Monday 30th March 2026

लुम्बिनी समाज नेपाल-कुवेतको कार्यबाहक अध्यक्षमा रमेश “पाल्पाली”


तितोपाटी – लुम्बिनी समाज नेपाल कुवेतको कार्यबाहक अध्यक्षमा रमेश नेपाली “पाल्पाली” चयन भएका छ्न । समाजको शुक्रबार संरक्षक सल्लाहकार सहित बसेको आकस्मिक बैठकले उक्त निर्णय गरेको कुरा महासचिव नेत्र पेमि मगरले तितोपाटी डट कम लाइ जानकारी गराएका छ्न ।

समाजका अध्यक्ष रुपेन्द्र बिक्रम हमाल भागिरथ चापागाईं अभियानको आर्थिक हिनामिनामा विवादमा तानिएका कारण संस्थाको गतिविधि नियमित सञ्चालन गर्न असहज भएकोले समाजलाइ सूचारू गरि गति दिनको लागि समाजको आकस्मिक बैठकले उक्त निर्णय गरेको बुझिएको छ ।

समाजको शुक्रबार कै बैठकले रुपेन्द्र बिक्रम हमाललाई छिटो भन्दा छिटो उक्त अभियानको रकम पारदर्शी रुपमा हस्तान्तरण गरि पीडित भागिरथ चापागाइलाई स्वदेश फर्काउन माहोल बनाउने वातावरण सृजना गरी निकास दिन दवाव दिएको बुझिएको छ ।


सम्बन्धित शीर्षकहरु

गत वर्ष प्रदर्शनकारीहरूमाथि भएको घातक दमनमा संलग्न रहेको आरोपमा नेपालका पूर्व प्रधानमन्त्री केपी शर्मा ओली र पूर्व गृहमन्त्री रमेश लेखकलाई…

डोनाल्ड ट्रम्प ले इरानमाथि ऊर्जा संरचनामा आक्रमण नगर्ने निर्णयलाई थप १० दिन लम्ब्याएको घोषणा गर्दा सतहमा हेर्दा यो कूटनीतिक लचकताको…

मुलुकले आज नयाँ प्रधानमन्त्री पाउने भएको छ। राष्ट्रपति कार्यालय शीतल निवासमा आज दिउँसो राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ…

प्रतिकृयाहरू
...