Sunday 9th November 2025

भूमध्य सागरमा डुंगा दुर्घटना हुँदा ६५ जनाको मृत्यु


तितोपाटी – भूमध्य सागरमा एक डुंगा दुर्घटना हुँदा ६५ जनाको ज्यान गएको छ भने १६ जनालाइ सकुशलै उद्दार गरिएको छ । प्रवासीहरु चढेको सो डुंगा भूमध्य सागरमा दुर्घटना भए पछि कम्तिमा ६५ जनाको मृत्यु भएको हो। लीबियाबाट युरोप पुग्ने क्रममा आप्रवासी चढेको डुंगा भूमध्यसागरमा दुर्घटना भएको हो। बीबीसीका अनुसार १६ जनाको सकुसल उद्दार गरिएको छ।

जीवित व्यक्तिहरुका अनुसार यो डुंगा बिहीबार लिबियाबाट छुटेको थियो र समुद्रमा उठेका ठूला छालका कारण दुर्घटना भयो। जीवित व्यक्तिहरूले माछा मार्ने डुङ्गा प्रयोग गरी उनीहरुको उद्दार गरिएको हो। यस वर्ष १७ हजार प्रवासी र शरणार्थि समुद्री माध्यमबाट युरोप प्रवेश गरेका थिए। गत वर्ष पनि ४ सय ४३ बढी आप्रवासीको मृत्यु भएको थियो।

युएनएचसीआरको तथ्यांकअनुसार यसै वर्षको हालसम्म लिबियाबाट युरोपको बाटोमा पर्ने स्थानहरुमा डुंगा दुर्घटना हुँदा १६४ जनाको ज्यान गइसकेको छ। यो पछिल्लो दुर्घटना सबैभन्दा धेरै मानवीय क्षति भएको घटना हो।


सम्बन्धित शीर्षकहरु

चिनियाँ नेता सी जिनपिङको निरीक्षणमा भव्य आयोग समारोह पछि चीनको सबैभन्दा उन्नत विमान वाहक, फुजियान, सेवामा प्रवेश गरेको छ, राज्य…

इस्तानबुल: टर्किएले युद्धको अन्त्य गर्न वार्ता अन्तर्गत उत्तरी इराकमा लुकेका हजारौं कुर्दिस्तान वर्कर्स पार्टी (PKK) लडाकुहरू र नागरिकहरूलाई घर फर्कन…

कुवेत - माङसेबुङ सरोकार समाज कुवेतको आयोजनामा किराँत धर्मका महान गुरु समाज सुधारक तथा नेपालको १६ औं राष्ट्रिय विभूति फाल्गुनन्द…

प्रतिकृयाहरू
...