Saturday 28th March 2026

ब्रेनट्युमर पीडित बुद्द कुमारीलीई एन आर एन कुवेत द्वारा उद्धार


बसन्त थापा- कुवेतस्थित एन आर एन ए एनसीसी कुवेत र नेपाली दूतावास कुवेतको बिशेष पहलमा ब्रेनट्युमर बुद्द कुमारीलाई लाई उद्धार गरीएको छ ।

बिगत केही महीना देखी आई बी एन शीना अस्पतालमा उपचारर्थ बुद्द कुमारीलाई गत जनवरी २३ तारीख बुधवारको दिन एन आर एन ए कुवेत एनसीसी द्वारा एकजना सहयोगी सहित पठाईएको छ।

एन आर एन ए एनसिसीको पहलमा पीड़ित कुमारीको पासपोर्ट दिलाईएको थियो। नेपाल जानको लागी दुई जनाको टिकट ब्यावस्था समेत एनआरएनले गरेको हो।

ओमन एयरलाईन्स द्वारा नेपाल फर्कीएकी बुद्ध कुमारीलाई नेपाल सम्म पुर्याउन सहयोगीको रूपमा अन्तर्राष्ट्रीय नेपाली कलाकार समाज कुवेतका अध्यक्ष डोलराज न्यौपाने रहेका छन।

एन आर एन ए एनसीसी कुवेतले एक बिज्ञप्ति सहित बुद्ध कुमारीलाई स्वदेश फर्काउन नेपाली दुतावास कुवेतको बिशेष भुमिका रहेको बताऊदै उक्त कार्यमा प्रत्यक्ष अप्रत्यक्ष रुपमा साथ सहयोग गर्नुहुने नेपाली दुतावास कुवेत, पत्रकार मित्रहरु, शुभेच्छुक सम्पुर्णमा एन आर एन ए एनसिसि कुवेतले हार्दिक आभार व्यक्त गरेको बताएको छ ।


सम्बन्धित शीर्षकहरु

मुलुकले आज नयाँ प्रधानमन्त्री पाउने भएको छ। राष्ट्रपति कार्यालय शीतल निवासमा आज दिउँसो राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ…

भारतले GCC देशहरूमा खाद्य सामग्रीको स्थिर र अविरल आपूर्ति सुनिश्चित गर्न महत्वपूर्ण भूमिका खेलिरहेको छ। प्रधानमन्त्री नरेन्द्र मोदीलाई लुलु समूहका…

कुवेतमा आज २५ मार्चका दिन परेको अविरल झरिपछि राजमार्गहरू पानीले भरि भराउ भएपछि सरकारले ट्राफिक व्यवस्थापनका लागि केहि राजमार्गहरूलाइ अस्थायी…

प्रतिकृयाहरू
...