Tuesday 17th March 2026

चीनमा सबै भाषाका विकिपिडिया माथि प्रतिबन्ध


तितोपाटी – चीनमा विकिपिडिया माथि प्रतिबन्ध लगाइएको छ । चीनमा गत एप्रिल महिनादेखि विकिपिडियाका सबै भाषाका पेजहरू नखुल्ने बनाइएको विकिमिडिया फाउन्डेशनले पुष्टि गरेको छ। इन्टरनेट सेन्सरशिपबारे अध्ययन गर्ने अनुसन्धानकर्ताहरूले चीनमा अन्य हजारौँ वेबसाइटजस्तै विकिपिडिया पनि खोल्न नसकिने पत्ता लगाएका हुन्। तर त्यसबारे आफूले कुनै औपचारिक सूचना नपाएको विकिपिडियाले जनाएको छ।

चीनले पहिला चिनियाँ भाषामा प्रकाशित विकिपिडिया पेजहरूलाई प्रतिबन्ध लगाएको थियो। अहिले त्यो प्रतिबन्ध अरू भाषामा पनि थपिएको हो। चीनमा एम्नेस्टी इन्टर्न्याश्नलको वेबसाइट, फेसबुक, ट्विटर र अन्य हजारौँ वेबसाइट तथा एपहरू पनि खोल्न सकिँदैन। इन्टरनेटको प्रयोगलाई नियन्त्रित गर्न चीनले ‘ग्रेट फायरवोल अफ चाइना’ बनाएको छ। केही वर्षअघि चीनले गुगललाई पनि बन्द गरिदिएको थियो। पछि चिनियाँ भाषाको गुगललाई नियन्त्रित रूपमा सञ्चालन हुन दिइएको छ।

एउटा विज्ञप्ति प्रकाशित गर्दै उसले भनेको छ, “एप्रिलको अन्त्यतिर विकिमिडिया फाउन्डेशनले चीनमा विकिपिडिया खोल्न नकसिने निश्चित गर्‍यो। हाम्रो ट्राफिक प्रतिवेदन राम्ररी विश्लेषण गरेपछि सबै भाषामा विकिपिडियालाई बन्द गरिएको हामी पुष्टि गर्न सक्छौँ।”

प्रयोगकर्ताहरूको विना पारिश्रमिक योगदान गरेर सम्पादन गर्ने यो विश्वज्ञानकोशलाई बेलाबेलामा केही सरकारहरूले आफ्नो देशमा नखुल्ने बनाइदिन्छन्।
यो बेवसाइटलाई सन् २०१७ मा टर्कीमा बन्द गरिएको थियो भने यो वर्ष भेनेजुएलामा बेलाबेलामा बन्द गरिएको थियो।

-बीबीसी नेपाली बाट


सम्बन्धित शीर्षकहरु

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) को १२औँ ग्लोबल कन्फ्रेन्स तथा अन्तर्राष्ट्रिय महाधिवेशन काठमाडौंस्थित सोल्टी होटलमा सुरु भएको छ। परराष्ट्रमन्त्री…

लद्दाखका एक प्रसिद्ध कार्यकर्ता तथा वैज्ञानिक सोनम वाङचुकलाई जेलबाट रिहा गरिएको छ। तर सरकारले यो निर्णय किन गर्‍यो र लद्दाखका…

काठमाडौं — Non-Resident Nepali Association (एनआरएनए) को १२औँ विश्व सम्मेलन तथा महाधिवेशनमा ४ हजार २८६ प्रतिनिधि सहभागी हुने भएका छन्।…

प्रतिकृयाहरू
...