Friday 27th March 2026

अध्यक्ष बस्याल माथिको आरोप तथ्यहिन – नेपाल पत्रकार महासंघ युएई शाखा


तीतोपाटी-नेपाल पत्रकार महासंघ युएई शाखाले अध्यक्ष भुपराज बस्याल पक्राउ सम्बन्धमा एक बिज्ञप्ति जारी गर्दै विभिन्न संचारमाध्यममा आए जस्तो उनि गैरकानुनी काम कारबाहीमा संलग्न नरहेको प्रष्ट पारेको छ।

संघका कार्यवाहक अध्यक्ष लक्ष्मण खनाल द्वारा हस्ताक्षरित बिज्ञप्तिमा केहि समय अघि आन्तरिक बिसयमा चिनियाँ नागरिक सङ भएको मतभेदका कारण बस्याल लाई प्रहरीले पक्राउ गरेको भएपनी सुलसुले डट कम लगाएता विभिन्न अन्लाईन बाट प्रकाशित समाचारमा भनेझै हुण्डी र चेक बाउन्सको कुनै मुद्दा नरहेको उल्लेख गरिएको छ।

बिज्ञप्तिमा सम्बन्धित सस्थाका प्रतिनिधिसंग सम्पर्क नगरी सुलसुले डटकमले केहि दिन अघि अध्यक्ष बस्यालले हुण्डी कारोबार गरेको र चेक बाउन्सको समेत मुद्दा  रहेको हुँदा उनि पक्राउ परेको भनी समाचार प्रकाशित गरेको सम्बन्धमा आफ्नो ध्यानाकर्षण भएको बताउदै तथ्यहिन समाचारले ब्यक्तिको चरित्र हत्या मात्र नभै सस्थाको समेत बदनाम भएको हुँदा त्यस्ता समाचार प्रकाशित गर्ने अन्लाईन संग समाचार पुष्टि हुने प्रमाण उपलब्ध गराउन माग गर्दै आरोप प्रमाणित भएमा बिधानत कारबाही गरिने जनाइएको छ।


सम्बन्धित शीर्षकहरु

मध्यपूर्वको वर्तमान परिवेश फेरि एकपटक देखाउँदैछ—यहाँ सत्यभन्दा पनि “व्याख्या” शक्तिशाली हुन्छ। एउटै भनाइ, एउटै संकेत, तर दुई विपरीत निष्कर्ष। इरानी…

-गुलाम नवि मन्सुर/कुवेत नेपालको राजनीतिक इतिहासमा आगामी १३ गते हुन गइरहेको नयाँ प्रधानमन्त्रीको शपथ ग्रहण तथा मन्त्रिपरिषद् विस्तार केवल एउटा…

यो युद्ध कहाँ जाँदैछ र किन अन्त्य गर्न गाह्रो छ?”—वास्तवमा अहिलेको मध्यपूर्वको सबैभन्दा जटिल र निर्णायक प्रश्न हो। यहाँ सतहमा…

प्रतिकृयाहरू
...