Thursday 19th March 2026

भारतले पाकिस्तानमै घुसेर गर्यो हवाई आक्रमण


तीतोपाटी-भारतीय वायु सेनाले पाकिस्तानको सीमाभित्र छिरेर हमला गरेको दाबी गरेको छ ।एलओसीको एक ठूलो आतंकवादी क्याम्पमा मंगलबार बिहान भारतीय लडाकू जेट विमानको एक समूहले आक्रमण गरेको दाबी गरेको हो ।उक्त आतंकवादी क्याम्पमा भारतीय सैनिकले १००० किलो बराबरको विस्फोटक पदार्थ खसालेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

यस कुरालाइ पाकिस्तानी सेनाका प्रवक्ता मेजर जनरल आशिफ गफुरले ट्वीट गर्दै यस घटनाको पुष्टि गरेका छन् ।उनले यस घटनाको केही तस्बिर पनि ट्वीट गरेका छन् । आक्रमणमा मानवीय तथा भौतिक क्षति नभएको बताइएको छ । भारत सरकारले यसबारेमा आधिकारिक जानकारी नदिए पनि भारतीय कांग्रेसका अध्यक्ष राहुल गान्धी तथा जम्मू कश्मीरका पूर्व मुख्यमन्त्री उमर अब्दुल्लालगायतले भने भारतीय वायु सेनालाई बधाई दिएका छन् । भारतीय वायुसेनाले गएको १४ फेब्रुअरीमा ४० भारतीय सैनिकको ज्यान जानेगरी भएको आतंकवादी आक्रमणको जवाफमा यो आक्रमण गरिएको दावी गरेको छ ।


सम्बन्धित शीर्षकहरु

मध्यपूर्व अहिले फेरि एकपटक अस्थिरताको खतरनाक मोडमा उभिएको छ। हालै International Atomic Energy Agency (IAEA) ले सार्वजनिक गरेको जानकारी अनुसार…

काठमाडौं— गैरआवासीय नेपाली संघ (एनआरएनए) को १२औँ विश्व सम्मेलन तथा अन्तर्राष्ट्रिय महाधिवेशनबाट कुवेतका समाजसेवी तथा व्यवसायी सुजन के.सी. सचिव पदमा…

गैरआवासीय नेपाली संघ (एनआरएनए)को १२औँ महाधिवेशनबाट जम्बो कार्यसमिति घोषणा गरिएको छ। एकताको सन्देशसहित सम्पन्न महाधिवेशनले सबै पक्षलाई समेट्ने उद्देश्यले जम्बो…

प्रतिकृयाहरू
...