Thursday 5th March 2026

अतिथि, वेथिति र कुरीति


राज मल्ल – अतिथि देवो भव: अर्थात अतिथि देवता समान हुन । त्यसैले अतिथि सत्कार एउटा पवित्र धर्म हो जसलाई सबै देश,जात धर्मले परापूर्वकालदेखि मान्दै आएको पाइन्छ । अन्य सन्दर्भमा अतिथिको अर्थ र अवस्था फरक परेपनि प्राय: सामाजिक सभा समारोहमा “अतिथि” लाई उच्च सम्मानका साथ अग्रपङतीमा राख्ने चलन छ। सोही परम्परा अनुशरण गर्दै कुवेतमा कृयाशिल संघ संस्था लगायतले आयोजना गर्ने सभा समारोहमा अतिथिलाई बिशेष सम्मान सहित अग्रपङतीमा राख्ने गरेका छन ।

दूतावास सगै समाजसेवी,सामाजिक संघ सँस्थाका अध्यक्ष , पदाधिकारी, बुद्धिजीवी , पत्रकार, कलाकार खेलाडीहरु नै प्राय: कुवेतमा आयोजना हुने नेपाली कार्यक्रममा अतिथिको बागडोर सम्हाल्ने पात्र हुन । सिधा अर्थमा भन्नु पर्दा पद ,पैशा र पगरि गुथ्नेहरु नै अतिथि हुन जस्लाइ सांस्कृतिक कार्यक्रमको V.I.P. पास उपलब्ध गराइन्छ भने अन्य समारोहका लागि खाम । छातीमा ब्याज भिर्दै मञ्चको अग्रपङतीमा बस्नेहरु कति अनुशासित, मर्यादित र निष्ठावान हुनु पर्छ सायद त्यस्को ब्याख्या गरि रहनु नपर्ला । ब्यक्ति विशेषको योग्यतामा पनि भर पर्ने हुनसक्छ ।

कम्तिमा २-४ महिना पहिलादेखि तयारी गरिने कुवेतका प्राय: कार्यक्रमहरु सुरु भने २-४ बजे नै हुने गर्छन । नेपाली समयले नेपाल भन्दा पनि कुवेतमा बढ़ी ज़रा गाडेको छ । कार्यक्रम समारोहको समापन र अतिथि आगमन एउटै समयमा हुने गरेको धेरै उदाहरणहरु हामी माझ छन । संघ संस्था धेरै भएर पनि होला एक दिनमा ३-४ वटा शुक्रवारे कार्यक्रम भएकै हुन्छन । यस्तोमा अतिथिलाई भ्याइ-नभ्याइ पनि भएकै होला । तर समयको सहि सदुपयोग गरि निर्धारित समयमा कार्यक्रम सुरु यदी भएमा केही हद सम्म सहज हुने थियो ।

वर्तमान समयमा कुवेतमा आयोजना हुने सबै कार्यक्रमलाई आयोजकले भन्दा पनि अरुले आफु अनुकूल बनाउन थालेको भान हुन्छ । निमन्त्रणा पत्र वितरण, लाइभ प्रसारण, फोटोसुट, सगै कानेखुसी मात्रै हो र अतिथि आवत जावत, बड़ों बिचित्रको माहोल देख्न पाइन्छ । भाबी कार्यक्रमको निमन्त्रणा पत्र  वितरणको ओहोरदोहोर, पत्रकारभन्दा पनि अतिथि लगायत अन्यको लाइभ प्रसारण, भलै हेर्ने चै कोही नहोस, सबैको हातमा क्यामेरा, सामान्य कार्यक्रमको ५०० पिस फोटोसुट, अनि एक आपसको कानेखुसी, यथार्थमा भन्नु पर्दा आयोजक भन्दा ब्यस्त अतिथिहरुलाई नै कार्यक्रम आयोजना गरिनुको ख़ास अर्थ बुझेको जस्तो लाग्दैन ।

गाना बजाना र खाना सांगीतिक कार्यक्रममा मात्र होइन अब त हरेक कार्यक्रममा कलाकारहरुको धमाका हुने गरेको छ । स्थानीय कलाकारले स्थान पाउनु राम्रो कुरा हो तर पाएको स्थानको मर्यादा क़ायम नगर्नु कदापि राम्रो होइन । कमेडि नृत्यको रुपमा उछृँखल भाउभाउ सहित स्टेज चेढ्नेहरुलाई कहिले सम्म ताली ठोक्ने ? सामाजिक रुपमा गरिने नृत्य समाजले पचाउने खालको हुनु पर्दैन र ? अर्को कुरा पत्रकार अतिथिहरु जो फोटो र लाइभमा ब्यस्त हुन्छौ, के हाम्रो पेसाको अस्तित्व छैन ? महत्व छैन ? किन हामी आफै सस्तिँदै छौ ? समाजले हिजो हामीलाई हेर्ने नज़र र आज हेर्ने नज़र फरक पारीसक्यो । हामी फेसबुकेसम्म भै सक्यौं। यस्मा समाजको मात्र होइन हाम्रो पनि उत्तिकै दोष छ । हामी हाम्रो ठाउँमा बसेर हाम्रो सिद्धान्त अनुसार चलौ । सामाजिक सञ्जालको सस्तो लोकप्रियताको पछि नलागौ । कुन कार्यक्रम कतिको प्रभावकारी छ , समाजमा कस्तो असर पार्छ बुझेर क़लम, क्यामेरा र लाइभ चलाउँ ।

समाज हाम्रो हो । यस्लाइ कुन दिशातिर लैजाने तपाई हाम्रै काधमा छ । समाजमा ब्याप्त वेथिति र कुरीतिलाई सबैले आ-आफ्नो क्षेत्रबाट हटाउने प्रयास गरौं। कुनै पनि समाजको निती त्यसै समाजका सचेत वर्गका मानिसहरूले निर्माण गर्ने हो। सामाजिक नितीलाई सही बाटोमा हिंडाउनका लागि सामाजिक कार्यकर्ता अर्थात सामाजिक क्षेत्रमा काम गर्ने र समाज सुधारको अपेक्षा गर्ने जो सुकैले ती विषयका बारेमा गहन अध्ययन, मनन र चिन्तन गर्नुपर्ने हुदा सबैले एक पटक सोचौं ।


सम्बन्धित शीर्षकहरु

एजेन्सि-अमेरिकी रक्षा मन्त्री **Pete Hegseth**ले इरानमाथि गरिएको आक्रमण “शासन परिवर्तनका लागि नभएको” स्पष्ट पारेका छन्। पेन्टागनमा दिएको सम्बोधनमा उनले भने,…

इरानमाथि United States र Israel को आक्रमणपछि सुरु भएको मध्यपूर्वीय द्वन्द्व “अनन्त युद्ध” नहुने तर “केही समय लाग्न सक्ने” इजरायलका…

कुवेती सेनाले सोमबार खाडी देशको सशस्त्र सेनाको "अपरेशन" को क्रममा एक नौसेना सैनिकको मृत्यु भएको बताएको छ। सेनाले सैनिकको मृत्युको…

प्रतिकृयाहरू
...