Thursday 6th August 2026

कोलम्बोमा पुनः दिउँसो पनि एक होटलमा विष्फोट, आक्रमणमा मर्नेको संख्या १४० नाघ्यो


तितोपाटी – श्रीलंकाको राजधानी कोलम्बोमा दिउँसो पुन: बम बिस्फोट भएको छ । आइतबार बिहान ३ वटा चर्च र ३ वटा होटलमा श्रृंखलावद्ध बम बिस्फोट भएसँगै १४० जनाको ज्यान गएको छ भने राजधानी कोलम्बोस्थित राष्ट्रिय चिडियाघर नजिक देहीवाल भन्ने स्थानमा रहेको होटलमा अर्को बिस्फोट भएको हो ।

उक्त स्थानमा पनि केही हताहत भएको स्थानीय संचार माध्यमले जनाएको छ। दिउँसो पुन: विस्फोट भएपछि राजधानमी कोलम्बोमा अनिश्चितकालिन कर्फ्यू आदेश जारी गरिएको छ। साथै सरकारले प्रमुख सामाजिक सञ्जालको प्रयोगमा समेत रोक लगाएको छ ।

श्रीलंकाको राजधानी कोलम्बोमा भएका छुट्टाछुट्टै बिस्फोटमा परी ज्यान गुमाउनेको संख्या १ सय ४० पुगेको छ। ३ गिरिजाघर र ३ वटै पाँचतारे होटलमा भएको आक्रमणमा परेर ४ सय बढी घाइते भएको समाचार संस्था रोयटर्सले जनाएको छ।

कोलम्बो नेसनल अस्पतालका निर्देशकका अनुसार ‘आइतवार बिहानै भएको आक्रमणमा हालसम्म १ सय ४० को मृत्यु भइसकेको छ। घाइतेहरुलाई अस्पताल पुर्याइएको छ।’ स्थानीय समय अनुसार बिहान ८ बजेर ४५ मिनेटमा आक्रमण भएको थियो।


सम्बन्धित शीर्षकहरु

कुवेतको मौसम विभागले देशका केही टापुहरूमा अत्यधिक आर्द्रता (ह्युमिडिटी) का कारण महसुस हुने तापक्रम (Feels-like Temperature) ५९ देखि ७३ डिग्री…

सरकारले ल्याएको ‘सार्वजनिक सडक सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ हेर्दा नेपालको सडक व्यवस्थापनलाई आधुनिक, सुरक्षित र व्यवस्थित बनाउने उद्देश्य स्पष्ट…

बंगलादेशका स्टार क्रिकेटर तथा अवामी लिगका पूर्व सांसद शाकिब अल हसनको पैतृक घरमा अज्ञात समूहले आक्रमण गरेको छ। स्थानीय सञ्चारमाध्यमका…

प्रतिकृयाहरू
...