Thursday 26th March 2026

युएइमा मात्रै २०० नेपाली कामदार जेलमा


तितोपाटी – युएईका विभिन्न जेलहरुमा दुई जना नेपाली रहेको नेपाली दुतावसले जनाएको छ । नेपाली दुतावास अबुधावीले संयुक्त अरब इमिरेट्स(युएइ)का विभिन्न प्रान्तहरुमा रहेका केन्द्रीय जेलहरुको भ्रमण पश्चात तयार पारेको तथ्यांक आइतबार सार्वजानिक गर्दै उक्त कुरा बताएको हो ।

दुतावासका अनुसार युएईको दुवई, शारजाह, अल अथ्वा, अजमान, रसअलखेमा, उम्मलक्विन, फुजेराह र अलऐनमा रहेका ८ वटा जेल भ्रमण गरि प्रतिवेदन तयार पारेको हो । प्रतिवेदनमा उल्लेख भएअनुसार एक सय ८८ जना पुरुष र १२ जना महिला गरि दुई सय जना नेपाली जेलमा रहेको उल्लेख छ ।

नेपाली दुतावासकी द्वितीय सचिव बिष्णुकुमारी अधिकारी, जनसम्पर्क अधिकृत इरफान आलमलगायतका प्रतिनिधिहरुले जेल भ्रमण गरेका थिए ।

मादक प्रदार्थ सेवन प्रमुख कारण 
जेल भ्रमणपछि तयार पारिएको प्रतिवेदनमा मादक पदार्थ सेवनका कारणले सबै भन्दा धेरै नेपालीहरु जेलमा रहेको उल्लेख छ ।

जेलमा रहेका दुई सय नेपाली मध्ये एक सय १६ जना रक्सीको कारण रहेको छ । मादक पदार्थ सेवन गरी सवारी चलाएको, झैझगडा गरेको कारण जेलमा रहने नेपाली ५८ प्रतिशत रहेको छ । अन्य कारणहरुमा हत्या, चोरी, किर्ते, ड्रग्स लगायत रहेका छन् ।

-नयाँ पत्रिका


सम्बन्धित शीर्षकहरु

मध्यपूर्वको वर्तमान परिवेश फेरि एकपटक देखाउँदैछ—यहाँ सत्यभन्दा पनि “व्याख्या” शक्तिशाली हुन्छ। एउटै भनाइ, एउटै संकेत, तर दुई विपरीत निष्कर्ष। इरानी…

-गुलाम नवि मन्सुर/कुवेत नेपालको राजनीतिक इतिहासमा आगामी १३ गते हुन गइरहेको नयाँ प्रधानमन्त्रीको शपथ ग्रहण तथा मन्त्रिपरिषद् विस्तार केवल एउटा…

यो युद्ध कहाँ जाँदैछ र किन अन्त्य गर्न गाह्रो छ?”—वास्तवमा अहिलेको मध्यपूर्वको सबैभन्दा जटिल र निर्णायक प्रश्न हो। यहाँ सतहमा…

प्रतिकृयाहरू
...