Wednesday 28th January 2026

यी आठ जना आतंककारीले गराएका थिए श्रीलंकामा विस्फोट


तितोपाटी- श्रीलंकामा भएकाे शृंखलाबद्ध बम विस्फाेटकाे घटनामा संलग्न ८ जना आतंककारीकाे तस्बिर सार्वजनिक भएकाे छ। मंगलबार हमलाकाे जिम्मेवारी लिएकाे आतंकवादी संगठन इस्लामिक इस्टेट (आइएस) ले साे घटना घटाउन सामेल भएका सबै ८ जना लडाकुकाे तस्बिर सार्वजनिक गरेकाे हाे।

ट्विटरबाट सार्वजनिक गरिएकाे साे तस्बिरमा देखिएका ८ जना लडाकुले नै हमला गराइएकाे दाबी गरिएकाे छ। भारतीय समाचार संस्था ‘आज तक’का अनुसार तस्बिर ट्विटर ह्यान्डल @Natsecjeff बाट सार्वजनिक गरिएकाे हाे।

तस्बिरमा देखिएका सबैले कालाे कपडा लगाएका छन् भने एक जना बाहेकले अनुहार ढाकेका छन्। यसअघि म‌ंगलबार हमलाकाे जिम्मेवारी आइएसले लिएकाे ‘अमाक न्युज एजेन्सी’लाई उद्धृत गर्दै ‘राेयटर्स’ले लेखेकाे थियाे।

आक्रमणकाे अनुसन्धानका लागि ३ सदस्यीय समितिसमेत बनाइएकाे छ। उक्त समितिलाई राष्ट्रपतिसमक्ष जाँचबुझ रिपाेर्ट बुझाउन २ साताकाे समय दिइएकाे छ।

यसैबीच, राष्ट्रपति सिरिसेनाले सबै सुरक्षा संयन्त्रका प्रमुखहरुलाई पदमुक्त गरेका छन्। घटनाबारे यसअघि नै सूचना आएपनि साेका बारेमा सबै संयन्त्रमा सूचित नगरिएकाे, आवश्यक सुरक्षा सतर्कता नअपनाइएकाे तथा आफूलाई समेत साेकाे बारेमा जानकारी नदिएकाे भन्दै सबै सुरक्षा अंगका प्रमुखहरुलाई पदमुक्त गरेका हुन्।

आइतबार राजधानी काेलम्बाे, नेगोम्बो र पूर्वी तटीय क्षेत्र बाट्टिकोलामा गराइएकाे विस्फाेटमा हालसम्म ३ सय २१ जनाकाे मृत्यु भएकाे छ भने ५ सय भन्दा बढी घाइते भएका छन्। मारिनेमा ४५ जना विदेशी नागिरक समेत रहेकाे बताइएकाे छ।


सम्बन्धित शीर्षकहरु

नेपाल र साउदी अरब सरकारबीच साधारण श्रमिकको सुरक्षित, व्यवस्थित तथा मर्यादित वैदेशिक रोजगारी प्रवर्द्धनका लागि श्रमिक भर्ना सम्बन्धी द्विपक्षीय श्रम…

तमू समाज, कुवेतको आयोजनामा १०औँ बृहत् रक्तदान कार्यक्रम यही मार्च २७ गते शुक्रबार २०२६ का दिन कुवेतको जाब्रिया स्थित सेन्ट्रल…

लुलु हाइपरमार्केट कुवेतले रंग, संस्कृति र उत्साहका साथ भव्य ‘भारत उत्सव’ सम्पन्न गर्‍यो। लुलु हाइपरमार्केटले २१ देखि २७ जनवरी २०२६…

प्रतिकृयाहरू
...