Sunday 9th November 2025

राष्ट्रसंघद्वारा जैश ए मोहम्मदका प्रमुख मसुद अजहरलाई अन्तर्राष्ट्रिय आतंकवादी घोषणा


तितोपाटी- एजेन्सी– संयुक्त राष्ट्रसंघले पाकिस्तानी आतंकवादी संगठन जैश ए मोहम्मदका प्रमुख मसुद अजहर र उनको समूहलाई अन्तर्राष्ट्रिय आतंकवादी संगठन घोषणा गरेको छ । संयुक्त राष्ट्रसंघका लागि भारतका राजदूत सैयद अकबरुद्धीन ले त्यसको पुष्टि गरेका छन् । उनले बुधबार ट्वीट गर्दै भनेका छन्, ‘यो कामका लागि साना–ठुला सबै देशले साथ दिएका छन् ।

संयुक्त राष्ट्रसंघले प्रतिबन्धित सूचीमा मसुद अजहरलाई आतंककारी घोषित गरिदिएको छ । यो कदममा समर्थन जनाउने सबैमा धन्यवाद ।’ अमेरिका, फ्रान्स र बेलायत यो प्रस्तावको पक्षमा भएपनि चीनले समर्थन नदिँदा राष्ट्रसंघले यो विषयमा निर्णय लिन सकेको थिएन् ।

मसुद अजहरको आतंकवादी समूह भारतका कयौं आक्रमणहरुमा जिम्मेवार रहेको मानिन्छ । भारतले यो समूहलाई विश्व आतंककारी संगठनको रुपमा दर्ज गर्न पटक–पटक कुटनीतिक पहल गर्दै आएको थियो ।

केही महिनाअघि भारतको पलुवामा भएको आतंकवादी आक्रमणपछि सो संगठनविरुद्ध भारत जोडतोडले लागेको थियो । भारतले सो आक्रमणमा सोही समूहको हात रहेको दाबी गर्दै आएको थियो । उक्त आक्रमणमा ४० जना भारतीय सुरक्षाकर्मीहरुको मृत्यु भएको थियो ।

कुनै पनि चरमपन्थी समूहलाई अन्तर्राष्ट्रिय आतंकवादी संगठनको दर्जा दिने हैसियत र अधिकार संयुक्त राष्ट्रसंघ सुरक्षा परिषदलाई मात्र हुने गर्दछ । राष्ट्रसंघ सुरक्षापरिषदको स्थायी सदस्यमा हाल अमेरिका, चीन, फ्रान्स, बेलायत र रुस रहेका छन् । राष्ट्रसंघको अस्थायी सदस्यमा १० देश रहेका छन् ।

कुनै पनि चरमपन्थी समूह वा व्यक्तिलाई अन्तर्राष्ट्रिय आतंकवादी घोषणा गर्न सबै स्थायी सदस्यको सहमति जरुरी हुन्छ । यो निर्णयको फ्रान्स लगायतका मुलुकले स्वागत गरेका छन्


सम्बन्धित शीर्षकहरु

चिनियाँ नेता सी जिनपिङको निरीक्षणमा भव्य आयोग समारोह पछि चीनको सबैभन्दा उन्नत विमान वाहक, फुजियान, सेवामा प्रवेश गरेको छ, राज्य…

इस्तानबुल: टर्किएले युद्धको अन्त्य गर्न वार्ता अन्तर्गत उत्तरी इराकमा लुकेका हजारौं कुर्दिस्तान वर्कर्स पार्टी (PKK) लडाकुहरू र नागरिकहरूलाई घर फर्कन…

कुवेत - माङसेबुङ सरोकार समाज कुवेतको आयोजनामा किराँत धर्मका महान गुरु समाज सुधारक तथा नेपालको १६ औं राष्ट्रिय विभूति फाल्गुनन्द…

प्रतिकृयाहरू
...