Friday 17th May 2024

मोना कुवेतद्वारा २२ वर्षदेखि कुवेतमा कार्यरत चम बहादुर रन्तिजाको उद्धार


तितोपाटी – म्याग्दी प्रवासी नेपाली संघ (मोना) कुवेतको विशेष पहलमा म्याग्दी जिल्ला अन्नपूर्ण गाउँपालिका -५ किन्दुका चम बहादुर रन्तिजा मगरको उद्धार गरिएको छ ।

बिगत २२ वर्ष देखि कुवेतमा कार्यरत वर्ष ५२ का चम बहादुर रन्तिजा मगर आज बेलुकी ८:०५ बजेको एयर अरेबियाको उडानबाट स्वदेश फिर्ती भएका छन । केही समय पहिले कार्यस्थल मै अचानक बेहोस भइ ढलेका चम बहादुरले फर्वानिया अस्पतालमा २१ दिन उपचार गराएका थिए । उनी एक्कासि रक्तचापको कारण कार्यस्थल मै ढलेका थिए । उनले केही समय पहिले पेटको सल्यक्रिया गरि ३ वटा पत्थरी पनि निकालेका थिए । उनको दुबै मृगौलामा पनि समस्या देखिएको डाक्टरले बताएका छन ।

उनले कुवेत स्थित खैतानको एक  रेस्टुरेन्टमा काम गर्दै आएका थिए । उनले झन्डै पाँच महिना देखि तलब पनि पाएका थिएनन् । उनले बारम्बार रेस्टुरेन्टका साहु लाई आफुले पाउनु पर्ने तलबको माग गर्दा पनि नदिएको र घर जान्छु भन्दा पनि जान नदिएको बताए । उनले काम गर्ने रेस्टुरेन्ट बाट एक महिना देखिको अथक प्रयास पश्चात् ४ महिना २० दिनको तलब र पासपोर्ट उनलाई उपलब्ध गराएको मोना कुवेतका संयोजक प्रेम बहादुर बिश्वकर्माले तितोपाटी लाई बताए ।

तितोपाटी तथा कोसेली न्युजको फेसबुक पेजबाट प्रसारण भएको भिडियो पश्चात् मोना कुवेतले उनको उद्धार कार्यमा निरन्तरता दिइ रहेको थियो । कुवेतमा २२ वर्ष देखि कार्यरत हुँदा पनि नेपाली साथीहरु संग खासै सम्पर्क हुन नसक्दा आफुले धेरै दुख पाउनु परेको बताएका थिए । उनले लामो समय सम्म बङ्गालि साथीहरू संग काम गरेको हुनाले आफ्नो नेपाली भाषा समेत भुलेका छन । मोना कुवेतका कृष्ण बहादुर खड्का, मन बहादुर फगामी र पत्रकार चन्द्र बिश्वकर्माले उनलाई एयरपोर्ट  सम्म पुर्याउन गएका थिए ।


सम्बन्धित शीर्षकहरु

स्पिनर सन्दीप लामिछानेलाई नेपाल क्रिकेट संघ(क्यान)ले आईसीसी टी-२० विश्वकप २०२४ खेल्न अमेरिका र वेष्टइण्डिज पठाउने भएको छ । उच्च अदालत…

नीति तथा कार्यक्रम प्रस्तुतका क्रममा राष्ट्रपतिलाई संसद्मा अवरोध नगरेको कांग्रेस संसदीय समितिको मागको अडानमा भने कायमै छ । मंगलबार बिहान सिंहदरबारमा…

सुस्तरी मनमा पसेर गयो मायाको डोरी कसेर गयो । चोखो माया दिएकी थिए निष्ठुरी बनी डसेर गयो । दिलभित्र लुकाइ…

प्रतिकृयाहरू
...