Friday 10th October 2025

आमालाई हजार टुक्रा पारे, पकाए, आफै खाए र  कुकुरलाई पनि खुवाए


तीतोपाटी- आमालाई मारेर उनको मासु खाएको आरोप लागेका एक व्यक्तिले आमाको शवलाई हजार टुक्रा पारेर पकाए र आफ्नो घर पालुवा कुकुरसँग बाँडेर खाए ।

२६ वर्षे अल्बर्टो सान्चेजले एक महिना अघिदेखि हराइरहेकी मारिया सेलेड्याड गोमेजको खोजीमा जुटेका जासुस आफ्नो घरमा आइपुगेपछि आमाको हत्या गरेको स्विकार गरेका छन् ।

चकित पुलिसले ६६ वर्षे मारियाको शव ६ वटा ठूलो प्लाष्टिकको झोलामा मड्रिडस्थित उनको फ्ल्याटमा फेला पारे ।

सान्चेजले आमाको हत्या गरेर शवलाई टुक्राटुक्रा पारेर पकाएको मिरर डट को डट युकेले बताएको छ । उनले आमाको आन्द्राभुँडी फोहोर फ्याँक्ने भाँडोमा फालिदिएको स्रोतले बताएको छ ।

स्प्यानिस पत्रिका इएल मुन्दोका अनुसार आमाको शरिरलाई हजार टुक्रा बढी पारिएको थियो । उनका महत्वपूर्ण अंग हराइरहेका थिए भने आन्द्राभुँडी फ्ल्याटमा भएको डस्टबिनमा भेटिएको थियो ।

सान्चेज, बेरोजगार पूर्व वेटर, ले आमाको हत्या कसरी गरे भन्नेबारे पुलिसले जानकारी दिएको छैन ।

सान्चेजका साथीहरुका अनुसार उनी लागुऔषध दुर्व्यवसनमा लागेपछि परिवारका लागि बोझ बनेका थिए ।

साथीहरुका अनुसार उनी घरको अगाडि पट्टी रहेको पार्कको बेन्चमा बसेर रक्सी पिइरहन्थे ।

उनले आमाको हत्या कहिले गरे भन्नेबारे जानकारी नभएपनि पुलिसले घटना एक हप्ताअघि भएको हुनसक्ने आशंका गरे ।

यद्यपी, छिमेकीले एक हप्ताअघि मारियालाई घाम तापिरहेको देखेको दाबी गरेका छन् ।

पुलिस स्रोतका अनुसार १५ वर्ष हुँदा बुवा गुमाएका सान्चेजले आमाको शवको टुक्रा पकाएर आफूले पनि खाए र कुकुरलाई पनि खुवाए ।

आमालाई बारम्बार घरेलु हिंसा गरेका कारण पक्राउ परेका उनलाई पुलिस अधिकारीहरुले राम्रोसँग चिन्थे । छिमेकीका अनुसार मारियाको शरिरमा थुप्रै चोटपटक देखिरहन्थे जसलाई उनीहरुले कुकुरले बनाइदिएको अनुमान गर्दथे ।


सम्बन्धित शीर्षकहरु

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पोखराको बाटुलेचौरस्थित लिची बगानको १३४ रोपनी जग्गा हडप्ने प्रकरणमा दुई पूर्वमन्त्री राजकुमार गुप्ता र रञ्जिता श्रेष्ठसहित…

इजरायल र हमासबिच पहिलो चरणको वार्तामा युद्धविराम गर्ने सहमति भएको छ । गत सोमबारदेखि अमेरिका, इजिप्ट र कतारको मध्यस्थतामा इजिप्टको…

अविरल वर्षापछि आएको बाढीले प्रभावित झापा जिल्लाका परिवारहरूलाई सहयोगस्वरूप झापाली समाज कुवेतले आर्थिक तथा सामग्री सहायता प्रदान गरेको छ। “एकका…

प्रतिकृयाहरू
...