Sunday 15th March 2026

मुलुकका विभिन्न भागमा हिमपात, जन-जीवन प्रभावित(फोटो फिचर सहित)


तितोपाटी – यतिखेर मुलुकका हिमाली भेगका विभिन्न ठाउँमा बाक्लो हिमपात भइरहेको छ । हिँजो पश्चिमी हिमाली क्षेत्रमा हिमपातको कारण त्यहाँको जन-जीवन कष्टकर बनेको समाचार सम्प्रेषण गर्न नपाउँदै अाज अन्य क्षेत्रमा पनि हिमपातले जन-जीवन अस्त व्यस्त भएको खबरहरू प्राप्त भएका छन् । पश्चिमी वायुको प्रभावले देशका अधिकांश स्थानमा वर्षा र हिमपात भइरहेको छ। पश्चिमी वायुको प्रभावले पश्चिम क्षेत्रबाट अस्तिदेखि सुरु भएको वर्षा गएरातिदेखि देशका मध्य तथा पूर्वी भागसम्म फैलिएको छ ।

सोलुमा बाक्लो हिमपातका कारण यातायात ठप्प, यात्रुहरू अलपत्र

सोलुखुम्बुको पत्ताले क्षेत्रमा परेको हिमपातले सोलु–काठमाडाैं सडक अवरुद्ध भएको छ। गएराति देखि पत्ताले क्षेत्रमा बाक्लो हिमपात भइरहेकाले सडक अवरुद्ध भएको हो। सल्लेरीदेखि छुटेका साना तथा ठूला सवारी गरि करिब ४० सवारी पत्ताले क्षेत्रमा रोकिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। अहिले पनि हिमपात भइरहेको छ। हिमपात रोकिए जेसिभीको प्रयोग गरि हिउँ हटाउने र सवारी संचालनमा ल्याउने तयारी भइरहेको प्रहरी निरक्षक अमर निरौलाले जानकारी दिए। ३१०० मिटर उचाईमा रहेको पत्तालेमा हिमपात नरोकिएपछि काठमाडाैंका लागि यात्रा तय गरेका यात्रुहरू अलपत्र परेका छन्।

पत्ताले क्षेत्रमा ७ इन्चसम्म हिमपात भएको बुझिएको छ भने चिसो बढेपनि स्थानीयहरू हिउँमा रमाएका छन्। सल्लेरी र ओखलढुंगा क्षेत्रबाट हिउँ खेल्नका लागि आउने क्रम सुरु भइसकेको छ। हिउँ खेल्नेको संख्या भोली अझ बाक्लिने अनमान गरिएको छ। सदरमुकाम सल्लेरी, सेलगुडी, पिके, लगायतको सबै क्षेत्र हिउँले सेताम्य बनेको छ।

खुम्बुक्षेत्रमा पनि हिमपातको कारण दैनिकी असहज बनेको छ। बाक्लो हुस्सु र हिमपातको कारण तेन्जीङ हिलारी बिमानस्थलमा बिहानैदेखी उडान आवजावतमा अवरोध भएको छ भने हिमपातकै कारण स्थानीयवासीहरू घर बाहिर निस्कन समेत निस्कन सकेका छैनन् ।


ओखलढुंगामा पनि हिमपात
उता ओखलढुंगामा पनि हिमपात भएको छ। बुधबार बिहानैदेखि जिल्लाको माथिल्लो भेगमा हिमपात भएको हो। सिद्धिचरण नगरपालिका–६ जन्तरखानीको ठाँडेडाँडा, खिजिदेम्बा गाउँपालिकाको खिजिफलाटे, पात्ले, काती, रावादोलु, भुसिंगा लगायतका माथिल्लो क्षेत्रमा हिमपात भएको छ।

हिमपात भएसँगै बडेको चिसोका कारण स्थानीयको जनजीवन कष्टकर बनेको छ। विद्यालयमा विद्यार्थीलाई पठनपाठन गराउन समेत समस्या भएको ग्रेस एकेडेमी ठाँडेका अध्यक्ष हरिकुमार मगरले बताए। ठाँडे, पत्ताले क्षेत्रको सडकमा हिउँ जमेका कारण ओखलढुंगा–सोलुखुम्बु चल्ने सवारी साधन आवगमनमा समस्या भएको छ।

