Sunday 6th September 2026

अलविदा रविन्द्र


तीतोपाटी- ताप्लेजुङमा भएको हेलिकोप्टर दुर्घटनामा निधन भएका संस्कृति पर्यटन तथा नागरिक उड्ययनमन्त्री रवीन्द्र अधिकारीसहित ५ जनाको शुक्रबार अन्त्येष्टि गरिएको छ ।

अधिकारीको गृहनगर पोखरामा र पाँच जनाको पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएको हो । नेपाल नागरिक उड्ययन प्राधिकरणका उपमहानिर्देशक वीरेन्द्रप्रसाद श्रेष्ठ, प्राधिकरणका कर्मचारी ध्रुवदास भोछिभया, प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयका उपसचिव युवराज दाहाल, हेलिकोप्टरका क्याप्टेन प्रभाकर केसी र मन्त्री अधिकारीका सुरक्षाकर्मी अर्जुनकुमार घिमिरेको पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएको हो ।

हेलिकोप्टर दुर्घटनामा मृत्यु भएका सात जनामध्ये पर्यटन व्यवसायी आङ छिरिङ शेर्पाको आइतबार बौद्ध परम्पराअनुसार टेकु घाटमा अन्त्येष्टि गर्ने परिवारले जनाएको छ ।

शुक्रबार मन्त्री अधिकारीसहित सातैजनाको शव श्रद्धाञ्जलीका लागि सैनिक मञ्च टुँडिखेलमा राखिएको थियो । टुँडिखेलमा राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री केपी शर्मा ओली, मन्त्रीहरु, विभिन्न दलका नेता, सर्वसाधारणले समेत श्रद्धाञ्जली दिएका थिए ।

प्रधानमन्त्री केपी शर्मा ओलीले अधिकारीको शवमा राष्ट्रिय झण्डा ओढाएका थिए ।

टुँडिखेलको श्रद्धाञ्जलीपछि ५ जनाको शव पशुपति आर्यघाट लगिएको थियो भने मन्त्री अधिकारीको शव भने गृहनगर पोखरा लगिएको थियो । पोखरामा उपप्रधानमन्त्री ईश्वर पोखरेल र गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले राष्ट्रिय झण्डा ओढाएका थिए ।

त्यस्तै नेकपा नेताहरु बामदेव गौतम र नारायणकाजी श्रेष्ठले पार्टीको झण्डा ओढाएका थिए । श्रद्धाञ्जली कार्यक्रममा सयौं सर्वसाधारण सहभागी भएका थिए । पोखराको प्रदर्शनी स्थलमा श्रद्धाञ्जलीपछि रामघाटमा अधिकारीको अन्त्येष्टि गरिएको थियो ।


सम्बन्धित शीर्षकहरु

अमेरिकी सेनाले इरानको रिभोलुसनरी गार्ड (IRGC) ले अमेरिकी नौसेनाका दुई युद्धपोततर्फ ब्यालिस्टिक क्षेप्यास्त्र प्रहार गरेपछि प्रतिकारस्वरूप तीन इरानी तेल ट्यांकरमाथि…

अमेरिकी दूत स्टिभ विटकोफ र राष्ट्रपति डोनाल्ड ट्रम्पका ज्वाइँ जारेड कुशनर रूसका राष्ट्रपति भ्लादिमिर पुटिनसँग मस्कोमा वार्ता गरेपछि युक्रेनको राजधानी…

इन्डोनेसियाको अनाक क्राकाटाउ ज्वालामुखी विस्फोट भएपछि आठवटा विमानस्थलको सञ्चालन अस्थायी रूपमा बन्द गरिएको छ। यसका कारण १ लाख ५० हजारभन्दा…

प्रतिकृयाहरू
...