Monday 22nd December 2025

भारतले पाकिस्तानमै घुसेर गर्यो हवाई आक्रमण


तीतोपाटी-भारतीय वायु सेनाले पाकिस्तानको सीमाभित्र छिरेर हमला गरेको दाबी गरेको छ ।एलओसीको एक ठूलो आतंकवादी क्याम्पमा मंगलबार बिहान भारतीय लडाकू जेट विमानको एक समूहले आक्रमण गरेको दाबी गरेको हो ।उक्त आतंकवादी क्याम्पमा भारतीय सैनिकले १००० किलो बराबरको विस्फोटक पदार्थ खसालेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

यस कुरालाइ पाकिस्तानी सेनाका प्रवक्ता मेजर जनरल आशिफ गफुरले ट्वीट गर्दै यस घटनाको पुष्टि गरेका छन् ।उनले यस घटनाको केही तस्बिर पनि ट्वीट गरेका छन् । आक्रमणमा मानवीय तथा भौतिक क्षति नभएको बताइएको छ । भारत सरकारले यसबारेमा आधिकारिक जानकारी नदिए पनि भारतीय कांग्रेसका अध्यक्ष राहुल गान्धी तथा जम्मू कश्मीरका पूर्व मुख्यमन्त्री उमर अब्दुल्लालगायतले भने भारतीय वायु सेनालाई बधाई दिएका छन् । भारतीय वायुसेनाले गएको १४ फेब्रुअरीमा ४० भारतीय सैनिकको ज्यान जानेगरी भएको आतंकवादी आक्रमणको जवाफमा यो आक्रमण गरिएको दावी गरेको छ ।


सम्बन्धित शीर्षकहरु

१९९० को दशकदेखि लागू भएको डीभी लोटरी कार्यक्रम अमेरिकाले स्थगित गरेको छ । अमेरिकी गृहमन्त्री कृष्टी नोयमले डिभी लोटरी कार्यक्रम…

नेपालको न्यायपालिका पूर्ण रुपमा गुलामी संबैधानिक सँस्था का रुपमा परिणत भईसकेको छ हो भन्ने कुरा केही बर्षका घटनाहरुले प्रष्ट भईसकेको…

हुथीहरूले विगतका वर्षहरूमा संयुक्त राज्य अमेरिका र इजरायलको लागि जासुसी गरेको आरोप लगाउँदै दर्जनौं संयुक्त राष्ट्र संघका कर्मचारी र सहायताकर्मीहरूलाई…

प्रतिकृयाहरू
...