Wednesday 14th January 2026

फ्रान्सको राजधानी पेरिसमा ८५० वर्ष पुरानो विश्व प्रसिद्द चर्चमा भिषण आगलागी


तितोपाटी – फ्रान्सको राजधानी पेरिसमा रहेको ८५० वर्ष पुरानो प्रसिद्ध चर्च नोट्र–डाम गिर्जाघरमा आगलागी भएको छ । सोमबार राति त्यहाँको ऐतिहासिक नोट्र डाम क्याथेड्रल चर्चमा आगलागी भएकाे जनाइएकाे छ । आगलागीको कारण खुल्न सकेको छैन । तर सरकारी अधिकारीहरूले सो जिर्गाघरको जीर्णोद्धार भैरहेकोले जिर्णोद्धारको क्रममै भएको कुनै असावधानीका कारण आगो लागेको हुन सक्ने अनुमान गरिएको छ । आगलागी अझैं नियन्त्रणमा आएको छैन।

पेरिसकाे आइफल टावरनजिकै रहेकाे साे चर्चकाे साढे ८ सय वर्ष पुरानो गोथिक भवनमा लागेको आगो नियन्त्रणमा लिन ठूलो स्तरमा प्रयास भइरहेको छ । सो गिर्जाघरको छाना र शिखर ध्वस्त भएको बिबिसीले जनाएको छ । गत वर्ष फ्रान्सको क्याथोलिक गिर्जाघरले जीर्ण भएको भन्दै सो भवनलाई जोगाउनका निम्ति सहयोग गर्न अपिल गरेको थियो । संसारकै सबभन्दा पुरानो क्याथेड्रलमध्येको एक रहेको उक्त चर्चमा वर्षेनी लाखौँ सङ्ख्यामा पर्यटक घुमघामका लागि र प्रार्थना गर्नसमेत पुग्ने गर्दथे ।

आगलागीको दृश्य हेर्न हजारौँ मानिस सडकमा निस्केका छन् । घटनास्थल पुगेका राष्ट्रपति एमानुएल माक्रोँले क्याथोलिक र फ्रान्सेली नागरिकप्रति आफ्नो समवेदना रहेको बताए ।

आगलागीकाे घटनापछि फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रोनले दु:ख व्यक्त गरेका छन् । उनले फ्रान्सको लागि एक अमुल्य सम्पतीका रुपमा रहेको ऐतिहासिक चर्चलाई पुरानै अवस्थामा र्फकाउने प्रतिबद्धता जनाएका छन् ।

आगलागीबाट मानवीय क्षति भएकाे विवरण अहिलेसम्म आएकाे छैन । यद्यपि चर्चका थप कलाकृतिहरु क्षति हुन नदिन र आगो नियन्त्रणमा ल्याउन अग्निनियन्त्रकहरु खटिएका छन् ।

-एजेन्सी

#अागलागी #चर्च #फ्रान्स #पेरिस


सम्बन्धित शीर्षकहरु

राष्ट्रपति डोनाल्ड ट्रम्पले मंगलबार भने कि यदि इरानका अधिकारीहरूले सरकार विरुद्धको लोकप्रिय विद्रोहको दमनमा मानिसहरूलाई फाँसी दिन थाले भने संयुक्त…

गुलाम नवी मन्सुर/ कुवेत - नेपाली राजनीतिको रङ्गमञ्चमा यतिबेला एउटा यस्तो 'नग्न नाच' मञ्चन भइरहेको छ, जसलाई हेरेर दर्शक (जनता)हरू…

एसोसिएटेड प्रेस समाचार एजेन्सीले रिपोर्ट गरेको छ कि संयुक्त राज्य अमेरिकाले इजिप्ट, लेबनान र जोर्डनका मुस्लिम ब्रदरहुड संगठनहरूलाई "आतंकवादी" समूहको…

प्रतिकृयाहरू
...