Sunday 8th June 2025

नेपाली प्रवासी ट्याक्सी व्यावसायी संघको दोश्रो वार्षिक उत्सव भव्य रूपमा सम्पन्न


तितोपाटी – नेपाली प्रवासी ट्याक्सी ब्यावसायी संघ कुवेतले उसको दोस्रो वार्षिकोत्सव एक भव्य समारोहको विच सम्पन्न गरेको छ । कुवेतको फर्वानिया स्थित युनिक अडोटोरियम हलमा सांगितीक कार्यक्रमका साथ सँस्थाले आफ्नो दोस्रो वार्षिक उत्सव मनाएको हो ।

वार्षिक उत्सव समारोह संघका अध्यक्ष सुन बहादुर तामांगको सभाध्यक्षता तथा नेपाली राजदूतावास कुवेतका महामहिम राजदूतको प्रमुख अातिथ्यता  र प्रथम महिला रिता हमालको विशेष अातिथ्यतामा सम्पन्न भएको थियो भने कार्यक्रमको अतिथिहरूमा कुवेतमा कृयाशिल संघ सँस्थाका पदाधिकारीहरू तथा प्रतिनीधिहरू, पत्रकारहरु,  बुद्दिजिबी , सामाजिक अभियन्ताहरू लगायतका थिए ।

कार्यक्रममा नेपाली राजदुतावास कुवेतका राजदुत यज्ञ बहादुर हमाल, एनअारएन कुवेतकी अध्यक्ष सुमित्रा पौडेल, नेपाली प्रवासी ट्याक्सी ब्यावसायी संघ कुवेतका संरक्षक राम कुमार श्रेष्ठ, नेपाली प्रवासी ट्याक्सी ब्यावसायी संघ कुवेतका सल्हाकार कोशराज राई , संघिय समाजबादी फोरम नेफेसो कुवेतका अध्यक्ष प्रकास चाम्लिंग, आदिवासी जनजाती महासंघ नेपाल कुवेत साखाका अध्यक्ष अमृत तामांग, लुम्बिनी समाज नेपाल कुवेतका अध्यक्ष रुपेन हमाल , एनअारएनए कुवेतका सल्लाहकार सुरज मास्के लगायतले शुभकामना मन्तब्य राखेका थिए भने वक्ताहरूले संघले स्थापना भए यता गरेका राम्रा कामहरूको प्रसंशा गर्दै आउँदा दिनहरुमा अझै राम्रो काम गर्न सुझाब दिएका थिए ।

दुइ चरंणमा सञ्चालन गरिएको उक्त वार्षिक उत्सव समारोह कार्यक्रम संयोजक सुजन घिसिङको स्वागत तथा  शुरेस ग्यावा तामाङको संचालनमा उद्घाटन सत्रको अाैपचारिक कार्यक्रम गरिएको थियो भने दोश्रो चरणको  सांगितिक कार्यक्रमलाई रेसम लामा र भुमिराज राईले संयुक्त रुपमा संचालन गरेका थिए । कलाकारहरूको सांगितिक प्रस्तुतिले  कार्यक्रमला मनोरञ्जनात्मक र रोचक बनाएको थियो ।

सँस्थाले अाफ्नो कार्यकाल पुरा गरी स्वदेश फर्कन लागेका नेपाली राजदुतावास कुवेतका महामहिम राजदूत यज्ञ बहादुर हमाल र प्रथम महिला रिता हमालाइ कुवेतमा अाइ नेपाल र नेपालीहरुको हितमा इमान्दारिता साथ एक असल राष्ट्र सेवकको रुपमा निरन्तर सेवारत रहको भनी कदर पत्र र दोसल्ला अोढाएर सम्मान गर्दै संस्थागत रूपमा विदाइ गरेको थियो भने सँस्थालाइ अग्रगतिमा लैजान महत्वपुर्ण भूमिका खेलेको भन्दै संस्थाका खगेन्द्र चौधरी र राजु केसीलाइ कदर पत्र र खादाले सम्मान समेत गरेको थियो ।


सम्बन्धित शीर्षकहरु

कमल राष्ट्रिय सुकर्म पुरस्कार जनमत राष्ट्रिय मासिकका प्रधान सम्पादक,अग्रज साहित्यकार, साहित्यिक पत्रकार, प्रखर समालोचक मोहन दुवाललाई प्रदान गरिएको छ। शिक्षा…

त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल, महाराजगन्जमा नेपालमै पहिलोपटक लिंग परिवर्तनसम्बन्धी शल्यक्रिया सफल भएको छ । जनकपुर निवासी २५ वर्षीय एक ट्रान्सजेन्डर…

वाशिंगटन: संयुक्त राज्य अमेरिकाले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले गत सप्ताहन्तमा ड्रोन आक्रमणको बारेमा युक्रेन विरुद्ध दिएको धम्कीपूर्ण बदला अझै गम्भीरतापूर्वक…

प्रतिकृयाहरू
...