लामो समयपछि परेको हिउँले आफ्नो खेतबारीमा लगाइएको गहुँ, जौँ, लगाएतका बाली राम्रो हुने भन्दै कृषकहरु भने उत्साहित भएका छन्। हिउँ परेको क्षेत्रमा हिउँ खेल्न जानेहरूको संख्या बढेको छ।

मुस्ताङमा पनि हिमपात, जन-जीवन असहज
त्यसैगरी लगातारको हिमपातले मुस्ताङको जनजीवन पनि प्रभावित भएको छ। मंगलबारदेखि भइरहेको हिमपातले सदरमुकाम जोमसोम बजार सहित बस्ती समेत सेताम्ये भएको छ। हिमपात हुँदा कृषक र पर्यटकहरू रमाएपनि वृद्धवृद्धा, बालबालिका र पशुचौपायाँलाई भने सास्ती भएको छ।

हिउँपरेपछि मुस्ताङका नाङ्गा डाडाकाँढा, पाखा पखेरा, खर्क, सडक र बजार सबै सेताम्मे बनेका जोमसोमस्थिन नेपाल बैंक लिमिटेडका सहायक शाखा प्रबन्धक नवराज सुबेदीले बताए। उनका अनुसार हिउँ परेपछि कृषक र पर्यटकहरू रमाएका छने भने वृद्धवृद्धा,बालबालिका र पशु चौपायाँलाई भने सास्ती भएको छ।

चिसोका कारण स्थानीयहरू घर बाहिर निस्कन सकेका छैनन्। लामो समयको खडेरीपछि पानीसँगै हिउँले परेपछि कृषकहरू खुशी भएका छन्। हिमपातले मुस्ताङ भित्रका सडक समेत अवरुद्ध भएको छ।

हिमपातका कारण केरूङबाट नेपाल आउन लागेका कन्टेनर पनि रोकिए

हिमपातको कारण चीनको केरुङबाट सामग्री बोकेर नेपाल आउन लागेका कन्टेनर केरुङमा नै रोकिएका छन्। केरुङमा हिमपात भएपछि सवारीको आवागमन रोकिएको र हिमपातसँगै चिसो बढेपछि काम समेत गर्न नसकिएको बुझिएको छ ।

राती देखि नै हिउँ परेर सडकमा हिउँ जमेपछि सवारी सञ्चालन भएको छैन्।’ सिल लगाएको डेड सय कन्टेनर रोकिएका छन्। हिउँ परेपछि गाडीमा शिल लगाउन सम्भव नभएपछि कन्टेनर केरूङमै रोकिएका हुन्  ‘त्यहाँ करिब ३ फिट हिउँ परेको बुझिएको छ, चिसोको कारण काम गर्न सकिने अवस्था छैन्।

चीन जान लागेका कन्टेनर पनि नाकामा नै रोएिका छन्। त्यसैगरी रसुवाको माथिल्लो क्षेत्रमा भएको हिमपातको कारण जनजीवन प्रभावित भएको छ। जिल्लाको लाङटाङ, गत्लाङ, थुमन, स्यार्फु, धुन्चेको माथिल्लो क्षेत्रमा हिमपात भएको हो।


सम्बन्धित शीर्षकहरु

काठमाडौं — Non-Resident Nepali Association (एनआरएनए) को १२औँ विश्व सम्मेलन तथा महाधिवेशनमा ४ हजार २८६ प्रतिनिधि सहभागी हुने भएका छन्।…

गैरआवासीय नेपाली संघको यही मार्च १४–१६, २०२६ मा सम्पन्न हुन गइरहेको १२औँ एकता अन्तर्राष्ट्रिय महाधिवेशनमा कुवेतबाट मध्यपूर्व संयोजक पदका लागि…

इजरायली सेनाले लेबनानको लिटानी नदीमाथिको जरारीह पुलमा प्रहार गरेको बताएको छ किनभने यो हिज्बुल्लाहले प्रयोग गर्ने प्रमुख क्रसिङ थियो, यसले…

प्रतिकृयाहरू
...