Saturday 28th March 2026

अन्तर्राष्ट्रिय कलाकार मञ्च कुवेतले १२ अप्रिल मा “प्रथम बृहत् साँस्कृतिक कार्यक्रम – २०१९” आयोजना गर्ने


प्रसाद तिम्सिना – अन्तर्राष्ट्रिय कलाकार मञ्च कुवेतले आगामी १२ अप्रिल २०१९ का दिन “प्रथम बृहत् साँस्कृतिक कार्यक्रम – २०१९” आयोजना गर्ने भएको छ । कार्यक्रमको लागि मञ्चले नेपालबाट अन्तर्राष्ट्रिय स्तरका अतिथि कलाकारहरू कुवेत ल्याइ कुवेतवासी नेपालीहरूलाइ सांगितिक खुराँक पस्कने बताएको छ । मञ्चका अध्यक्ष साेम रराइलीले तितोपाटी डट कमलाइ सो कुराको जानकारी दिएका हुन् ।

“मौलिक कला र संस्कृतिको साथमा कलाकारको जगेर्ना गराैं “- जय कला जय कलाकार भन्ने मूल नारा लिएर स्थापना गरिएको अन्तर्राष्ट्रिय कलाकार मन्च कुवेतले कलाकारहरुकै हक हितका साथै आफ्नो कला प्रस्तुति अगाडी बढाउदै अन्तराष्ट्रिय स्तरसम्म नेपाली कला संस्कृतिको जगेर्ना गराउने उदेश्यले आफ्नो प्रथम बृहद साँस्कृतिक कार्यक्रम गर्न लागेको बताएको हो ।

मञ्चका अध्यक्ष सोम रसाइलीको अध्यक्षतामा गत ११ जनवरीका दिन बसेको बैठकले सो निर्णय गरे पनि नेपालबाट ल्याउने कलाकार  र कार्यक्रम गर्ने स्थलको बारेमा केहि पनि बताएको छैन । बैठकमा नयाँ वर्ष २०७६ को अवसर पारेर शुभकामना अादानप्रदान तथा सांगितति धमाका गर्ने बताइए पनि केहि हप्ता पछि मात्रै सथान र कलाकारको नाम सार्वजनिक गरिने जनाइएको थियो भने सो अवसरमा अन्तर्राष्ट्रिय कलाकार मञ्च कुवेत र लालीगुराँस साँस्कृति परिवार मिलेर अायोजना गरेको दशैं धमाका २०७५ मा सहभागी भइ अा-अाफ्नो कला प्रस्तुत गरेका कलाकारहरूको उच्च कदर गर्दै प्रशंसा पत्र समेत प्रदान गरिएको थियो ।


सम्बन्धित शीर्षकहरु

मुलुकले आज नयाँ प्रधानमन्त्री पाउने भएको छ। राष्ट्रपति कार्यालय शीतल निवासमा आज दिउँसो राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ…

भारतले GCC देशहरूमा खाद्य सामग्रीको स्थिर र अविरल आपूर्ति सुनिश्चित गर्न महत्वपूर्ण भूमिका खेलिरहेको छ। प्रधानमन्त्री नरेन्द्र मोदीलाई लुलु समूहका…

कुवेतमा आज २५ मार्चका दिन परेको अविरल झरिपछि राजमार्गहरू पानीले भरि भराउ भएपछि सरकारले ट्राफिक व्यवस्थापनका लागि केहि राजमार्गहरूलाइ अस्थायी…

प्रतिकृयाहरू
...