Thursday 26th March 2026

म्याग्दी प्रवासी नेपाली संघ (मोना) कुवेतले ८ मार्चमा अधिबेशन गर्ने


तितोपाटी –  म्याग्दी प्रवासी नेपाली संघ (मोना) राष्ट्रिय कार्यकारी समिती कुवेतले आगामी ८ मार्च  २०१९ मा ऐतिहासिक प्रथम अधिबेशन गर्ने भएको छ । कुवेतको माबुल्ला स्थित शुक्रबारको दिन बसेको बैठकले अधिबेशन गर्ने निर्णय गरेको हो । 

म्याग्दी जिल्लाको विभिन्न क्षेत्रबाट रोजगारीको सिलसिलामा कुवेत आएका म्याग्देलीहरु द्वारा गठन भएको म्याग्दी प्रवासी नेपाली संघ (मोना) कुवेतले  छोटो समयमै कुवेतमा कार्यरत म्याग्देली पीडितहरुको उद्धार कार्यमा महत्त्वपूर्ण भुमिका खेल्दै आएको छ, भने स्वदेशमा समेत दुखी गरिबको लागि आर्थिक सहयोग गर्दै आएको छ । कुवेतमा कृयाशिल विभिन्न संघ सस्थाहरु संग पनि सहकार्य गर्दै आएको छ ।

कुवेतमा कृयाशिल संघ सस्थाहरु संग आगामी दिनमा पनि यस्तै सहयोगको अपेक्षा सहित उक्त ८ मार्चका दिन कुवेतमा  कृयाशिल कुनै पनि संघ सस्थाले कार्यक्रम नजुधाइदिनको लागि पनि मोना कुवेतले आग्रह गरेको छ ।

कुवेतमा कृयाशिल सघं-सस्थाका प्रतिनिधि, बुद्धिजीवी, समाजसेवी, व्यवसायी, भद्रभलाद्मी, पत्रकार, कलाकार, खेलाडी लगायत सम्पुर्ण कुवेतबासी नेपाली दाजुभाइ तथा दिदिबहिनीहरुलाई उक्त दिनको ऐतिहासिक प्रथम अधिबेशन समारोह भब्य र सभ्य रुपमा सफल पार्न उपस्थितिको लागि आयोजकले हार्दिक अनुरोध गरेको छ ।

कार्यक्रम हुने स्थान, मिति र समय निम्न बमोजिम रहेको  छ ।
स्थान :- फर्वानिया, कुवेत (अल हाइतम रेस्टुरेन्ट पछाडीको हल)
मिति :- ०८ मार्च २०१९ (शुक्रबार )
समय :- बिहानको ठिक ११:०० बजे

थप जानकारीको लागि :-
संयोजक :- प्रेम बहादुर बिश्वकर्मा (+965 517 84715)


सम्बन्धित शीर्षकहरु

मध्यपूर्वको वर्तमान परिवेश फेरि एकपटक देखाउँदैछ—यहाँ सत्यभन्दा पनि “व्याख्या” शक्तिशाली हुन्छ। एउटै भनाइ, एउटै संकेत, तर दुई विपरीत निष्कर्ष। इरानी…

-गुलाम नवि मन्सुर/कुवेत नेपालको राजनीतिक इतिहासमा आगामी १३ गते हुन गइरहेको नयाँ प्रधानमन्त्रीको शपथ ग्रहण तथा मन्त्रिपरिषद् विस्तार केवल एउटा…

यो युद्ध कहाँ जाँदैछ र किन अन्त्य गर्न गाह्रो छ?”—वास्तवमा अहिलेको मध्यपूर्वको सबैभन्दा जटिल र निर्णायक प्रश्न हो। यहाँ सतहमा…

प्रतिकृयाहरू
...