Friday 9th October 2026

बाजुरामा ४७ वर्षको मानिसबाट १२ वर्षीया किशोरी बलात्कृत


तितोपाट – बाजुरामा १२ वर्षीया बालिका बलात्कृत भएकी छन् । बलात्कार आरोपमा बुढीगंगा नगरपालिका–८ नुवाकोटका ४७ वर्षीय दलबहादुर थापालाई प्रहरीले मंगलबार पक्राउ गरेको छ । स्थानीय विद्यालयमा कक्षा ५ मा अध्ययनरत बालिका साँझपख गोठमा भैंसीलाई घाँस हाल्न गएका बेला नजिकै लुकेर बसेका थापाले बलात्कार गरेको खुल्न आएको जिल्ला प्रहरी कार्यालयका डिएसपी उद्धवसिंह भाटले बताए ।

घटना ५ दिनअघि भएको हो । घटनाबारे कसैलाई जानकारी गराए कुटपिट गर्ने धम्की दिएकाले ढिला थाहा भएको प्रहरीले जनाएको छ ।

‘छोरीको कपडा च्यातिएको देखेर शंका लागेपछि आमाले सोधीखोजी गरेकी थिइन् । त्यसपछि घटना थाहा भएको हो’ डिएसपी भाटले भने, ‘आमाले नै प्रहरीलाई जानकारी गराएपछि थापालाई पक्राउ गरिएको हो ।’थापाले बलात्कार स्वीकार गरिसकेको प्रहरीको भनाए छ । ‘प्रहरीसमक्ष बालिकाकै सहमतिमा शारीरिक सम्पर्क गरेको दाबी गरेका छन्’ डिएसपी भाटले भने । थापाका २ छोरा र १ छोरी छन् ।

छोराबाट नातीहरुसमेत भइसकेका छन् । बालिकालाई उनको स्वास्थ्य परीक्षण गरी हाल मार्तडीस्थित सेफ हाउसमा राखिएको प्रहरीले जनाएको छ ।


सम्बन्धित शीर्षकहरु

र्वी युक्रेनको दोनेत्स्क क्षेत्रस्थित क्रामाटोर्स्क शहरमा बिहीबार भएको रुसी आक्रमणमा दुईवटा सार्वजनिक बसमा आगलागी हुँदा कम्तीमा ३३ जनाको मृत्यु भएको…

रियाद, २३ असोज। यमनका हुथी विद्रोहीले साउदी अरबको राजधानी रियादस्थित विमानस्थललाई लक्षित गरी क्षेप्यास्त्र आक्रमण गरेको दाबी गरेका छन्। उक्त…

भारत र इजरायलबीचको सम्बन्ध प्रधानमन्त्री नरेन्द्र मोदीको शासनकालमा उल्लेखनीय रूपमा नजिकिएको छ। सन् २०२३ अक्टोबर ७ मा हमासको आक्रमणपछि गाजामा…

प्रतिकृयाहरू
...