Tuesday 17th March 2026

भारतमा १७ औं लोकसभाको लागि अन्तिम चरणको निर्वाचन आज


तितोपाटी – भारतमा जारी १७ औं लोकसभा चुनाव अन्तर्गत आज आइतबार सातौं अर्थात् अन्तिम चरणको मतदान सुरु भएको छ । अन्तिम चरणअन्तर्गत विभिन्न सात प्रदेश र केन्द्रशासित एक गरी आठ राज्यका ५९ लोकसभा सिटमा मतदान भैरहेको छ ।

उत्तरप्रदेश (यूपी) का १३, बिहारका आठ, पश्चिम बंगालको नौ, पन्जाबका सबै १३, चण्डिगढको एक, झारखण्डको तीन, हिमाचलका सबै चार र मध्यप्रदेशका आठ लोकसभा क्षेत्रका दश करोडभन्दा बढी मतदाताले ९१८ उम्मेद्वारको भाग्यको फैसला गर्दैछन्।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीदेखि बलिउड अभिनेता सन्नी देवलसम्मको भाग्यको फैसला समेत आजकै मतदानले गर्नेछ। सन् २०१४ को चुनावमा आइतबार मतदान भइरहेका ५९ वटा लोकसभा सिटमध्ये भारतीय जनता पार्टी र गठबन्धन दलले ३९ सिट मा जितको झण्डा र्फहराएका थिए।


सम्बन्धित शीर्षकहरु

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) को १२औँ ग्लोबल कन्फ्रेन्स तथा अन्तर्राष्ट्रिय महाधिवेशन काठमाडौंस्थित सोल्टी होटलमा सुरु भएको छ। परराष्ट्रमन्त्री…

लद्दाखका एक प्रसिद्ध कार्यकर्ता तथा वैज्ञानिक सोनम वाङचुकलाई जेलबाट रिहा गरिएको छ। तर सरकारले यो निर्णय किन गर्‍यो र लद्दाखका…

काठमाडौं — Non-Resident Nepali Association (एनआरएनए) को १२औँ विश्व सम्मेलन तथा महाधिवेशनमा ४ हजार २८६ प्रतिनिधि सहभागी हुने भएका छन्।…

प्रतिकृयाहरू
...