Friday 27th March 2026

किरणले बनाए राता मकै गेट


तितोपाटी-अभिनेता किरण केसीले दर्शकमार्फत पाएको उपनाम राता मकैको नाममा प्रवेशद्वार निर्माण गरेका छन्। कलाकारितासँगै विभिन्न सामाजिक सेवामा सक्रिय रहँदै आएका किरणले निर्माण गरेको रात मकै गेटको आइतबार ललितपुरको लक्ष्मीनगरपालिकाका मेयर रामेश्वर श्रेष्ठ र मह जोडीले संयुक्त रूपमा उद्घाटन गरे।

‘आफ्नो ठाउँ आफंै बनाउनु पर्छ’, मेयर श्रेष्ठले भने, ‘किरणजीको विकास निर्माणको पाटोको सिको अन्य कलाकारले पनि गरे झनै राम्रो।’ यसैगरी उद्घाटनमा पुगेका मदनकृष्ण श्रेष्ठले पनि किरणको कामको प्रशंसा गरे। ‘किरण निकै फुर्तिलो छ’, उनले भने, ‘हरेक काम समयमा सकाउँछ। उसको एक्टिभनेस देख्दा म आश्चर्यचकित हुने गरेको छु।’ हरिवंश आचार्यले पनि किरणले स्थानीय तहमा गरेको समाजसेवा उदाहरणीय रहेको बताए।

किरणले त्यहाँ मन्दिर, सडक, किरियापुत्री भवन, आमाबुवाको नाममा महेन्द्र आदर्श स्कुलको दुई भवन र इमाडोल प्रहरी भवन निर्माण गरिसकेका छन्। उनले प्रहरी भवन आफ्नै अध्यक्षतामा निर्माण गरेर हस्तान्तरण गरेका थिए। झन्डै १२ वर्ष अगाडि नामांकन भएको राता मकै चोक र त्यहाँको राता मकै मार्गले आफूलाई यो गेट बनाउन प्रेरित गरेको किरणले बताए। उनले ६ लाखको लागतमा बुवा दुर्गाबहादुर केसी र आम इन्द्रकुमारी केसीको सम्झनामा गेट निर्माण गरेको बताए।


सम्बन्धित शीर्षकहरु

भारतले GCC देशहरूमा खाद्य सामग्रीको स्थिर र अविरल आपूर्ति सुनिश्चित गर्न महत्वपूर्ण भूमिका खेलिरहेको छ। प्रधानमन्त्री नरेन्द्र मोदीलाई लुलु समूहका…

कुवेतमा आज २५ मार्चका दिन परेको अविरल झरिपछि राजमार्गहरू पानीले भरि भराउ भएपछि सरकारले ट्राफिक व्यवस्थापनका लागि केहि राजमार्गहरूलाइ अस्थायी…

मध्यपूर्वको वर्तमान परिवेश फेरि एकपटक देखाउँदैछ—यहाँ सत्यभन्दा पनि “व्याख्या” शक्तिशाली हुन्छ। एउटै भनाइ, एउटै संकेत, तर दुई विपरीत निष्कर्ष। इरानी…

प्रतिकृयाहरू
...