Thursday 26th March 2026

लिबियामा १२ नेपाली बन्धक, उद्दारका लागि पहल


तीतोपाटी-इटाली लैजान्छु भनेर लगिएका १२ जना नेपालीलाई लिबियामा बन्धक बनाएको खुलेको छ । उनीहरुलाई कुनै अपराधिक समूहले नभई दलालकै समूहले बन्धक बनाएको प्रहरीको प्रारम्भीक अनुसन्धानले देखाएको छ ।

सन्तोष पराजुली र जसध्वज गुरुङको समूहले गत भदौमा १२ जनालाई दुई समूहमा इटली पठाएको थियो । भिजिट भिसामा दुबई पुगेका उनीहरुलाई पाकिस्तानी एजेन्टले लिबिया पुर्‍याएका हुन् । एक जना पीडित अमन लोजाकी दिदी मिनुका अनुसार कसरी लिबिया पुर्‍याइयो भन्ने थाहा हुन सकेको छैन ।

लिबिया पुगेपछि सबैलाई बन्धक बनाएका छन् । उनीहरुलाई दुई वटा समूहमा राखिएको छ ।

नेपालीहरुलाई घर परिवारमा म्यासेन्जरमार्फत निरन्तर सम्वाद गर्न दिने गरेको पाइएको छ । लामो समय इटली पुग्ने आशमा मौन बसेका उनीहरुले हालै मात्र आफूहरुलाई बन्धक बनाएको परिवारलाई जानकारी गराएका थिए ।

परिवारले प्रहरीलाई खबर गरेपछि सरकारले पनि उद्दारका लागि पहल थालेको छ ।  परराष्ट्र मन्त्रालयले इजिस्टका लागि नेपाली राजदूतमार्फत पहल गरिरहेको खबर छ ।

राजदूत झविन्द्र अर्यालले लिबियाको त्यहाँको सरकारका साथै शान्ति सेनामा रहेको नेपाली सेनामार्फत पहल भइरहेको बीबीसीलाई जानकारी दिएका छन् ।

महानगरीय प्रहरी अपराध महाशाखाका प्रमुख एसएसपी धिरजप्रताप सिंह भन्छन्, ‘उनीहरुलाई कुन ठाउँमा राखेको छ लोकट भएको छैन ।’

अपराध महाशाखाले नेपाली एजेन्ट सन्तोषलाई पक्राउ गरेको छ भने पोखरामा पक्राउ परेका जयध्वजलाई बैदेशिक रोजगार विभागमा पठाइएको छ । एसएसपी सिंहका अनुसार बयानका क्रममा सन्तोषले नेपालीहरुलाई पठाएको स्वीकार गरेका छन् । एजेन्टहरुको लेनदेनमा विवाद भएका कारण मात्र लिबियामा अडि्एको र उनीहरु छिट्टै इटली पुग्ने दाबी समेत उनले गरेका छन् ।

प्रहरीका अनुसार यो समूहले यसअघि पनि १७/१८ जनालाई यसरी नै इटली पठाएको पाइएको छ ।

यो पटक जानेहरुसँग नेपालमा १३ लाख लिइएको थियो भने इटली पुगेपछि थप १३ लाख लिने सहमति भएको पाइएको छ । तर, अहिले लिबियामा बन्धक बनाएर परिवारसँग एकएक हजार डलर थप रकम पठाउन दबाव दिएका छन् ।

लिबियामा रहेका धिरज थापाकी सानिआमा सुनिता पुनले बीबीसीसँग कुरा गर्दै भनिन्, ‘एक जना बराबर एक लाख मागेको छ भनेर आजै भर्खर खबर गरेको छ ।’

उनका अनुसार खान समेत राम्रोसँग दिइएको छैन । पैसा माग्नका लागि परिवारसँग कुराकानी गर्न दिएको भए पाि अवस्था दुःखदायी रहेको सुनिताले बताइन् ।

साभार- अनलाईन ख़बर


सम्बन्धित शीर्षकहरु

मध्यपूर्वको वर्तमान परिवेश फेरि एकपटक देखाउँदैछ—यहाँ सत्यभन्दा पनि “व्याख्या” शक्तिशाली हुन्छ। एउटै भनाइ, एउटै संकेत, तर दुई विपरीत निष्कर्ष। इरानी…

-गुलाम नवि मन्सुर/कुवेत नेपालको राजनीतिक इतिहासमा आगामी १३ गते हुन गइरहेको नयाँ प्रधानमन्त्रीको शपथ ग्रहण तथा मन्त्रिपरिषद् विस्तार केवल एउटा…

यो युद्ध कहाँ जाँदैछ र किन अन्त्य गर्न गाह्रो छ?”—वास्तवमा अहिलेको मध्यपूर्वको सबैभन्दा जटिल र निर्णायक प्रश्न हो। यहाँ सतहमा…

प्रतिकृयाहरू
...