Friday 27th March 2026

माहबुलाबाट पक्राउ परेका नेपालीहरूलाइ कुवेत सरकारद्वारा डिपोर्ट गर्ने तयारी


बसन्त थापा – वैदेशिक रोजगारीका कुवेत अाइ गैरकानूनी बसोबास गरि जुवातास खेलाउने कार्यमा संलग्न १४ जना नेपालीहरुलाई शुक्रवारको दिन स्थानीय पोलिसले रंगेहात पक्राउ गरे पश्चात कुवेत सरकारले उनीहरूलाइ  डिपोर्ट गर्न लागेको बुझिएको छ । उनीहरू आज शुक्रवार मध्यान्ह कुवेतको महाबुल्ला भन्ने ठाउँमा पक्राउ परेका थिए।

अनलाइन पोर्टल अाइमन माटका अनुसार उक्त आरोपी नेपालीहरु अवैध रुपमा कुवेतमा रहदै आएका र, तेसै क्रममा जुवा तास खेल्ने खेलाउने गरेको बताएको छ। कुवेतमा पछिल्लो समय बिभिन्न कारणले अबैधानिक भइ बस्ने नेपालीको संख्या बढ्दो पाईन्छ। जुवातासबाट लाखौं रकम हात पार्ने आशामा हप्ताको एकदिन अर्थात हरेक शुक्रवार उक्त स्थानमा सयौको संख्यामा नेपालीहरू भेला हुने गर्दछन।

साहूसँग चर्को ब्याज दरमा ऋण लिएर रोजगारीका लागि विदेश आउने अधिकांश नेपाली यूवाले मदिरा र जुवा तासमा आफ्नो कमाई गुमाउने गरेका छन् । लाखौं पर्ने लोभमा हप्ताको १ दिन(जुवातास) खेल्ने खेलाउने ठाउँमा नेपालीको निकै भिड देख्न सकिन्छ । भिसा अवधि सकिएता पनि अबैधानिक रुपमा काम गर्दै आएपछि प्रहरी र अध्यागमन विभागका कर्मचारीको सक्रियतामा ति नेपाली युवाहरूलाइ पक्राउ गरिएको हो । कुवेतमा गैरकानुनि रूपमा रहदै आएका र अनेकौ अपराधिक क्रियाकलापमा संलग्नहरूलाइ पक्रिने क्रम झन बढ्दै गएको पाइएको छ । कुवेतमा गैरकानुनी रुपमा रहदै आएका नेपालीले गर्दा अन्य नेपालीहरू प्रतिको बिस्वास गुम्दै गएको छ ।


सम्बन्धित शीर्षकहरु

भारतले GCC देशहरूमा खाद्य सामग्रीको स्थिर र अविरल आपूर्ति सुनिश्चित गर्न महत्वपूर्ण भूमिका खेलिरहेको छ। प्रधानमन्त्री नरेन्द्र मोदीलाई लुलु समूहका…

कुवेतमा आज २५ मार्चका दिन परेको अविरल झरिपछि राजमार्गहरू पानीले भरि भराउ भएपछि सरकारले ट्राफिक व्यवस्थापनका लागि केहि राजमार्गहरूलाइ अस्थायी…

मध्यपूर्वको वर्तमान परिवेश फेरि एकपटक देखाउँदैछ—यहाँ सत्यभन्दा पनि “व्याख्या” शक्तिशाली हुन्छ। एउटै भनाइ, एउटै संकेत, तर दुई विपरीत निष्कर्ष। इरानी…

प्रतिकृयाहरू
...