Sunday 8th February 2026

हुम्लामा अज्ञात रोगको कारण १० को मृत्यु


तितोपाटी – हुम्लाको दक्षिण क्षेत्रमा रहेको ताँजाकोट गाउँपालिकामा अज्ञात रोगका कारण मृत्यु हुनेको संख्या १० पुगेको छ। २ सय भन्दा बढी विरामी परेका छन्। हुम्लाको दक्षिण क्षेत्रमा रहेको ताँजाकोट गाउँपालिकामा अज्ञात रोगका कारण आज थप १ जनाको मृत्यु भएको छ।

यो सहित ताँजाकोटमा मर्नेको संख्या १० पुगेको हो । आज मृत्यु हुनेमा ताँजाकोट गाउँपालिका वडा नम्बर ५ भदौरा गाउँका का ६२ बर्से पबित्रा बोहोरा रहेका छन्। यस अघि मृत्यु हुनेमा ताँजकोट १ का ७० वर्षका कुशुमा रिठाल, ६० वर्षका सुरजित खड्का र ५५ बर्षका वीरदल रिठाल छन्। ५५ बर्से रंगे कोली र पाँच वर्षका सुनकेस्रा सुनार, वडा नं ३ का ७० वर्षका अम्मकली मल्ल, ७५ वर्षका बज्जिरे सुनार, ५५ वर्षका लक्ष्य सुनार, १० महिनाका बालक सञ्जिव थापा र वडा नम्बर ५ भदौरा गाउँका का ६२ बर्से पबित्रा बोहोरा सहित सोमबात बिहान सम्म मर्नेको संख्या १० पुगेको छ। बोहोराको पनि यसै रोगका कारण मृत्यु भएको मैला स्वास्थ्यचौकीका अहेब जैशीले जानकारी दिए। चैत्र अन्तिम सातादेखि गाउँमा रोग फैलिएको थियो।

पछिल्लो ३ सातामा रुघाखोकीले ९ जनाको मृत्यु भएपछि कर्णाली प्रदेश सरकारले संघीय सरकारको समन्वयमा हिँजो आइतबार नेपाली सेनाको हेलिकोप्टरमा चिकित्सक र औषधि प्रभावित क्षेत्रमा पठाएको थियो ।टोलीले आइतबार पहिलो दिन मैला स्वास्थ्यचौकीमै बसेर उपचार गरेका थिए, जहाँ १ सय ३२ बिरामी आएका थिए । टोलीले अाज सोमबार देखि फरक फरक टिम बनाएर गाउँ गाउँमा गएर विरामीको उपचार गर्ने जनाएको छ ।


सम्बन्धित शीर्षकहरु

गोरखा समाज कुवेतको प्रथम ऐतिहासिक अधिवेशन नयाँ कार्यसमिति सर्वसम्मत चयन गर्दै सम्पन्न भएको छ। खैतानस्थित राजधानी प्यालेसको सभाहलमा आयोजित अधिवेशनले…

कुवेतस्थित खोटाङ कुवेत सम्पर्क मञ्च ले आफ्नो दोस्रो सांगीतिक धमका आयोजना गर्ने भएको छ। संस्थाको हालै सम्पन्न २१ औँ मासिक…

  तिताेपाटी तनहुँ म्याग्दे गाउँपालिकाले सार्वजनिक गर्‍यो ‘म्याग्दे गान’, स्थानीय पहिचान र भावनालाई एकसूत्रमा बाँध्ने प्रयास तनहुँ । म्याग्दे गाउँपालिकाले…

प्रतिकृयाहरू
...