Tuesday 27th January 2026

युएइमा मात्रै २०० नेपाली कामदार जेलमा


तितोपाटी – युएईका विभिन्न जेलहरुमा दुई जना नेपाली रहेको नेपाली दुतावसले जनाएको छ । नेपाली दुतावास अबुधावीले संयुक्त अरब इमिरेट्स(युएइ)का विभिन्न प्रान्तहरुमा रहेका केन्द्रीय जेलहरुको भ्रमण पश्चात तयार पारेको तथ्यांक आइतबार सार्वजानिक गर्दै उक्त कुरा बताएको हो ।

दुतावासका अनुसार युएईको दुवई, शारजाह, अल अथ्वा, अजमान, रसअलखेमा, उम्मलक्विन, फुजेराह र अलऐनमा रहेका ८ वटा जेल भ्रमण गरि प्रतिवेदन तयार पारेको हो । प्रतिवेदनमा उल्लेख भएअनुसार एक सय ८८ जना पुरुष र १२ जना महिला गरि दुई सय जना नेपाली जेलमा रहेको उल्लेख छ ।

नेपाली दुतावासकी द्वितीय सचिव बिष्णुकुमारी अधिकारी, जनसम्पर्क अधिकृत इरफान आलमलगायतका प्रतिनिधिहरुले जेल भ्रमण गरेका थिए ।

मादक प्रदार्थ सेवन प्रमुख कारण 
जेल भ्रमणपछि तयार पारिएको प्रतिवेदनमा मादक पदार्थ सेवनका कारणले सबै भन्दा धेरै नेपालीहरु जेलमा रहेको उल्लेख छ ।

जेलमा रहेका दुई सय नेपाली मध्ये एक सय १६ जना रक्सीको कारण रहेको छ । मादक पदार्थ सेवन गरी सवारी चलाएको, झैझगडा गरेको कारण जेलमा रहने नेपाली ५८ प्रतिशत रहेको छ । अन्य कारणहरुमा हत्या, चोरी, किर्ते, ड्रग्स लगायत रहेका छन् ।

-नयाँ पत्रिका


सम्बन्धित शीर्षकहरु

तमू समाज, कुवेतको आयोजनामा १०औँ बृहत् रक्तदान कार्यक्रम यही मार्च २७ गते शुक्रबार २०२६ का दिन कुवेतको जाब्रिया स्थित सेन्ट्रल…

लुलु हाइपरमार्केट कुवेतले रंग, संस्कृति र उत्साहका साथ भव्य ‘भारत उत्सव’ सम्पन्न गर्‍यो। लुलु हाइपरमार्केटले २१ देखि २७ जनवरी २०२६…

सुदूरपश्चिमेली नेपाली समाज कुवेतको पाँचौँ अधिवेशनबाट महेश कुमारको अध्यक्षतामा नयाँ कार्यसमिति सर्वसम्मत रूपमा चयन भएको छ। नवगठित कार्यसमितिको वरिष्ठ उपाध्यक्षमा…

प्रतिकृयाहरू
...