Thursday 5th March 2026

आज पनि जिन्दगी


रोजिना ढुंगाना – जिवनका इच्छा र चाहनाहरु त धेरै छ्न, तर पुरा भने कहिलै नहुने भयो । यसको मुल कारण अभाव र गरीबि नै हो। गरीबि कै कारणले न त पढ्न नै सकियो, न त धन कमाएर सुखी जिवन जिउन नै सकियो। जन्मेर जान्ने बुझ्ने भए देखि नै आमा बुबालाइ काममा सघाउनु पर्ने , स्कुल त जान पाइयो  तर भनेजस्तो किताब, कलम र कपडा पनि लाउन पाइएन । जस्को कारण साथीहरु बाटै हेपिने, सबैले स्कुलमा खाएजस्तो खाजा लैजान नसक्दा उनीहरुबाट नै अलग्गै बस्नु पर्ने जस्ता दुःखद घटनाहरुले पनि अघि बढ्ने इच्छा आकांक्षाहरू बिलाएर गए ।

स्कुलबाट आउना साथै काममा गै हाल्नु पर्ने निःशुल्क शिक्षा नभएको त्यो जमानामा ट्युसन कोचिङको त कुरै छाेडाैं स्कुलको जाँच फिस समेत समयमा तिर्न नसक्दा परिक्षा हलबाट बाहिर निकालिनु पर्ने, हरेक कुराहरुबाट बन्चिन हुन पर्ने गरीबिले गर्दा सबै सपनाहरु देखेर पनि सपना कहिल्यै विपना हुन सकेनन् सपना मै सिमित भए। कस्ले चिन्छ र हामीलाइ ? त्यो जमानामा के को पढ्न पाउनु पर्ने अधिकार ? सबै कुराबाट बन्चित भएपछि कसैका सामु जान पनि सक्दैन्थ्यौँ  र आज पनि यिनै पहाड र हिमाल सँग ठोकिदै हिड्नु परेको छ । अाज पनि ति सपना हरु…जिउदैछ्न तर अब त उमेरले पनि साथ दिदैन नत अवसर पाएर पनि केहि गर्न सकिन्छ । न त केहि सुधार भयो जिवनमा न त अब होला ? किन त ? कसैले भाग्यमा नभएर भन्छ्न भने कोहि भाग्य आफै बनाउनु पर्छ् भन्छ्न् तर कसरी ? चमत्कार गर्ने शक्ति म सँग छैन, झुटो बोल्न आउँदैन, ठगेर खान डर लाग्छ, इज्जत सबै भन्दा प्यारो ठान्छु। त्यसैले त आज जहाँको त्यहिँ छु।

बिहानै उठ्यो घाँस दाउरा, दिन भरि खेतबारिमा ब्यस्त, जिन्दगी यसरी नै बितिरहेको छ । म खेतको धानलाइ चामल बनाउँछु अनि करेसामा पानी हाल्दा हाल्दै ढ्ल्कि सकेको यो जिन्दगी अब माली गाइको दुध निकाल्दै बितिरहेछ। घरको भित्ता हातैले पोतेर फुटेका मेरा खस्रा हात, अनि चप्पलको लोति चुटिएर दुखेका मेरा खुट्टाहरुमा भ्यास्लिन पनि नलगाइ बित्ने भो मेरो जिन्दगी  । लन्ड्री अाइरनको जमानामा पनि खुम्चिएको पछ्याैरालाइ पट्याएर पनि नराखी जाने भो जिन्दगी, बाटोमा झरेका अमलाले कालो बनाएको दाँतहरु कोलगेट सम्म नलगाइ जानेभो जिन्दगी ।

घर घर मै धारो आएको यो एक्काइसाैं सताब्दीमा पनि डर लाग्दो भिरालो  र स्वासै रोकिने उकालोले छोडेको छैन मलाइ। परिवर्तनशील आजको यो समाजमा पनि मोटर गाडी चढ्न पाएको छैन भन्दा सुन्नेलाइ अपत्यारिलो लाग्न सक्ला तर अझै पनि गरीबिले मेरो जस्तो जिन्दगी जिउनेहरू लाखाैं छन् । गरीबिको रेखामुनि रहेका लाखाैंलाख जनताका समस्या अाज पनि जिउँ का तिउँ छ्न । टिभि, फोन र कम्पुटरको जमानामा पनि म अझै रेडियोको पुरानै ब्याट्री सुकाउन छाडेकी छैन । रेडियोमा आउने नाटक र साथी सँग मनका कुराले प्रसारण गर्न अल्छि मानिसके होलान तर मलाइ सुन्न अझै अरु मिलेको छैन । सिसाको बोतल मा मटितेल हालेर पुरानो सिरकको खोलको टुक्रो मै बत्ति बालेरै जाने भो जिन्दगी।


सम्बन्धित शीर्षकहरु

एजेन्सि-अमेरिकी रक्षा मन्त्री **Pete Hegseth**ले इरानमाथि गरिएको आक्रमण “शासन परिवर्तनका लागि नभएको” स्पष्ट पारेका छन्। पेन्टागनमा दिएको सम्बोधनमा उनले भने,…

इरानमाथि United States र Israel को आक्रमणपछि सुरु भएको मध्यपूर्वीय द्वन्द्व “अनन्त युद्ध” नहुने तर “केही समय लाग्न सक्ने” इजरायलका…

कुवेती सेनाले सोमबार खाडी देशको सशस्त्र सेनाको "अपरेशन" को क्रममा एक नौसेना सैनिकको मृत्यु भएको बताएको छ। सेनाले सैनिकको मृत्युको…

प्रतिकृयाहरू
...