Sunday 2nd August 2026

मन्त्री अधिकारीको मृत्यु संस्कार १३ दिन गर्न अनुरोध


तीतोपाटी-नेपाल सनातन धर्म संस्कृति संगठनले हेलिकप्टर दुर्घटनामा निधन भएका संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रविन्द्र अधिकारीको मृत्यु संस्कार १३ दिन गर्न परिवारसँग अनुरोध गरेको छ ।

संगठनले विज्ञप्ति जारी गरेर मन्त्री अधिकारीको मृत्यु संस्कार १३ दिन गर्न अनुरोध गरेको हो । अधिकारीका परिवारले सात दिनमा मृत्यु संस्कार सक्ने तयारी गरेको समाचार आइरहेका बेला संगठनले यस्तो अनुरोध गरेको हो ।

ताप्लेजुङको सिस्नेभीरमा गएको बुधबार हेलिकप्टर दुर्घटना हुँदा मन्त्री अधिकारीसहित सातजनाको निधन भएको थियो । मन्त्री अधिकारीको शुक्रबार पोखरामा अन्तिम संस्कार भयो ।

यस दुःखद घडीमा सञ्चारमाध्यममा मन्त्री अधिकारीको काजकिरियाको प्रक्रिया ७ दिन मै सकिने भनि पारिवारिक स्रोतलाई उद्धृत गर्दै आएको समाचारप्रति संगठनको ध्यानाकर्षण भएको उल्लेख छ ।


सम्बन्धित शीर्षकहरु

मध्यपूर्वमा बढ्दो तनावका बीच विश्वव्यापी तेल बजारमा अनिश्चितता बढेको छ, जसबाट ठूला तेल कम्पनीहरूले आर्थिक लाभ उठाउने अवस्था देखिएको छ।…

मध्यपूर्वमा सुरक्षा अवस्था थप जटिल बन्दै गएपछि बग्दादस्थित अमेरिकी दूतावास र इराकको एरबिलस्थित अमेरिकी महावाणिज्य दूतावासले सुरक्षा चेतावनी जारी गर्दै…

कुवेतस्थित नेपाली दूतावासले नेपाली श्रमिकसँग प्रत्यक्ष संवाद गर्ने अभियानअन्तर्गत आज बिहान अलमुल्ला क्लिनिङ कम्पनीको माबुल्लास्थित ब्लक–१ मा रहेको श्रमिक आवास…

प्रतिकृयाहरू
...