Sunday 6th September 2026

रामेछापमा ब्रेक फेल भएर बस दुर्घटना हुँदा १ को मृत्यु, दर्जनाै घाइते


तितोपाटी – रामेछापको मन्थली नगरपालिका १ मच्छेडाडीमा ब्रेक फेल भई बस दुर्घटना हुँदा १ जनाको मृत्यु भएको छ। ओखलढुंगाको घोराखरीबाट काठमाडौंतर्फ जाँदै गरेको अरनिको यातायातको बा४ख ४२१० नम्बरको बस आइतबार अपरान्ह्र दुर्घटनामा परेको हो।

मृत्यु हुनेमा ओखलढुंगा चम्पादेवी गाउँपालिका ६ का ओम कार्की रहेको प्रहरीले जनाएको छ। दुर्घटनामा अधिकांश यात्रु घाइते भएका छन्।  खचाखच यात्रु बोकेर हिँडेको बस मच्छेडाडीको ओरालोमा ब्रेक फेल भइ अनियन्त्रित बनेपछि चालकले यात्रु बचाउनका लागि मुख्य सडकबाट शाखा सडकको उकालोबाट गाडी हालेपछि अनियन्त्रित भइ पल्टिएको हो।

बसका चालकले सावधानी नपनाएको भए ठूलै मानविय क्षति हुने घटनास्थलको प्रकृतिले देखाएको छ। घाइतेहरूको सदरमुकाम मन्थलीस्थित तामाकोशी सहकारी अस्पतालमा उपचार भइरहेको छ।

दुर्घटनामा परी गम्भीर घाइते बनेका आधा दर्जन बढी घाइतेलाई एम्बुलेन्समार्फत काठमाडौं पठाइएको छ। सामान्य अवस्थामा रहेकाको भने मन्थलीमा नै उपचार भइरहेको छ। घटनाको थप विवरण आउन बाँकी छ।


सम्बन्धित शीर्षकहरु

अमेरिकी दूत स्टिभ विटकोफ र राष्ट्रपति डोनाल्ड ट्रम्पका ज्वाइँ जारेड कुशनर रूसका राष्ट्रपति भ्लादिमिर पुटिनसँग मस्कोमा वार्ता गरेपछि युक्रेनको राजधानी…

इन्डोनेसियाको अनाक क्राकाटाउ ज्वालामुखी विस्फोट भएपछि आठवटा विमानस्थलको सञ्चालन अस्थायी रूपमा बन्द गरिएको छ। यसका कारण १ लाख ५० हजारभन्दा…

इन्डोनेसियाको माउन्ट अनाक क्राकाटाउ (Anak Krakatau) ज्वालामुखी पुनः सक्रिय भएर ठूलो मात्रामा ज्वालामुखीय खरानी आकाशमा फैलाएपछि जकार्तास्थित सोएकार्नो–हट्टा अन्तर्राष्ट्रिय विमानस्थलको…

प्रतिकृयाहरू
...