Friday 10th April 2026

‘दाल भात तरकारी’को टाईटल गीत रिलिज, (भिडियो सहित)


तीतोपाटी-फिल्म ‘दालभात तरकारी’को शिर्ष गीत सार्वजनिक भएको छ । शुक्रबार काठमाडौं एक कार्यक्रम आयोजना गर्दै गीत सार्वजनिक गरिएको हो । गीत सार्वजनिकसँगै फिल्मको प्रर्दशनी मिति हेरफेर गरिएको छ । पहिला यो फिल्मले वैशाख १३ गते सार्वजनिक मिति तय गरेको थियो । प्राविधिकमा समस्या देखाउदै फिल्म वैशाख २० गते रिलिज हुँदैछ ।

राजेश पायल राई र स्मृता दहालको आवाज रहेको गीतमा आँचल शर्मा, पुष्प खड्का, निरुता सिंह, हरिवंश आर्चाय फिचर्ड छन् । हरिवंश आर्चायको शब्द रहेको गीतमा सम्भुजित बास्कोटाले संगीत भरेका छन् । संगीत समायोजन रिकेश गुरुङको रहेको भने कोरियोग्राफी प्रविन सिंहको रहेको छ । कमेडि जनराको फिल्ममा निरुता सिंह र हरिवंश आर्चाय जोडीको रुपमा प्रस्तुत भएका छन् ।

उनीहरुको साथै फिल्ममा आँचल शर्मा, पुष्प खड्का, वर्षा राउत, मदन कृष्ण श्रेष्ठ, राजाराम पौडेल, बसुन्धरा भुषाल, किरण केसी, प्रिंयका कार्की, शिशिर वाङ्देल लगायत कलाकारहरुको अभिनय रहेको छ । मह सञ्जारको प्रस्तुतिमा किरण केसीले निर्माण गरेको फिल्मलाई सुदन केसीले निर्देशन गरेको हुन् । फिल्मको कथा लेखन हरिवंश आर्चायको रहेको छ । रमिला आर्चाय, नरेन्द्र कंसकर, शिवहरी पौडेल, यमन श्रेष्ठ फिल्मका निर्माता हुन् । दिर्घ गुरुङले छायांकन गरेको फिल्मलाई मित्र डी गुरुङ सम्पादन गरेका छन् ।


सम्बन्धित शीर्षकहरु

गत महिना नेपालमा नयाँ प्रधानमन्त्री बालेन्द्र शाहको नेतृत्वमा युवा सांसदहरूले भरिएको संसद गठन हुँदा बंगलादेशकी युवा कार्यकर्ता उमामा फतेमाले यसलाई…

कुवेतको विद्युत, पानी तथा नवीकरणीय ऊर्जा मन्त्रालयले अप्रिल ५ देखि ११, २०२६ सम्म देशका विभिन्न क्षेत्रमा प्रत्येक दिन ४ घण्टाको…

राज्यका उच्च निकाय, प्रभावशाली राजनीतिक वृत्त र ठूला व्यापारिक घरानासँग जोडिएका अनियमितता तथा सार्वजनिक सम्पत्तिको दुरुपयोगका घटनालाई उजागर गर्दै पत्रकार…

प्रतिकृयाहरू
...