Wednesday 21st January 2026

कुवेतमा धनुषाका अजिम धुनियाको मृत्‍यु,परिवारसंग सम्पर्क नहुँदा शब पठाउन सकिएन


हरि कृष्ण न्यौपाने- धनुषा ठाडी झिजा-७ घर भई कुवेतमा कार्यरत २८ बर्षिय अजिम धुनियाको कुवेतमा मृत्‍यु भएको छ भने मृतकको परिवार तथा आफन्तहरु सँग संपर्क हुन नसक्दा शब पठाउन सकिएको छैन।कुवेतको कम्बाइन ग्रुप कम्पनीमा कार्यरत अजिमको जनावरी-२२, २०१९ मंगलबारका दिन मृत्‍यु भएको हो।

नेपाली राजादूतावास कुवेतका दितिय सचिब ज्ञान बहादुर मगरले तितोपाटी डटकम सँग भने” मृतक अजिमको राहदानीका आधारमा खोजी गर्दा धनुषा ठाडी झिजा-७ ठेगाना उल्लेख भए पनि मृतकलाई चिन्ने वा मृतकको परिवार वा आफन्तहरु कसैसंग पनि संपर्क हुन नसकेकाले उनको शब पठाउन सकिएको छैन।शब पठाउनका लागि कम्पनी र अन्य निकायबाट गर्नु पर्ने कानुनी प्रकृया पुरा भईसके पनि अजिमको मृत्‍युको कारण बारे पूर्ण बिबरण कुवेतको सम्बन्धीत निकायहरुबाट अाउन बाँकी रहेको छ”। तितोपाटी डटकम मार्फत मृतक अजिमलाई चिन्नु हुने जो कोहिले पनि उनको परिवार वा आफन्तहरुलाई खबर गरी नेपाली दूतावास कुवेतको संपर्कमा आउनको लागि सचिबले आग्रह गरे।

राहदानी नंम्बर ०६१७२१९ (जारी मिती ८,नोभेम्वर,२०१२-धनुषा) र नागरिकता नंम्बर १७१०१४-४२९ रहेका मृतक अजिम धुनियालाई चिन्नु हुने जो कोहीले उनको परिवार तथा आफन्तहरुलाई खबर गरी नेपाली दूतावास कुवेतको हटलाइन नं-००९६५९८८६९१२१ मा सम्पर्क गर्न लगाउनु हुन अनुरोध गरिन्छ।


सम्बन्धित शीर्षकहरु

आज सोनाम ल्होसार तामाङ समुदायले विविध कार्यक्रम आयोजना गरी हर्षोल्लासपूर्वक मनाउँदै छन् । प्रत्येक वर्ष माघ शुक्ल प्रतिपदाका दिन तामाङ…

 नेपाल मगर संघ शाखा कुवेतको पाँचौँ अधिवेशन तथा माघे सकराती कार्यक्रम भव्य रूपमा सम्पन्न भएको छ। कुवेतको खैतानस्थित राजधानी प्यालेस…

तितोपाटी- आगामी फागुन २१ गते हुन लागेको प्रतिनिधिसभा निर्वाचनका लागि उमेद्वार बन्ने भए सँगै काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले पदबाट…

प्रतिकृयाहरू
...