोग पुर्याउनु हुने अल्मुल्ला कंपनिमा कार्यरत सहयोगी मनका धनी दुर्गा ढकाल, तोयानाथ दाहाल, संस्थाको उपाध्यक्ष /डान्सर नेहा राई, डान्सर अश्मी तामाङ, एन आर एन ए कुवेतकी अध्यक्ष सुमित्रादेवी पौडेल लगायत नेपाल कुवेत साँस्कृतिक मंचका संरक्षक, सल्लाहकार, कलाकार, कार्यसमिति सदस्य तथा प्रत्यक्ष तथा अप्रत्यक्ष रुपमा सहयोग पुर्याउनुहुने सम्पुर्ण कुवेतवासी नेपाली तथा बिदेशी दाजुभाइ तथा दिदिबहिनीहरुलाई ब्यक्तिगत तथा साँस्कृतिक मंचको तर्फबाट ह्रदय देखिनै धन्यवाद दिंदै आगामी दिनहरुमा पनि यसै गरी यहाँहरुको साथ, सहयोग र समर्थन मिल्ने प्रति साँस्कृतिक मंच आशावादी रहेको कुरा अध्यक्ष बरालले जनाएका छन् ।


सम्बन्धित शीर्षकहरु

गत वर्ष प्रदर्शनकारीहरूमाथि भएको घातक दमनमा संलग्न रहेको आरोपमा नेपालका पूर्व प्रधानमन्त्री केपी शर्मा ओली र पूर्व गृहमन्त्री रमेश लेखकलाई…

डोनाल्ड ट्रम्प ले इरानमाथि ऊर्जा संरचनामा आक्रमण नगर्ने निर्णयलाई थप १० दिन लम्ब्याएको घोषणा गर्दा सतहमा हेर्दा यो कूटनीतिक लचकताको…

मुलुकले आज नयाँ प्रधानमन्त्री पाउने भएको छ। राष्ट्रपति कार्यालय शीतल निवासमा आज दिउँसो राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ…

प्रतिकृयाहरू
...