Tuesday 29th July 2025

किराया कतार शाखाको साताैं अधिवेशन सम्पन्न


तितोपाटी – किरात राइ यायोक्खा कतार शाखाको साताैं अधिवेशन एक समारोहको विच भव्य रूपमा सम्पन्न भएको छ । “भाषा, लिपी, धर्म र संस्कृति हाम्रो पहिचान, सम्पूर्ण किरात राईहरुको एकता हाम्रो अभियान ” भन्ने मूल नाराका साथ किरात राई यायोक्खा  कतार शाखाको सातौं अधिवेशन हिजो ३ मई २०१९को दिन विमल राईको नेतृत्वमा नया कार्यसमिति चयन गर्दै सम्पन्न गरेको हो ।

नेपालको विभिन्न क्षेत्रबाट रोजगारको सिलसिलामा कतारमा रहेका संम्पूर्ण किरात राई दाजु भाई तथा दिदीबहिनीहरुलाई एक बनाई सुख दुख साटासाट गर्दै आफ्नो मौलिक संकृती संरक्षकक्षण र प्रबर्द्धन गर्ने उद्देश्यले वि .सं. २०६०सालमा स्थापित किरात राई यायोक्खा कतार शाखाको साताैं अधिवेशन अध्यक्ष एकराज राई को सभापतित्व तथा नेपाल प्रवासी आदिवासी जनजाती महासंघ कतारका अध्यक्ष शिव कुमार भूजेलको प्रमुख आतिथ्यमा र महासंघ कताारका सल्लाहकारहरु, महासंघ कतारमा आबद्द सम्पूर्ण मातृ सस्थाहरु, प्रभुद्ध व्यक्तित्वहरु, विभिन्न ब्यावसायी तथा समाजसेवी ,वैचारिक संस्थाहरु जिल्ला संस्थाहरु लगाएत दोहा कतारमा कार्यरत किरात राई तथा गैर किरात राईहरुको बाक्लो सहभागितामा कतार स्थित सनैयाको बैशाखी रेष्टुरेण्टको सभाहलमा भव्यताका साथ सम्पन्न गरेको हो ।

किरात राई यायोक्खा शाखा कतारको सातौं अधिवेशनले नव निर्वाचित अध्यक्ष विमल राईको नेतृत्वमा नया कार्यसमिति गठन गर्दै बरिष्ठ उपाध्यक्षमा लोक बहादुर राई, प्रथम उपाध्यक्षमा ननिन्द्र राई, द्धितिय उपाध्यक्षमा सिता राई, महासचिवमा शंकरमान राई, सचिवमा श्याम वान्तावा राई, कोषाध्यक्षमा गजेन्द्र राई, सह कोषाध्यक्षमा ज्ञानु राई, सांस्किृतिक संयोजकमा राजकुमार राई, महिला संयोजकमा निर्मला राई त्यसै गरि सदस्यहरु कल्पना राई, शुक्र कुमार राई, हर्क वालिङ राई ,प्रेम राई, हरि चन्द्र राई, पुर्ण बहाुर राई, ईन्दिरा राई, जीवन राई, रमेश राई, सरिता राई, दिल कुमार राई र धन कुमार राईको २३ सदस्यीय कार्यसमिति निर्वाचित गरेको हो ।


सम्बन्धित शीर्षकहरु

नेपाल पत्रकार महासंघअन्तर्गत क्रियाशील विभिन्न बैदेशिक शाखाहरूले प्रतिनिधित्व र सहभागिताको सुनिश्चिततासहित चारबुँदे माग पेश गर्दै महासंघकी केन्द्रीय अध्यक्ष निर्मला शर्मा…

वाशिंगटन: अमेरिकी अधिकारीहरूले विदेशी हस्तक्षेपको आशंकामा अर्बपति एलोन मस्कको स्वामित्वमा रहेको सामाजिक सञ्जाल X मा फ्रान्सले गरेको आपराधिक अनुसन्धानको शुक्रबार…

निरेम प्रोडक्सनले आफ्नो वार्षिक सांगीतिक कार्यक्रम ‘निरेम सांगीतिक उत्सव’ को तेस्रो संस्करण यही आउँदो डिसेम्बर १२ मा हुने घोषणा गरेको…

प्रतिकृयाहरू
...