Wednesday 14th January 2026

कुवेतका लागि नेपाली राजदूत दुर्गा प्रसाद भण्डारीले सपथ लिए, केहि दिनमा कुवेत आउँदै


तितोपाटी – राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष विभिन्न मुलुकका लागि नियुक्त राजदूतले हिँजो पद तथा गोपनीयताको सपथ लिएका छन् । हिँजो सोमबार राष्ट्रपति भण्डारीले कुवेतका लागि दुर्गाप्रसाद भण्डारी, मलेसियाका लागि उदयराज पाण्डे, फ्रान्सका लागि दीपक अधिकारी, संयुक्त अरब इमिरेट्सका लागि कृष्णप्रसाद ढकाललाई शीतल निवासमा आयोजित समारोहमा सपथग्रहण गराएकी छन ।

यस अघि गत अाइतबार राष्ट्रपति विद्यादेवी भण्डारीले कुवेतका लागि नेपालको आवासीय राजदूतमा भण्डारीलाई आइतबार नियुक्त गरेकी थिइन् भने अधिकारीको नियुक्ती हिँजो बिहान नै भएको थियो । अन्यको नियुक्ति यसअघि नै भइसकेको हो । सिफारिस भएका अन्य राजदूतहरु भृगु ढुंगाना र गणेश ढकाल भने अझै सहमति पर्खिरहेका छन् । त्यहाँबाट सहमति आएपछि उनीहरुको नियुक्ति हुने र सपथ कार्यक्रम राख्ने मन्त्रालयले जनाएको छ । कार्यक्रममा परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली र सरकारी अधिकारीहरुको उपस्थिति थियो ।

भण्डारीले भारतका लागि नवनियुक्त राजदूत निलाम्बर आचार्यलाई दुई साता अघि सपथ गराएर यस्तो अभ्यास थालेकी हुन । आचार्य आफ्नो कार्यभार सम्हाल्न सोमबार त्यसतर्फ लागि सकेका छन । उनले नेपाल भारत सम्वन्धलाई थप उचाईमा पुर्‍याउने उद्घोष गर्दै सोमबार दिल्ली प्रस्थान गरेका हुन । उनी गत विहिबार नै दिल्ली जाने भनेपनि यहाँ केही काम बाँकी रहेका आचार्य सोमबार त्यसतर्फ लागेका हुन् । एक बर्ष चार महिनापछि दिल्ली दूतावासले नेपाली राजदूत पाएका हुन ।


सम्बन्धित शीर्षकहरु

नेपाल मगर संघ शाखा कुवेतको पाँचौं ऐतिहासिक अधिवेशन कार्यक्रम माघे संक्रान्तिको अवसरमा आगामी जनवरी १६ तारिख शुक्रबार बिहान ११ बजे…

राष्ट्रपति डोनाल्ड ट्रम्पले मंगलबार भने कि यदि इरानका अधिकारीहरूले सरकार विरुद्धको लोकप्रिय विद्रोहको दमनमा मानिसहरूलाई फाँसी दिन थाले भने संयुक्त…

गुलाम नवी मन्सुर/ कुवेत - नेपाली राजनीतिको रङ्गमञ्चमा यतिबेला एउटा यस्तो 'नग्न नाच' मञ्चन भइरहेको छ, जसलाई हेरेर दर्शक (जनता)हरू…

प्रतिकृयाहरू
...