Wednesday 14th January 2026

कुवेतमा एक नेपाली चेली १ वर्षदेखि बेपत्ता, खोजीका लागि परिवारद्वारा आग्रह


तितोपाटी – कुवेतमा एक नेपाली चेली वेपत्ता भएकिछिन । घरेलु महिला कामदारको रुपमा २ वर्ष पहिला कुवेत आएकी सुनसरी धरान – ६ माछाभौडीकी राहदानि नं. १०२६५७७१ भएकी बसन्ती जिमी ( चौधिरी ) विगत १ वर्ष यता सम्पर्क बिहीन भएकी छिन । कुवेत अाएको १ वर्षसम्म नियमित सम्पर्कमा रहेकी बसन्ती एक वर्ष यता एकाएक सम्पर्क विहिन भए पछि नेपालमा रहेका उनका परिवार अन्याैलमा परेका छन् ।

नेपालकी एजेन्ट रिता लिम्बु मार्फ़त कुवेतमा रहेका एजेन्ट राहुल आचार्यको रोहवरमा कुवेत आएकी बसन्ती लामो समय देखि सम्पर्क बिहान हुदा निजको श्रीमान भूवन चौधरीले श्रीमती खोजीको लागि नेपाली राजदूतावास कुवेत, कुवेतस्थित मिडियाहरू, कुवेतमा कृयाशिल संघ संस्था लगायत आम नेपालीहरुलाई अनुरोध गरेका छन ।

समाचार तयार पार्दा सम्म कुवेतमा एजेन्टको काम गर्दै आएका राहुल आचार्य नेपाल फर्किएको सुचना प्राप्त भएको छ ।


सम्बन्धित शीर्षकहरु

नेपाल मगर संघ शाखा कुवेतको पाँचौं ऐतिहासिक अधिवेशन कार्यक्रम माघे संक्रान्तिको अवसरमा आगामी जनवरी १६ तारिख शुक्रबार बिहान ११ बजे…

राष्ट्रपति डोनाल्ड ट्रम्पले मंगलबार भने कि यदि इरानका अधिकारीहरूले सरकार विरुद्धको लोकप्रिय विद्रोहको दमनमा मानिसहरूलाई फाँसी दिन थाले भने संयुक्त…

गुलाम नवी मन्सुर/ कुवेत - नेपाली राजनीतिको रङ्गमञ्चमा यतिबेला एउटा यस्तो 'नग्न नाच' मञ्चन भइरहेको छ, जसलाई हेरेर दर्शक (जनता)हरू…

प्रतिकृयाहरू
...