Friday 13th March 2026

इङलिस प्रिमियर लिगको उपाधि म्यान्चेस्टर सिटीले चुम्यो


तितोपाटी – म्यान्चेस्टर सिटीले आइतबार इंग्लिस प्रिमियर लिग जितेको छ । डिफेन्डिङ च्याम्पियनका रूपमा पेप ग्वार्डिओलाको सिटीले उपाधि रक्षा गरेको हो । यसका लागि उसले ब्राइटन एन्ड होभलाई सजिलै ४–१ ले हरायो ।

लिगको अन्तिम निर्णय उपाधिको छिनोफानो भएको हो र यसक्रममा सिटीलाई लिभरपुललाई दोस्रो स्थानमा चित्त बुझाउन बाध्य पार्यो । लिभरपुलले भने उल्भ्सलाई २–० ले पराजित गर्यो । सिटीको ९२ अंक भयो भने लिभरपुल एक अंकको दूरीमा रह्यो । यस्तै चेल्सी तेस्रो र टोटनहम चौथो स्थानमा रह्यो ।

चेल्सीले लेस्टर सिटीसँग गोलरहित बराबरी खेल्यो भने टोटनहमले एभरटनसँग २–२ को बराबरी खेल्यो । अरू दुई महत्वपूर्ण खेलमा आर्सनलले बर्नलीलाई २–१ ले पन्छायो । यस्तै म्यानचेस्टर युनाइटेड भने रेलिगेसमा परिसकेको कार्डिफसँग२–१ ले पराजित रह्यो ।


सम्बन्धित शीर्षकहरु

इरानले हाल चलिरहेको युद्धको क्रममा इजरायलमाथि क्लस्टर हतियार भएको क्षेप्यास्त्र प्रहार गरेको दाबी गरिएको छ। इजरायली अधिकारीहरू र The New…

पाल्पा । राष्ट्रिय फूल लालीगुँरासको संरक्षण र यसको महत्वबारे जनचेतना फैलाउने उद्देश्यले युवा सामाजिक अभियन्ता सुशिल बस्याल ‘राष्ट्रप्रेमी’ सक्रिय भएका…

मध्यपूर्वमा बढ्दो सैन्य तनावले अब केवल सैन्य शक्ति वा तेलको राजनीतिमा मात्र सीमित रहने संकेत देखिदैन। पछिल्ला घटनाक्रमले यो द्वन्द्व…

प्रतिकृयाहरू
...