Monday 19th January 2026

लिबियामा १२ नेपाली बन्धक, उद्दारका लागि पहल


तीतोपाटी-इटाली लैजान्छु भनेर लगिएका १२ जना नेपालीलाई लिबियामा बन्धक बनाएको खुलेको छ । उनीहरुलाई कुनै अपराधिक समूहले नभई दलालकै समूहले बन्धक बनाएको प्रहरीको प्रारम्भीक अनुसन्धानले देखाएको छ ।

सन्तोष पराजुली र जसध्वज गुरुङको समूहले गत भदौमा १२ जनालाई दुई समूहमा इटली पठाएको थियो । भिजिट भिसामा दुबई पुगेका उनीहरुलाई पाकिस्तानी एजेन्टले लिबिया पुर्‍याएका हुन् । एक जना पीडित अमन लोजाकी दिदी मिनुका अनुसार कसरी लिबिया पुर्‍याइयो भन्ने थाहा हुन सकेको छैन ।

लिबिया पुगेपछि सबैलाई बन्धक बनाएका छन् । उनीहरुलाई दुई वटा समूहमा राखिएको छ ।

नेपालीहरुलाई घर परिवारमा म्यासेन्जरमार्फत निरन्तर सम्वाद गर्न दिने गरेको पाइएको छ । लामो समय इटली पुग्ने आशमा मौन बसेका उनीहरुले हालै मात्र आफूहरुलाई बन्धक बनाएको परिवारलाई जानकारी गराएका थिए ।

परिवारले प्रहरीलाई खबर गरेपछि सरकारले पनि उद्दारका लागि पहल थालेको छ ।  परराष्ट्र मन्त्रालयले इजिस्टका लागि नेपाली राजदूतमार्फत पहल गरिरहेको खबर छ ।

राजदूत झविन्द्र अर्यालले लिबियाको त्यहाँको सरकारका साथै शान्ति सेनामा रहेको नेपाली सेनामार्फत पहल भइरहेको बीबीसीलाई जानकारी दिएका छन् ।

महानगरीय प्रहरी अपराध महाशाखाका प्रमुख एसएसपी धिरजप्रताप सिंह भन्छन्, ‘उनीहरुलाई कुन ठाउँमा राखेको छ लोकट भएको छैन ।’

अपराध महाशाखाले नेपाली एजेन्ट सन्तोषलाई पक्राउ गरेको छ भने पोखरामा पक्राउ परेका जयध्वजलाई बैदेशिक रोजगार विभागमा पठाइएको छ । एसएसपी सिंहका अनुसार बयानका क्रममा सन्तोषले नेपालीहरुलाई पठाएको स्वीकार गरेका छन् । एजेन्टहरुको लेनदेनमा विवाद भएका कारण मात्र लिबियामा अडि्एको र उनीहरु छिट्टै इटली पुग्ने दाबी समेत उनले गरेका छन् ।

प्रहरीका अनुसार यो समूहले यसअघि पनि १७/१८ जनालाई यसरी नै इटली पठाएको पाइएको छ ।

यो पटक जानेहरुसँग नेपालमा १३ लाख लिइएको थियो भने इटली पुगेपछि थप १३ लाख लिने सहमति भएको पाइएको छ । तर, अहिले लिबियामा बन्धक बनाएर परिवारसँग एकएक हजार डलर थप रकम पठाउन दबाव दिएका छन् ।

लिबियामा रहेका धिरज थापाकी सानिआमा सुनिता पुनले बीबीसीसँग कुरा गर्दै भनिन्, ‘एक जना बराबर एक लाख मागेको छ भनेर आजै भर्खर खबर गरेको छ ।’

उनका अनुसार खान समेत राम्रोसँग दिइएको छैन । पैसा माग्नका लागि परिवारसँग कुराकानी गर्न दिएको भए पाि अवस्था दुःखदायी रहेको सुनिताले बताइन् ।

साभार- अनलाईन ख़बर


सम्बन्धित शीर्षकहरु

तितोपाटी- आगामी फागुन २१ गते हुन लागेको प्रतिनिधिसभा निर्वाचनका लागि उमेद्वार बन्ने भए सँगै काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले पदबाट…

तितोपाटी- पाल्पा जेसीजको अध्यक्षमा महेश खनाल चयन भएका छन। जेसीजको ४६औं जिल्ला अधिवेशनले वर्ष २०२६ का लागि खनालको अध्यक्षतामा सर्वसहमत…

आगामी २१ फागुनमा हुने प्रतिनिधिसभा निर्वाचन नजिकिँदै जाँदा पूर्वप्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीको परम्परागत निर्वाचन क्षेत्र झापा…

प्रतिकृयाहरू
...