Saturday 28th March 2026

अरबमा छिपिएर ओइलाएको प्रेम लिला


तिलक भण्डारी(कमल) – हामी नेपालीहरूको लागी वैदेशिक रोजगारी अति नै बाध्यता र जटिल अनि पेचिलो बन्दै गइरहेको छ । हरेक दिन युवाहरु कहिले श्रम कार्यलय त कहिले बिमानस्थलमा घुइचो देख्दा साँच्चै हाम्रो देशमा रोजगारीको खडेरी परेको भान हुन्छ । सरकारी निकायले सरकारले तोकिएको रकम म्यानपावरलाई दिनु भन्छ तर बाध्यताबश म्यानपावर ब्यवसायीले मनपरी असुल्ने रकम ऋण खोजेरै भए पनि तिरेर हिड्न परेको छ ।

वेराजगार युवालाई रोजगारी दिइयो । तर रोजगारी संगै ज्यादै कठिन समस्या पनि सृजना गरायो । यसको धरातल र बस्तुस्थिति हेर्दा सोच्न त के कल्पना गर्न पनि कठिन छ । ऋण खोजेर आफ्ना परिवार र कलिला बालबच्चालाई घरमा छाडेर खाडी आएकाहरु एकाएक अबैधानिक भई कुवेतीको घरमा काम गर्ने चेलीलाई माया जालमा पारेर घरबाट भगाउने अनि आफ्नो स्वार्थ लुटिरहेका पनि छन ।

यस्तै चर्तिकलाले गर्दा आजकल अरबमा समेत प्रेम लिला झांगिएको छ । कसरी बर्णन गर्ने यस्को ? हाम्रो नेपाली शब्दकोषमा शब्द खोज्दा पनि पाइदैन होला । जवानीलाई सन्तुलन कसरी राख्ने यो नै अति पेचिलो बन्दै गएको छ । जवानीको सन्तुलन बिग्रदा कोही रूपा र शुनिलको अबतार देखिन्छ । कोही तत्कालैको जटिल अबस्थामा घरमा सिताले रामलाई बोलाउँदा विदेशमा बस्ने रावणलाई कुनै जानकारी समेत हुदैन ।

अन्तमा नेपालका सिताले मृत्यु बरण गरेपछि मात्र सबै जानकारी पाउँछन । अरबमा देखिएको प्रेम लिला बर्णन गर्न त सजिलो छ । तर यसको भोगाई र यथार्थता बुझन धैरै कठीन छ । अरबको चिकेन, मटन र खबुसले मताएको जवानी असाध्यै मिठो र रोचक छ । यसैको सेरोफेरोमा रहेर सानो उपन्यास पश्कने जर्मको पनि गर्दै छु । यहाँहरूको सल्लाह सुझाब र सकारात्म सुझाबको लागि छोटकरीमा बयान मात्र पश्केको छु । स्बदेश र विदेश यि दुइवटै समस्याको समधान कसरी गर्ने ? न त नेपाल सरकारको ध्यान पुगेको छ । न त नागरिक समाज, न अन्य कुनै संघ संस्था, कसैले यसको निवारणमा कुनै भुमिका खेलेको देखिदैन ।


सम्बन्धित शीर्षकहरु

भारतले GCC देशहरूमा खाद्य सामग्रीको स्थिर र अविरल आपूर्ति सुनिश्चित गर्न महत्वपूर्ण भूमिका खेलिरहेको छ। प्रधानमन्त्री नरेन्द्र मोदीलाई लुलु समूहका…

कुवेतमा आज २५ मार्चका दिन परेको अविरल झरिपछि राजमार्गहरू पानीले भरि भराउ भएपछि सरकारले ट्राफिक व्यवस्थापनका लागि केहि राजमार्गहरूलाइ अस्थायी…

मध्यपूर्वको वर्तमान परिवेश फेरि एकपटक देखाउँदैछ—यहाँ सत्यभन्दा पनि “व्याख्या” शक्तिशाली हुन्छ। एउटै भनाइ, एउटै संकेत, तर दुई विपरीत निष्कर्ष। इरानी…

प्रतिकृयाहरू
...