Saturday 28th March 2026

कुवेतमा धनुषाका अजिम धुनियाको मृत्‍यु,परिवारसंग सम्पर्क नहुँदा शब पठाउन सकिएन


हरि कृष्ण न्यौपाने- धनुषा ठाडी झिजा-७ घर भई कुवेतमा कार्यरत २८ बर्षिय अजिम धुनियाको कुवेतमा मृत्‍यु भएको छ भने मृतकको परिवार तथा आफन्तहरु सँग संपर्क हुन नसक्दा शब पठाउन सकिएको छैन।कुवेतको कम्बाइन ग्रुप कम्पनीमा कार्यरत अजिमको जनावरी-२२, २०१९ मंगलबारका दिन मृत्‍यु भएको हो।

नेपाली राजादूतावास कुवेतका दितिय सचिब ज्ञान बहादुर मगरले तितोपाटी डटकम सँग भने” मृतक अजिमको राहदानीका आधारमा खोजी गर्दा धनुषा ठाडी झिजा-७ ठेगाना उल्लेख भए पनि मृतकलाई चिन्ने वा मृतकको परिवार वा आफन्तहरु कसैसंग पनि संपर्क हुन नसकेकाले उनको शब पठाउन सकिएको छैन।शब पठाउनका लागि कम्पनी र अन्य निकायबाट गर्नु पर्ने कानुनी प्रकृया पुरा भईसके पनि अजिमको मृत्‍युको कारण बारे पूर्ण बिबरण कुवेतको सम्बन्धीत निकायहरुबाट अाउन बाँकी रहेको छ”। तितोपाटी डटकम मार्फत मृतक अजिमलाई चिन्नु हुने जो कोहिले पनि उनको परिवार वा आफन्तहरुलाई खबर गरी नेपाली दूतावास कुवेतको संपर्कमा आउनको लागि सचिबले आग्रह गरे।

राहदानी नंम्बर ०६१७२१९ (जारी मिती ८,नोभेम्वर,२०१२-धनुषा) र नागरिकता नंम्बर १७१०१४-४२९ रहेका मृतक अजिम धुनियालाई चिन्नु हुने जो कोहीले उनको परिवार तथा आफन्तहरुलाई खबर गरी नेपाली दूतावास कुवेतको हटलाइन नं-००९६५९८८६९१२१ मा सम्पर्क गर्न लगाउनु हुन अनुरोध गरिन्छ।


सम्बन्धित शीर्षकहरु

मुलुकले आज नयाँ प्रधानमन्त्री पाउने भएको छ। राष्ट्रपति कार्यालय शीतल निवासमा आज दिउँसो राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ…

भारतले GCC देशहरूमा खाद्य सामग्रीको स्थिर र अविरल आपूर्ति सुनिश्चित गर्न महत्वपूर्ण भूमिका खेलिरहेको छ। प्रधानमन्त्री नरेन्द्र मोदीलाई लुलु समूहका…

कुवेतमा आज २५ मार्चका दिन परेको अविरल झरिपछि राजमार्गहरू पानीले भरि भराउ भएपछि सरकारले ट्राफिक व्यवस्थापनका लागि केहि राजमार्गहरूलाइ अस्थायी…

प्रतिकृयाहरू
...