Wednesday 4th February 2026

कुवेत आउन लागेकी अहिलेको हिट गायिका मेलिना राई


तितोपाटी – कुवेत स्थित चितवन सेवा समाज कुवेतले अागामी फेब्रुअरी २२ तारिक कुवेत ल्याउन लागेको अहिलेकी सबैभन्दा चल्तिकी गायिका मेलिना राईलाई नचिन्ने कमै होलान् । उनले जे शब्द गुनगुनाउँछिन् त्यो  हिट भइदिन्छ । दर्शक–श्रोताबाट निकै रुचाइएकी उनी रेडियो नेपालको देशव्यापी गायनमा प्रथम बनिसकेपछि गायनमा लागेकी थिइन् ।

मेलिनाको करियर टर्निङ प्वाइन्ट भइदियो फिल्म दुई रुपैयाँको गीत ‘कुटुमा कुटु…’ । अहिले मेलिनाले जे गाउँछिन् त्यो युट्युबको ट्रेन्डिङमा छाइदिन्छ । मेलिना सफलताको यस्तो घडीमा छिन्, उनी आफैलाई समेत के गर्ने के नगर्ने भइरहेको छ । सबै संगीतकारहरु मेलिनाले आफ्नो गीत गाइदेओस् भन्ने चाहन्छन् ।

करियरको पिकमा रहेकी उनी यो वर्ष धेरैभन्दा धेरै म्युजिक प्रोजेक्टहरु गर्दैछिन् । उनी सफल बन्नुमा उनले गाउने गीतको छनोट पनि एक हो । उनी भन्छिन् ‘पहिले पहिले म जे पनि गाउँथे । अहिले अग्रजहरुको सिफारिसमा मात्रै गाउँछु र गीतको शब्द मेरा लागि मेरो प्रमुख कुरा हो ।’

आएका सबै गीत नगाएर छानेर मात्र गाउने गरेकाले मेलिनाले अहिले हिट माथि हिट गीतहरू थप्दै गएकी छन् ।  मेलिना भन्छिन्, ‘समाजलाई भड्काउने भल्गर गीतहरु मेरो रोजाईमा पर्दैनन् ।’ मेलिनाले आफ्ना लागि गीतको शब्द मुख्य कुरा रहेको र त्यसैमा ध्यान दिने बताउँछिन् ।

हिटका हिट पाश्र्व गायन दिएकी मेलिना गाउने मात्रै होइन म्युजिक भिडियोमा पनि खेल्ने गरेकी छन् तर फिचरिङ मोडल उनको पेशा नभएर गायन नै मुख्य पेशा मान्छिन् ।


सम्बन्धित शीर्षकहरु

भारतको २०२६–२७ संघीय बजेटमा विदेश सहायता विनियोजनले नयाँ कूटनीतिक प्राथमिकताहरू स्पष्ट संकेत गरेको छ। सबैभन्दा ठूलो विकास सहायता भुटानलाई २,२८८…

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भारतले इरानको सट्टा भेनेजुएलाबाट तेल किन्न सम्झौता गरिसकेको दाबी गरेका छन्। शनिबार एयर फोर्स वनमा पत्रकारहरूसँग…

कुवेत सिटी, जनवरी ३० — जनशक्तिका लागि सार्वजनिक प्राधिकरण (PAM) ले आफ्नो घरेलु कामदार भर्ती विभागमार्फत कुवेती श्रम कानुन अन्तर्गत…

प्रतिकृयाहरू
...