Saturday 16th May 2026

रूपन्देहीमा प्रहरी र तस्करबिच भिडन्त हुँदा १ तस्करको मृत्यु, १ प्रहरी घाइते


तितोपाटी – रुपन्देहीको सीमा क्षेत्र शंकरपुरमा प्रहरी र तस्करबीच भिडन्त हुँदा १ जना तस्करको मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रमुख प्रहरी उपरीक्षक(एसपी) हृदय थापाका अनुसार बिशेष सूचनाको आधारमा सो क्षेत्रमा तस्करी भइरहेको खबर पाउना साथ तस्करी रोक्न सादा पोसाकमा खटिएकाे प्रहरी टाेलीबीच भिडन्त हुँदा ती तस्करकाे मृत्यु भएको हाे।

उनले भने, ‘तस्करी राेक्न यहाँबाट प्रहरी पठाएका थियौ, मधयरातमा प्रहरी माथि नै पहिला तस्करहरुले फायर खोलेका थिए, मोटरसाईकलमा आएका तस्करहरुलाई प्रहरीले रोक्न खोज्दा उनीहरुले प्रहरी माथि नै गोली चलाएपछि बाध्य भएर प्रहरीले पनि फायर खाेलेकाे थियाे।’

तस्करको गोली लगेर एक जना प्रहरी समेत घाइते भएका छन्। उनको बाँया पाखुरामा गोली लागेको एसपी थापाले बताए। उनका अनुसार प्रहरीको गोली लागेर मृत्यु भएको तस्करको भने अहिले सम्म पहिचान खुलेकाे छैन्। मृतकको शव पोष्टमार्टमका लागि भिम अस्पतालमा राखिएको छ।


सम्बन्धित शीर्षकहरु

नयाँ दिल्ली मा भएको BRICS विदेशमन्त्रीहरूको बैठकमा इरान र युएई बीच तनाव खुला रूपमा देखिएको छ। इरानका विदेशमन्त्री Seyyed Abbas Araghchi ले…

युनाईटेड अरब ईमिरेट (United Arab Emirates) को दुवई अन्तराष्ट्रिय विमानस्थल (Dubai International Airport) मा चिनियाँ “गुआङजियान–21A” (Light Arrow-21A) लेजर आधारित…

नेपाल सरकारको आर्थिक वर्ष २०८३/८४ का सम्भावित प्राथमिकता र कार्यक्रमहरूमा सुशासन, डिजिटल प्रविधि, आर्थिक सुधार, कृषि आधुनिकीकरण, ऊर्जा विस्तार र…

प्रतिकृयाहरू
...